समाज

    Showing 5,541-5,550 of 9,960 items.
  • रारातालमा आन्तरिक–बाह्य पर्यटकको घुइँचो लाग्दा राजस्वमा वृद्धि

    मुग— दशैं–तिहार सकिनासाथ कर्णाली प्रदेशको मुगुमा अवस्थित प्रसिद्ध राराताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । देशकै सबैभन्दा ठूलो र गहिरो ताल मानिने राराताल कर्णालीको पर्यटन मुटुका रूपमा परिचित छ ।रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार साउनदेखि असोज महिनासम्म मात्र २ हजार ३४७ जना आन्तरिक तथा २७ जना बाह्य पर्यटक रारा पुगेका छन् । सोहि अवधिमा प्रवेश शुल्कबाट मात्र २ लाख २९ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । गत वर्ष सोही अवधिमा १६५७ आन्तरिक र ३५३ विदेशी पर्यटकले भ्रमण गर्दा २८ लाख ५३ हजार ९ सय राजस्व संकलन भएको थियो ।निकुञ्जका वरिष्ठ गेम

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 595 पटक पढिएको
  • जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छः दुर्गा प्रसाईँ

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान प्रधानमन्त्री शुसिला कार्कीले जेनजीहरुसँगको वार्तामा पूरै समय खेरा फालिरहेको टिप्प्णी गरेका छन् । बुधबार मानव अधिकार आयोगका अध्यक्षसँगको वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पाँच हजार जेनजीहरु अहिले मन्त्रीबन्ने लाइनमा रहेको भन्दै जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै  प्रधानमन्त्रीको टाईमपास भइरहेको बताए । उनले भने, ‘अहिलेको सरकारको हालत के छ थाहा छ । पाँच हजार जेनजीहरु अहिले मन्त्री बन्न लाइनमा छन् । जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै अहिले प्रधानमन्त्रीको टाईमपास भइरहेको छ । बसेर उठ्न नसक्ने हालत प्रधानमन्त्रीको छ ।’&nb

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 606 पटक पढिएको
  • सोल्टी होटलले लाभांश घटायो, विस्तार योजनामा ध्यान केन्द्रित

    काठमाडौं— सोल्टी होटल लिमिटेडले यस वर्षका लागि गत वर्षभन्दा कम लाभांश प्रस्ताव गर्दै आगामी विस्तार र सेवा सुधार योजनामा लगानी बढाउने संकेत दिएको छ । कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०८१/८२ को नाफाबाट १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १६.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत मात्र वितरण गर्ने निर्णय गरेको छ ।गत वर्ष भने कम्पनीले ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्ष लाभांश घटाउनुको कारण कम्पनीको आगामी दीर्घकालीन व्यवसायिक योजना तथा पूँजीगत खर्च वृद्धि रहेको बताइएको छ ।कम्पनीले प्रस्तावित लाभांश तथा अन्य एजेन्डामाथि छलफलका लागि आगामी मंसिर

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 536 पटक पढिएको
  • पैदलयात्रीको सिक्री लुटेर बेच्ने पाँच जना पक्राउ

    काठमाडौं— राजधानीका सडकमा पैदलयात्रीको सिक्री लुट्ने समूहका पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राज लामा, दुर्गबहादुर मगर, दिलबहादुर विक, गोविन्द सुनार र दिपेश रसाइली रहेका छन्।स्वयम्भु प्रहरी वृत्तको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। लामा र मगरले सिक्री लुट्ने र बाँकी तीन जना ज्वेलर्स सञ्चालकले ती सिक्री खरिद गर्ने गरेको प्रहरीले जनाएको छ।प्रहरीले उनीहरूको साथबाट सात तोला सुन, करिब पाँच लाख रुपैयाँ, मोटरसाइकल र मोबाइल बरामद गरेको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 511 पटक पढिएको
  • नर्सिङ पेशामा असन्तुष्टि, मोरङदेखि देशभर आन्दोलनको लहर

    विराटनगर— मोरङका विभिन्न अस्पतालमा कार्यरत नर्सहरू पारिश्रमिक र सेवा–सुविधासम्बन्धी माग राख्दै आन्दोलनमा उत्रिएका छन्।नेपाल नर्सिंग संघ मोरङले बुधबार विराटनगरस्थित कोशी अस्पतालमा पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेको हो। संघकी अध्यक्ष लोजिता योञ्जनका अनुसार सरकारले तोकेको पारिश्रमिक नपाएको र सेवा–सुविधामा असमानता रहँदा आफूहरू आन्दोलनमा जान बाध्य भएका हुन्।योञ्जनले नर्सहरूको पेशागत अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिइन्।मोरङमा मात्र होइन, देशभरका विभिन्न अस्पतालमा कार्यरत नर्सहरू पनि समान माग राख्दै आन्दोलनरत रहेका छन्। केही अस्पतालले सरकारले तोकेको सुवि

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 580 पटक पढिएको
  • प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु

    काठमाडौं— प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ सुरु भएको छ।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्माको सहभागितामा गठित संवैधानिक इजलासले सुनुवाइ प्रारम्भ गरेको हो।सर्वोच्च अदालतको एनेक्स भवनस्थित इजलासमा रिट निवेदक डा. प्रेमराज सिलवालले प्रारम्भिक बहस सुरु गरेका छन्। त्यस्तै वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई र शेरबहादुर केसी पनि सुनुवाइमा सहभागी भएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको सिफारिसमा गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेका थिए। सो निर्णयविरु

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 525 पटक पढिएको
  • काठमाडौं बाहिरको विवरण संकलन गर्दै उच्चस्तरीय जाँचबुझ आयोग

     काठमाडौं— जेनजी प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौं उपत्यकाबाहिरको क्षतिको विवरण संकलन कार्य सुरु गरेको छ ।आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलगायतको टोलीले काठमाडौं उपत्यका बाहिरको क्षतिको विवरण संकलन कार्य सुरु गरेको हो । आयोगले क्षतिको विवरण पठाउन यसअघि नै आग्रह गरे पनि प्रत्यक्ष अवलोकन गरेर विवरण संकलन कार्य सुरु गरेको आयोगका अध्यक्ष कार्कीले बताए । रौतहट, बारा र पर्सामा जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको वस्तुस्थिति बुझ्न अध्यक्ष कार्कीले जिम्मा लिएका छन् । सो क्रममा उनी आज वीरगंज पुगेका छन् । आयोगका अध्यक्ष कार्कीले बाह्रखरीस

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 640 पटक पढिएको
  • उर्जामन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन नयाँ दिल्ली गएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो । विद्युत मन्त्रमालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युतव्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति,दुवै देशबीच दीर्घकालीन ऊर्जाक्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो । भेटमा भारतका लागि नेपालका राजदूतका

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 617 पटक पढिएको
  • इनरुवा—पूर्णिया र लम्की—बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहेल्डर सम्झौतामा हस्ताक्षर

    काठमाडौं— नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की –दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर समारोहमा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो ।&

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 603 पटक पढिएको
  • वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

    काठमाडौं— वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपिआइएमएस)मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ । मङ्गलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।उनले भने, “एफपिआइएमएसमा समस्या आएकाले बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई थप सास्ती भएको छ । अति जरुरी श्रम स्वीकृतिका लागि विभागमा आएकालाई हाम्रो अर्को प्रणालीबाट सेवा दिइरहेका छौँ । विभाग बाहिरबाट आवेदन दिनेको हकमा समस्या भइरहेको हो ।”त्यसैगरी, वेबसाइटमा देखिएको समस्या मङ्गलबारदेखि समाधान भएको व

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 523 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.