समाज

    Showing 5,521-5,530 of 11,044 items.
  • एमाले केन्द्रीय कमिटी बैठक सुरु

    काठमाडौं— नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक सुरु भएको हो।बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए। यो बैठक कार्यकालको अन्तिम बैठक हो।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 393 पटक पढिएको
  • आगलागीबाट एक महिनामा आठको मृत्यु, जोखिम न्यूनीकरणमा खट्न प्राधिकरणको आग्रह

    काठमाडौं— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ ।प्राधिकरणले आज एक सूचना जारी गर्दै राष्ट्रसङ्घीय निकाय, गैरसरकारी सङ्घसंस्था, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज र सञ्चार जगतलगायत सम्बद्ध सबैले आफ्नो तर्फबाट आवश्यक पहल एवं सहयोग गर्न अनुरोध गरेको हो ।“प्राधिकरणबाट जारी हुने पूर्वसूचना एवं ‘अलर्ट’अनुसार आवश्यक सतर्कताका लागि विशेष भूमिका निर्वाहगरी नागरिक सुरक्षामा योगदान पु¥याउनु हुनसमेत आग्रह गर्दछ”, प

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 445 पटक पढिएको
  • नवनियुक्त चार मन्त्रीले लिए शपथ

    काठमाडौं— नवनियुक्त चार मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित समारोहबीच चार मन्त्रीले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम छन् । उनीहरूलाई अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।यो अन्तरिम सरकार प्रमुख कार्कीको चौथो मन्त्रिपरिषद् विस्तार हो । मन्त्रीमा सिफारिस भएका यी व्यक्तिहरुको कार्यकाल पुग–नपुग ३ महिनाको मात्र रहनेछ । अब कार्की मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।सूची :

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 645 पटक पढिएको
  • निर्वाचनका लागि नीति बनाउँदै सशस्त्र, सीमा क्षेत्रमा विशेष निगरानी

    काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, आन्तरिक शान्ति–सुरक्षा, राजश्व संरक्षण तथा विपद् व्यवस्थापनमा प्रभावकारी रुपमा काम गरेको दाबी गरेको छ ।२०८० कार्तिक १ गतेदेखि सुरु गरिएको सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम तथा बोर्डर एरिया डेभलपमेन्ट प्रोगाममार्फत सीमा क्षेत्रमा सहकार्य, विकास र अपराध नियन्त्रणका विविध कार्यक्रम सञ्चालन गरिँदै आएको सशस्त्र प्रहरीले जनाएको छ ।६३८ ठाउँमा धार्मिक स्थल, विद्यालय, खेलमैदान, बाटोघाटो, कुलो–पैनीको सरसफाइ तथा स्तरोन्नति, ६० स्थानमा यात्रु प्रतिक्षालय, धारा–ट्याङ्की, सार्वजनिक शौचालय तथा घर मर्मत, २५ प्रकारका सीपमूलक तालिम, १७ जिल्लामा, १७१ लाभग्राही

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 559 पटक पढिएको
  • सुन्धाराबाट फरार कैदी ताप्लेजुङमा पक्राउ

    ताप्लेजुङ— जेन जी आन्दोलनको भीडभाड र अव्यवस्थाको मौका छोप्दै केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीलाई ताप्लेजुङ प्रहरीले समातेको छ।पक्राउ परेका व्यक्ति मिक्वाखोला गाउँपालिका–१ का ३४ वर्षीय प्रदीप लुङ्वा (शंकर लिम्बू) रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। उनी काठमाडौंको बुढानिलकण्ठ–८ मा बसोबास गर्दै आएका थिए।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार, लुङ्वाले कर्तव्य ज्यान मुद्दामा अदालतबाट १० वर्षको कैद सजाय पाई सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथ देवलमा सजाय भुक्तान गरिरहेका बेला आन्दोलनको क्रममा फरार भएका हुन्।प्रहरीले उनलाई फुङलिङ नगर

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 578 पटक पढिएको
  • अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्ने

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक संघर्षको दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएका छन् ।नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्न राजनीतिक स्थायित्व र सुशासन पहिलो शर्त भएको पनि बताएका हुन् ।उनले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै युवा पुस्ताको चाहना पनि यही नै भएको बताए ।उनले मुलुकको विकास गर्ने तथा संघीय लोकतान्त्रिक

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 575 पटक पढिएको
  • साहित्य सन्तुष्टि मात्र होइन समाज र मानव जीवनका लागि हुनुपर्छः ओली

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साहित्य सन्तुष्टिका रुपमा मात्र नभएर समाजका लागि र मानव जीवनको लागि उद्देश्यमुलक हुनुपर्ने बताएका छन् ।शुक्रबार ‘युगदूत’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले साहित्यले समाजको ऐनाको रुपमा मात्र नभई समाजको रुपान्तरणमा पनि भूमिका खेल्ने बताए ।उनले भने,‘खाली सन्तुष्टिका लागि साहित्य होइन । साहित्य समाजका लागि मानव जीवनको लागि र उद्देश्यमुलक साहित्य हुनुपर्छ । साहित्यले समाजको ऐनाको रुपमा मात्र होइन त्यो भन्दा अगाडि बढेर समाजको रुपान्तरणमा पनि काम गर्छ । समाजको पथप्रदर्शकको काम गर्छ ।त्यस्तै उनले चिन्तनले र विचारले समाजलाई बाटो देखाउन बताउँदै उनले

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 499 पटक पढिएको
  • एकै व्यक्ति दुईपटकभन्दा बढी जिम्मेवारीमा रहनु हुँदैनः उपाध्यक्ष पाण्डे

    काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र लोकतान्त्रिक नेतृत्व विकासको आवश्यकतामा जोड दिएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशनको सन्दर्भमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा कार्यकर्तामुखी नेतृत्व चयन प्रक्रियालाई संस्थागत गर्नुपर्ने धारणा राखे ।कार्यकर्ताको ठाउँमा नेतामुखी संस्कृतिले जरो गाडिरहेको उल्लेख गर्दै पाण्डेले भने, ‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरी लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटी हुर्कायौँ । हामी यसको विपक्षमा छौँ ।’उनले कार्यकर्ताले आफ्नै फिल्डका नेता पहिचान गरी मूल्यांकनका आधारमा नेतृत्व चयन गर्ने पद

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 601 पटक पढिएको
  • निर्माण व्यवसायीकै अध्यक्षको कम्पनीले समयकै काम नसकेपछि मन्त्री अनुगमनमा

    बारा— पूर्व—पश्चिम राजमार्गको पथलैया—ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धा निर्माण व्यवसायीले जनाएका छन् ।मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरेका थिए ।मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।मुख्य राजमार्गकै पुल लामो समयदेखि निर्माण हुन नसक्दा यात्रुहरुले सास्ती व्यहोर्नु परेको उल्

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 518 पटक पढिएको
  • नरेश रोकाया भन्छन एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको र युवामैत्री नीति लिएको छ

    काठमाडौं— ४० बर्ष मुनिका युवा प्रतिनिधि तथा पूर्वअनेरास्ववियु महासचिव नरेश रोकायाले  विशेष संवादमा एमाले महाधिवेशनलाई युवामैत्री रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले विद्यार्थी आन्दोलन अब टायर बाल्ने जस्ता विनाशकारी संस्कृतिबाट बाहिर आएर टायर बनाउने, उत्पादनमुखी र प्रविधिमुखी मोडमा रूपान्तरण हुनुपर्ने धारणा व्यक्त गरे ।नेकपा एमालेको एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा संक्षिप्त कुराकानी गर्दै पार्टीभित्र उत्साह र गतिविधि तीव्र बन्दै गएको पनि बताए । यसपटक विशेष रूपमा युवाहरूलाइ महाधिवेशनमा उच्च प्रतिनिधित्व दिन पार्टीले १६५ वटै निर्वाचन क्षेत्रबाट एक–एक जना युवा अनिवार्य रूपमा

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 560 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.