काठमाडौं / अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक सरकारबाट पूर्ण रूपमा पृथक भएर काम गर्न नसक्ने भन्दै मौद्रिक नीति र वित्तीय नीति एकअर्काको पूरक हुनुपर्ने धारणा राखेको छ।आइतबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक माथि सरोकारवाला संघसंस्थासँग भएको छलफलमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल ले राष्ट्र बैंकको स्वायत्तता आवश्यक भए पनि सरकारसँगको समन्वय टुट्न नहुने बताए।उनले भने, ‘नेपाल राष्ट्र बैंकको अटोनोमीको कुरा गरिरहेका छौँ। तर बुझ्नुपर्ने कुरा के हो भने नेपाल राष्ट्र बैंक एउटा ‘आइभोरी टावर’ वा ‘साइलो’मा बसेर काम गर्न सक्दैन। मौद्
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन्।आइतबार सांसदहरूलाई प्रशिक्षण दिँदै उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू भएपनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउनेबाट सुरु भएको आरोप लगाए । उनले भने, ‘अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ। दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, थितिविहीन राजनीति त्यस ढंगको राजनीति चलिरहेको छ। लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू हुन्छन्। हिंसा, आगजनी, तोड
काठमाडौं। दाङको तुलसीपुरमा जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेकी ३७ वर्षीया दीपा पुनको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।असार ३२ गते परिवारले जंगलबाट ल्याएको च्याउ खाएपछि उनीसहित पाँच जना बिरामी परेका थिए। अन्य चार जना उपचारपछि घर फर्किए पनि दीपाको अवस्था गम्भीर बन्दै गएपछि विभिन्न अस्पताल हुँदै नेपालगञ्ज रिफर गरिएको थियो। तर, अस्पताल पुग्नुअघि नै उनको ज्यान गएको प्रहरीले जनाएको छ।घटनापछि प्रहरीले जंगली च्याउ नचिनीकन सेवन नगर्न सर्वसाधारणलाई पुनः आग्रह गरेको छ।
काठमाडौं। देशभर लगातार परेको वर्षाले बाढी, पहिरो, चट्याङ र अन्य विपद्का घटना बढेका छन्। पछिल्लो २४ घण्टामै ५८ वटा विपद्का घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन्। प्रशासनले उच्च जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।साउन २ गते साँझदेखि निरन्तर वर्षा भइरहेका कारण देशका विभिन्न जिल्लामा विपद्का घटना बढ्दै गएका छन्। प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशलगायतका ५८ घटना भएका छन्।खोटाङमा बाढीले दुई जनाको ज्यान लिएको छ भने दोलखामा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ। सोही अवधिमा १३ जना घाइते भएका छन् भने एक जनाको सकुशल उद्धार गरिएको प्रह
काठमाडौं / प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रुपन्देहीस्थित बालसुधार गृह तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ ।हाल सञ्चालनमा रहेको भवन साँघुरो र बालसुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्षसहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रुपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो । आइतबार बसेको समितिको बैठकमा सभापति समीक्षा बास्कोटाले उपसमितिको स्थलगत अनुगमनका क्रममा प्राप्त सुझावका आधारमा हालको बालसुधार गृह तत्काल स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले हाल बालसुधार गृह रहेको भवन जिल्ला समन्वय समिति रु
काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेका थिए। संयोजक प्रचण्ड जुलाई १५ मा श्रीलंका पुगेका थिए । भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलन मा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउँदै उद्घाटन तथा समापन दुवै सत्रलाई सम्बोधन गरे ।उद्घाटन सत्रमा उनले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद
काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान र कानुनलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्न खोजिरहेको आरोप लगाएका छन् ।पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले चालु वर्षमा डेढ सयभन्दा बढी कानुन संशोधन गर्ने तयारी गरेको भन्ने विषय सार्वजनिक भएको उल्लेख गर्दै कानुन सुधारका नाममा दुरुपयोग हुन सक्ने जोखिमप्रति सचेत हुनुपर्ने बताए ।‘कानुनमा सुधार र संशोधन आवश्यक हुन्छ । तर जुन दृष्टिकोणका साथ सरकार अघि बढिरहेको छ, त्यसले गर्ने हेरफेर कानुन सुधारका लागि हो कि दुरुपयोगका लागि हो भन्ने कुरामा ध्यान दिनुपर्छ,’ उनले भने ।उनले क
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद भूमिका श्रेष्ठले देशभरका बाल सुधार गृहको अवस्था सन्तोषजनक नरहेको भन्दै सुधारका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएकी छन्। सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले भक्तपुर, रूपन्देही र कास्कीस्थित बाल सुधार गृहको अनुगमनपछि तयार गरिएको प्रतिवेदनले पूर्वाधार, सुरक्षा र व्यवस्थापनमा गम्भीर कमजोरी देखाएको जानकारी दिइन्। श्रेष्ठका अनुसार रूपन्देहीस्थित बाल सुधार गृहको अवस्था अत्यन्तै कमजोर रहेकाले त्यहाँ रहेका बालबालिकाको व्यवस्थापनका लागि गृह मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयबीच समन्वय
काठमाडौं / विद्युत् खरिद–बिक्री सम्झौता पीपीए भइसकेका तर अझै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति आरसीओडी थप गर्ने तयारी गरिएको छ ।नेपाल विद्युत् प्राधिकरणले निर्माणको अवस्था, पीपीएमा उल्लेखित दायित्व पूरा गरेको अवस्था र भौतिक प्रगतिका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गरी आरसीओडी व्यवस्थापन गर्ने तयारी गरेको हो ।असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए भएका तर सञ्चालनमा आउन नसकेका आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ समूहमा वर्गीकरण गर्ने निर्णय गरेको छ ।समूह ‘क’ मा समयमै अघि बढिरहेका आयोजनाआरसीओडी अवधि समाप्त नभएका
काठमाडौं / काठमाडौं उपत्यकाका नदीकिनारबाट हटाइएका सुकुम्बासी परिवारहरूको दीर्घकालीन पुनर्स्थापनाको स्पष्ट योजना अझै सार्वजनिक नभए पनि सरकारले उनीहरूलाई स्थायी बसोबास रहेको स्थानीय तहमा फर्काउने प्रक्रिया अघि बढाएको छ।भूमि समस्या समाधान आयोगका अनुसार हालसम्म २३ परिवारलाई सम्बन्धित स्थानीय तहमा पठाइसकिएको छ। अन्य परिवारको विवरण संकलन तथा व्यवस्थापनको काम जारी रहेको आयोगले जनाएको छ। सरकारले हाल होल्डिङ सेन्टरमा रहेका परिवारलाई क्रमशः उनीहरूको स्थायी ठेगानामा पठाउने रणनीति अपनाएको छ। यद्यपि, पुनर्स्थापनासँगै रोजगारी, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवाको सुनिश्चितता गर्नुपर्ने आवश्यकता रह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.