समाज

    Showing 5,541-5,550 of 6,767 items.
  • शहनाजको शोक प्रस्ताव पारित गर्दै प्रतिनिभि सभा बैठक स्थगित

    झापा । प्रतिनिधि सभाको आज सोमबारको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ ।रहमानको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेर बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भउको छ ।जनता समाजवादी पार्टी जसपा नेपालबाट समानुपातिक प्रणालीतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित ६३ वर्षकी रहमानको शनिबार हृदयघातका कारण निधन भएको थियो ।जसपाकी केन्द्रिय सदस्यसमेत रहेकी झापाकी स्थायी बासिन्दा रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी थिइन् ।

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 108 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायम राख्ने

    झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायम राख्ने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै निर्णय गरेन ।बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने बताए । रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो । ‘अहिलेसम्म हाम्रो निर्णय त्यही हो’ उनले भने ।१० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पुष्पकम

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 112 पटक पढिएको
  • सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएकाे प्रधानमन्त्री प्रचण्डकाे भनाइ

    झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताउनुभएको छ ।गोरखामा निर्माण भएकाे माछाखोला जलविद्युत् आयोजनाको उद्घाटन गर्दै उहाँले सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित हुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भए पनि यसपटक आफूहरुले स्थायित्व दिनेमा विश्वस्त तुल्याउनुभयो ।'यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । वैशाखमा पालिका र मङ्सिरमा प्रदेश र सङ्घको अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि निर्वाचन प्रक्रिया पाँच वर्षका लागि सकिएको हुन्छ

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 110 पटक पढिएको
  • एमाले सरकारबाट बाहिरिने

    झापा । नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो । यस्तै, एमालेले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ ।

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 98 पटक पढिएको
  • पल शाह रिहा

    झापा । नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) रिहा भएका छन् ।उच्च अदालत पोखराबाट हिजो सफाइ पाएपछि शाह आज तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर छुटेका हुन् ।शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका छन् । जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरे पनि उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्ट्याइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै एक गायिकाले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । 

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 111 पटक पढिएको
  • ताप्लेजुङमा हिमपात

    झापा । ताप्लेजुङका हिमाली क्षेत्र तथा गाउँहरुमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । आइतवार बेलुका ४ बजेदेखि पानी, हिउँँका साथै केही ठाउँमा असिना समेत परेको हाे। जिल्लाको पाथीभरा क्षेत्रमा ठूलो हिमपात भएको छ । पाथीभरा क्षेत्रको काफ्लेपाटी, माथिल्लो फेदी, तेस्राे तथा पाथीभरा मन्दिरमा ठूलाे हिमपात भएको माथिल्लो फेदीका होटल व्यवसायी इन्द्र नारायण भट्टराई बताउनुहुन्छ । अहिले ताप्लेजुङ बजारबाट देखिने वरिपरिका डाँडाहरु हिउँले सेताम्मे भएका छन् । हिमाली गाउँहरु ओलाङचुङ्गोला, याङ्मा, घुन्सा तथा फलेमा पनि हिमपात भएको छ ।पर्यटकीय गाउँ घुन्सामा करिब २ फिटसम्म हिउँँपरेको डण्डु शेर्पाले बत

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 175 पटक पढिएको
  • घट्याे सुनको भाउ

    झापा । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।तोलामा आज सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।हिजो सुनको भाउ तोलामा १ लाख २ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ  पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 221 पटक पढिएको
  • राष्ट्रपतिमा सुवास नेम्वाङलाई मत दिन एमालेकाे आग्रह

    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् ।एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले ओलीको पत्रबाट सम्वादको ढोका खुलेको भन्दै निरन्तर सम्वाद रहेमा सहकार्यको वातावरण बन्न सक्ने प्रतिक्रिया दिएको छ ।फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले शनिबार मनोनयन दर्ता गराएका छन् । त्यसलगत्तै नेकपा एमालेले नेम्वाङलाई भोट माग्दै संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र स्वतन्त्र सां

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 195 पटक पढिएको
  • महिला फुटबलको ओलम्पिक छनोट पहिलोपल्ट नेपालले आयोजना गर्ने

    झापा । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ । एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह ‘सी’ को छनोट खेलहरु नेपालमा आयोजना हुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने जानकारी दिएको छ ।समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । तर प्यालेस्टाइनले भने नाम फिर्ता लिएकोले यस समूहमा तीन टिम मात्र रहेको एन्फाले जनाएको छ । अब नेपालले भियतनाम र अफगानिस्तानसँग मनत्र खेल्नुपर्खेछ ।छनोटको पहिलो चरणका खेलहरु आगामी अप्रिल ३ देखि ११ (चैत २०-२८) सम्म हुनेछ । पहिलो चरणको छनोटमा २६ टो

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 154 पटक पढिएको
  • सुनको भाउ घट्याे

    झापा । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलाको १ लाख २ हजार रुपैयाँ तोकिएको छ ।यसअघि शुक्रवार सुन तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 171 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा