समाज

    Showing 5,591-5,600 of 6,767 items.
  • अर्थमन्त्रीमा पौडेल आएपछि मोरङका उद्योगीको आन्दोलन स्थगित

    विराटनगर / बैंकले चर्को ब्याज लिएको विरोधमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी  व्यवसायीले आन्दोलन स्थगित गरेका छन्।नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै उनीहरूले आन्दोलन स्थगित गरेका हुन् ।सोमबार अर्थमन्त्री नियुक्त भएका पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएका थिए । अर्थमन्त्रीले वार्तामा  बोलाएपछि आन्दोलन स्थगित गरेको  मोरङ व्यापार संघ का अध्यक्ष नवीन रिजालले  बताएका छन् । सरकारले माग सम्बोधन गर्ने आश देखाएको बताउँदै उनले माग सम्बोधन नभए पुन सडक आन्दोलनमा फर्किने बताए छन् ।बैंकको चर्को ब्याजदरका विरुद्ध मोरङका उद्योगी र व्यावसायीले पुस

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 116 पटक पढिएको
  • हल्दीबारीमा गरिब तथा अति बिपन्नलाई आएको खानेपानीको निःशुल्क धारा सम्पन्नलाई दिएपछि स्थानीयको गुनासो

     झापा / हल्दीबारी गाउँपालिकाका विपन्न वडामा निःशुल्क गरिब तथा अति विपन्नलाई आएको खानेपानी धारा जडान सम्पन्नको घरमा जडान भएको स्थानीयले गुनासो गरेका छन् । गाउँपालिकाबाट गरिब तथा अति विपन्न परिवारका लागि निःशुल्क बितरण गर्ने योजना अन्तरगत आएको धारा वडा नम्बर  ३ मा ७८ सेट, वडा नम्बर ४ मा १ सय ९९ सेट र वडा नम्बर ५ मा १ सय ६५ धारा  जडान भइसकेको छ।अति गरिब तथा विपन्न परिवारलाई वितरण गर्ने भनिएको धारा सम्पन्नले परिवारले निःशुल्क पाएपछि स्थानीयको गुनासो रहेको छ ।  खानेपानी तथा सरसफाइ उपभोक्ता समिति जलथलका अध्यक्ष नवराज खरेलले शुरुमा सूचना जारी गर्दा डेढ वर्षसम्म

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 277 पटक पढिएको
  • सुनसरीमा मृत भेटियो हात्ती

     सुनसरी / सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा फेला परेको छ।अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेको भनेर स्थानीयले जानकारी दिएको सबडिभिजनल वन कार्यालय का रेन्जर लेखनाथ भण्डारीले जानकारी दिएका छन् ।रेन्जर भण्डारीका अनुसार दुर्गन्धित अवस्थामा फेला परेको हात्ती तीन दिन अघि मरेको हुन सक्ने अनुमान गरिएको छ । हात्तीका दुईवटा दाह्र छन् । हात्तीका कानमा तीनवटा प्वाल र ट्याग पनि देखिन्छ ।हात्ती भारतबाट आएको हो वा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हो भनेर यकिन गर्न बाँकी रहेको रेन्जर भण्डारी बताउँछन् ।

    • प्रकाशित मितिः पुस ८, २०७९
    • 146 पटक पढिएको
  • झापामा १० वर्षमा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु

    झापा / झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १६ वटा हात्ती समेत मरेका छन् ।जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरूको मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।जङ्गलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयका प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिएका छन् ।त्यस्तै मङ्गलबार मात्र बाख्रालाई घाँस काट्न जङ्गल गएका बाह्रदशी गाउँपालिकाका ३७ वर्षीय जगतबहादुर भुजेलको हात्ती आक्रमणमा परी मृत्यु भएको छ । 

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 189 पटक पढिएको
  • आगलागीबाट एक घरमा क्षति, दुई जना घाइते

     धनकुटा/ धनकुटा नगरपालिका ४ देब्रे बासमा आज आगलागीबाट एउटा घरमा क्षति पुगेको छ । आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।देब्रो बासका लीलाबहादुर आचार्यको दुई तले घरमा बिहान १० बजे भान्साकोठाबाट खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घरधनी लीला र उनकी श्रीमती कमला आचार्य घाइते भएका छन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइहेको र दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।आगलागीबाट लत्ता कपडा, अन्नपात, भाडाबर्तन सहित ६ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।आगलागीबाट घरसँगै रहेको कुखुरा फार्मका २ सय वटा कुखुराका चल्ला समे

    • प्रकाशित मितिः पुस ३, २०७९
    • 106 पटक पढिएको
  • नेहा चौधरीका श्रीमान डा. पंकज पक्राउ

    जनकपुरधाम / दाइजोकै निहुँमा श्रीमती (नेहा चौधरी)लाई कुटपिट गरी घरबाट निकाला गरेका डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको रामगोपालपुर –५ का ३५ वर्षीय डा. पंकजलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । उनीविरुद्ध घरेलु हिंसा, दाइजोविरुद्धका मुद्दा चलाइने महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पङ्गेनीले जानकारी दिए । अहिले डा. पंकजलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखिएको छ। नेहाले भने आफूलाई कुटपिट गरी घर निकाला सासू र ससुराको पनि संलग्नता रहेकाले उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने माग गरेकी छन्।डा. पंकज पक्राउ परेपछि उनका परिवारका सबै फरार भएका छन्। अहिले घरको ग

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 205 पटक पढिएको
  • द्धन्द्धकाल र जनआन्दोलनका शहीदका परिवारलाई प्रदेश १ ले १ लाख दिने

    विराटनगर  / प्रदेश नम्बर १ सरकारले द्वन्द्वकाल, मधेस आन्दोलन, दोस्रो जनआन्दोलन र आदिवासी जनजाति आन्दोलनमा परि शहीद भएका व्यक्तिका परिवारलाई पैसा दिने भएको छ । प्रदेश १ का स्थायी बसोबास गर्ने यस्ता परिवारलाई १ लाख रुपैयाँ दिन लागेको हो । चालू आर्थिक वर्षको प्रदेश १ को बजेटमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाति आन्दोलनका क्रममा सहादत प्राप्त  गरेका परिवारलाई रकम उपलब्ध गराउने उल्लेख छ । सोही अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि समेत तयारी पारिसकेको छ । यसका लागि ३० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्न आह्वान गरिएको छ ।प्रदेश १ मा

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 95 पटक पढिएको
  • वडाअध्यक्ष विरुद्ध नाबालिक बलात्कारको जाहेरी

    बारा / बाराको निजगढ नगरपालिका –२ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिकालाई जबर्जस्ती करणीको आरोपमा जाहेरी परेको छ । पीडित नाबालिकाको आफन्तले वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार इलाका प्रहरी कार्यलय निजगढमा जाहेरी दिएका हुन् । श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका हुन् ।

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 149 पटक पढिएको
  • जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका पाँचसहित सात जनाको मृत्यु, दुई बेपत्ता

    जुम्ला  / अविरल वर्षाका कारण आएको पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कनकासुन्दरी गाउँपालिका –५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको हो ।घरमुली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीकी २२ वर्षीया श्रीमती पानसरा शाही, रमेश शाहीका आठ वर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीय विद्या शाहीको मृत्यु भएको प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । सो घटनामा स्थानीय सरस्वति हमाल र रामबहादुर हमाल घाईते भएका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका

    • प्रकाशित मितिः असोज २२, २०७९
    • 97 पटक पढिएको
  • गोठाटार गोलिकाण्ड : मोहम्मदको हत्यामा संलग्न तीन जना पक्राउ

    काठमाडौं / काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या प्रकरणमा ३ जना पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनीहरूलाई केहीदिन अघि नै पक्राउ गरिएको हो। पक्राउ परेकाहरूको विवरण प्रहरीले गोप्य राखेको छ। उनीहरूलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी भइरहेको छ। सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै यही असोज ४ गते हत्या भएको थियो।मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर फरार भएका थिए। घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा समिति गठन भएको थियो।

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 174 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा