समाज

    Showing 5,531-5,540 of 6,767 items.
  • कन्काई नगरपालिका स्थित जनचेतना आधारभुत विद्यालयमा स्टेज निमार्ण

    झापा  । झापाको कन्काई नगरपालिका ३ स्थित गोहीखाडीमा रहेको जनचेतना आधारभुत विद्यालयमा दाताको सहयोगमा स्टेज निमार्ण गरिएको छ ।झापाको गौरादह ५ स्कुलचौन घर भई हाल अमेरिकामा बस्दै आएकी राधा बांस्कोटाले स्वर्गिय आफ्न्तको नाममा विद्यालयको स्टेज निमार्ण गरिदिएकी हुन् ।हाल अमेरिका स्थित सन फ्रांसिस्को , क्यालिफोनियामा बस्दै आएकी बांस्कोटाले आफ्नी स्वर्गिय माता इन्दिरा शर्मा भट्टराई, स्वर्गिय ससुरा दिननाथ बांस्कोटा तथा स्वर्गिय सासुआमा खिमादेवी बांस्कोटाको स्मृतिमा विद्यालयको स्टेज निमार्ण गरिदिएकी हुन् ।  दाता बांस्कोटाको स्व.आमा इन्दिरा शर्मा भट्टराई ताप्लेजुङ स्थित हाङ्देवा ५ कटहरे

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 233 पटक पढिएको
  • नाटक लङ टाईम नो सी दमकमा मञ्चन हुने

    झापा । कदम थिएटरले दमकमा नाटक लङ टाईम नो सी मञ्चन गर्ने भएको छ । साहित्यकार नयनराज पाण्डेको कथा महानागरलाई नाट्य रुपान्तरण गरेर बनाईएको नाटक दिपक खरेलले निर्देशन गरेका छन् । पछिल्लो समयमा मानिस मानिस बीचको सम्बन्ध कसरी टाढा हुँदै गईरहेको छ भन्ने अवधारणाको कथालाई दमक कै परिवेशमा रुपान्तरण गरेको कदम थिएटरका उपाध्यक्ष तथा कलाकार चोमु शेर्पा बताउँछिन् ।  दमकमा नियमित रुपमा नाटक मञ्चन गरिरहेको कदम थिएटरले नाटक “लङ टाईम नो सी” फागुन २९ गते सोमबार देखि चैत ६ गते सम्म नियमित रुपमा मञ्चन गर्नेछ । नाटकमा अग्रज रंगकर्मी सुवास खरेल, पासाङ चोमु शेर्पा, मनिक शंकर, नबिन रिजाल, रश्मी

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 209 पटक पढिएको
  • हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढ्याे

    झापा । हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।सुनकाे भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख २ हजार ८ सय रुपैयाँमा पुगेको छ।यस्तै, चाँदी आज तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 234 पटक पढिएको
  • ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैङ्क

    झापा । आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ ।त्यस्तै ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल तथा १८२ दिन अवधिको सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैङ्कले जनाएको छ । यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ ।जारी  ट्रेजरी  बिल  २८  दिनको  चैत  २१  गते  परिपक्व हुनेछ । ९० दिन अवधिको जेठ २३ गते परिपक्व हुनेछ भने १८२ दिन

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 211 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेश सभाका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन आफ्ना सांसदलाई प्रचण्डकाे निर्देशन

    झापा । सुदूरपश्चिम प्रदेश सभाका आफ्ना सांसदलाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन  दिएका छन्।सुदूरपश्चिम माओवादी संसदीय दललाई पत्र पठाउँदै प्रचण्डले शाहलाई विश्वासको मत दिएर अहिलेको सरकार जोगाउन निर्देशन दिएकाे उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार काम गर्न पनि भनेका छन् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् ।नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पनि माओवादीले मत दिएमा मुख्यमन्त्री शाहको पक

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 266 पटक पढिएको
  • मिटरब्याजको कहालि लाग्दो अबस्था

    काठमाडौँ । चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालका एक युवाले मिटरब्याजका कारण आत्महत्या गरेका छन् । सुडाल निवासी श्याम तिमिल्सिनाले मिटरब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन् ।उनी लामो समयदेखि घर जग्गाको कारोबारमा संलग्न रहँदै आएका थिए । एक लाखको ८ हजार मासिकदेखि १५ हजारसम्म ब्याज मिटरब्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् ।करिब ७ करोडभन्दा बढी पैसा उनले मिटरब्याजमा बजारबाट लिएको देखिएको छ । आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको  ऋणले उनलाई मृत्युको बाटोमा पुर्‍याएको आफन्तजनले बताएका छन् ।तिमिल्सिनाले विष सेवन गरी

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 266 पटक पढिएको
  • आईसीसी १९ वर्ष मुनिको विश्वकप एसिया छनोटमा नेपालले आज युएईसँग खेल्दै

    झापा । आईसीसी १९ वर्ष मुनिको विश्वकप एसिया छनोटमा नेपालले अन्तिम खेलमा आज घरेलु टोली युएईसँग खेल्दैछ ।खेल आजमानमा रहेको इडेन गार्डेन्समा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।नेपालले सुरुवाती सबै चार खेल जितेको छ । युएई पनि चार खेलमा अपराजित टोली हो । चार खेलमा समान ८ अङ्क रहेकाले आजको खेल विश्वकप पुग्न निर्णायक हुनेछ ।नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३ रन तथा हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो ।घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो ।सन् २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल युएईसँग एक रनले डकवर्थ लेवि

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 292 पटक पढिएको
  • आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज घरेलु टोली युएईसँग खेल्दै

    झापा । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज घरेलु टोली युएईसँग खेल्दैछ । खेल दुबईमा बिहान पौने १२ बजेदेखि सुरु हुनेछ ।यो श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो । आजको खेलमा नेपालले युएईलाई हराउन सकेमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ ।नेपालले अर्को खेलमा भोलि पपुवा न्यूगिनी र आइतवार युएईसँग खेल्नेछ । अङ्क तालिकामा युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अङ्कका साथ पाँचौं स्थानमा छ ।नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपाल शीर्ष तीनमा रहँदै सोझै वि

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 228 पटक पढिएको
  • १ नम्बर प्रदेशको नाम कोशी

    झापा । प्रदेश संरचना कार्यान्वयनमा आएको ५ वर्षपछि प्रदेश १ ले नाम पाएको छ । प्रदेश सभाको बुधवार बसेको बैठकको दुई तिहाइ बहुमतले प्रदेश १ को नाम कोशी राखेको हो । प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गर्नुभएको थियो । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२ र विपक्षमा चार मत परेको थियो । मतदान प्रक्रियामा छ जना सांसद अनुपस्थित भएका थिए ।नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेश सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 598 पटक पढिएको
  • प्रदेश १ को नाम कोशी राख्नबाट पछि हट्यो नेपाली कांग्रेस

    झापा । प्रदेश १ को नाम कोशी राख्नेमा सहमत रहेको नेपाली कांग्रेस केही घन्टामै आफ्नो निर्णयबाट पछि हटेको छ । बुधबार बिहान एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको थियो ।तर, प्रस्ताव दर्ता भएको केही घन्टामै कांग्रेसका राजवंशीले प्रदेश सभा सचिवालयमा आफ्नो समर्थन फिर्ता भएको निवेदन दिएका छन् । उनले किन प्रस्तावबाट कांग्रेस किन पछि हटेको भन्नेचाहिँ खुलाइएका छैनन् ।उता प्रदेश सभामा प्रदेश १ को नाम किरात लिम्बुवान सगरमाथा राख्न अर्को प्रस्ताव पनि दर्ता भएको छ ।नेकपा (एकीकृत समाजवादी)

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 121 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा