समाज

    Showing 5,671-5,680 of 9,960 items.
  • आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएकी छिन् । छलफल मंगलबार अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा गरिदैछ । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको छ । सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरे पनि चुनावको वातावरण सिर्जना नभएको राजनीतिक दलहरु बताउदै आएका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा दलहरुसँग छलफल गरेका थिए ।

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 347 पटक पढिएको
  • १ लाख ७९ हजारभन्दा बढी नगदसहित जुम्लामा ७ जना पक्राउ

    मुगु । जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिका–१ मा जुवा खेलिरहेका सात जनासहित एक लाखभन्दा बढि नगद बरामत गरेको छ । जुवाखालामा छापा मार्दा पक्राउ पर्नेहरू जुवा खेलिरहेका बेला नियन्त्रणमा लिइएका हुन्। घटनास्थलबाट १ लाख ७९ हजार २ सय ८५ नगद बरामद गरिएको प्रहरी कायालय जुम्लाले जनाएको छ। प्रहरीका अनुसार ३६ वर्षीय देसाङ तामाङको घरमा लुकीछिपी जुवा खेलिँदै आएको सूचनाका आधारमा प्रहरी टोलीले कार्तिक २ गते राति अचानक छापा मारेको हो ।प्रहरी नायब उपरीक्षक डीएसपी रबिन बाबु रेग्मीका अनुसार स्थानीय स्रोतबाट प्राप्त सूचनालाई प्राथमिकतामा राख्दै तत्काल टोली परिचालन गरिएको थियो। घटनास्थलमै सा

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 211 पटक पढिएको
  • तरुण दलले ७३औँ स्थापना दिवस मनाउँदै

    काठमाडौं । नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल तरुण दलको ७३ औँ स्थापना दिवस २०८२ कार्तिक १० गते मनाइने भएको छ ।आज तरुण दलको अध्यक्ष विद्वान गुरुङले उपत्यकाको तिन जिल्ला बाहेक बाकी सबै जिल्लाले जिल्लामै तरुण दलको ७३ औँ स्थापना दिवसमा शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम गरि मनाउन परिपत्र गरेका छन । उपत्यकाको तीन जिल्ला कार्यसमितिले तरुण दल केन्द्रीय समितिको आयोजनामा नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा गर्ने कार्यक्रममा सहभागी हुने अध्यक्ष गुरुङले बताए । तरुण दलले यसपाली केन्द्र र जिल्ला भरी फरक शैलि अपनाएर आफ्नो स्थापना दिवस मनाउदैछ । कार्यक्रमलाई केन्द्रीय अध्यक्षले स्वागत

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 500 पटक पढिएको
  • करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

    झापा— झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।मृतु हुनेमा ४९ वर्षीय लोकबहादुर गाइने रहेका छन् । उनले करेन्ट प्रवाह गरी माछा मार्ने प्रयास गर्दै गर्दा आफैँ करेन्टमा परेर मृत्यु भएका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार घटना आइतबार दिउँसो अमलखुट्टा खोलामा भएको हो।घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको र आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 523 पटक पढिएको
  • जुवातास खेल्दै गरेका वडाध्यक्षसहित ६ जना पक्राउ

    दाङ— सल्यान जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा जुवातास खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्।आइतबार बिहान करिब ५ बजे श्रीनगर निवासी लोकबहादुर बुढाथोकीको घरमा प्रहरी टोलीले छापा मार्दा सोही वडाका वडाध्यक्ष प्रदीप पाण्डे सहित ६ जनालाई तास खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। पाण्डे नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन्।जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी डा. हेमबहादुर केसीका अनुसार पक्राउ पर्ने अन्य व्यक्तिहरुमा लोकबहादुर बुढाथोकी, महोमत मिया, राजु भण्डारी, सागर पाण्डे र दार्मा गाउँपालिका–६ का झपेन्द्र प्रकाश रोकाया रहेका छन्।उनीहरुको साथबाट १ लाख ७ ह

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 565 पटक पढिएको
  • कैलाली ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु १२ जना घाइते

    कैलाली— लम्कीमा मलामी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बर्दगोरिया गाउँपालिका–४ का ३५ वर्षीय हर्क साउद, १६ वर्षीय शीतल साउद र सोही ठाउँका ६४ वर्षीय दानबहादुर साउद रहेका छन् । दुर्घटनामा परी घाइते भएका १२ जनाको सनाखत भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए। घाइते हुनेमा बर्दगोरिया गाउँपालिका–४ का २१ वर्षीय तपेन्द्र साउद, १४ वर्षीय रविन साउद, १५ वर्षीय एति साउद, ४५ वर्षीय सिङ्गे साउद, ५० वर्षीय भीमबहादुर रोकाया, ४५ वर्षीय रुद्रलाल न्यौपाने, ७५

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 509 पटक पढिएको
  • प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान

    काठमाडौं— प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका गणेशकुमार श्रेष्ठलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।सैनिक मुख्यालय जङगी अड्डामा आइतबार आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पदोन्नतिसँगै रथी श्रेष्ठलाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्ले उनलाई गत असोज ३० गते रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 518 पटक पढिएको
  • माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

    काठमाडौं— एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा माइकल फोले नियुक्त भएका छन् । उनको यो नियुक्ति कार्तिक १५ गते देखि लागू हुनेछ ।नयाँ सीईओ नियुक्तिसँगै कार्यवाहक सीईओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ) को महत्त्वपूर्ण भूमिकालाई निरन्तरता दिनेछन् ।दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव बोकेका फोलेले यस क्षेत्रका प्रमुख कम्पनीहरूमा कुशल नेतृत्वका साथ सफलता हासिल गरेका उल्लेखनीय रेकर्डहरु रहेका छन् । एनसेलमा आवद्ध हुनु अघि, फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 636 पटक पढिएको
  • जुम्लामा मार्सी धान भित्र्याउने चटारो

    जुम्ला । तिहारको चटारोसँगै यतिबेला जुम्लाका किसानलाई जुम्ली मार्सी धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ ।विश्वको अग्लो स्थान छुमचौरीदेखि आठवटै स्थानीय तहमा रहेका खेतका लटरम्म फाँटमा झुलेका कालीमार्सी जातको धान उत्पादन हुने गर्छ । धान पाक्ने सिजन भएकाले किसानहरु ब्यस्त बनेका हुन् । पछिल्ला बर्षहरुमा जुम्ली काली मार्सी धान उत्पादन घट्दै गइरहेको छ । कात्तिक महिनाको पहिलो साता मात्र धान काट्ने धान पछिल्ला बर्षहरुमा तापक्रम बढेकाले चाँडै भित्र्याउने गरिन्छ । जिल्लाभर २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुने भएको भएपनि अहिले ६ हजार ३ सय ७७ मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने गरेको तथ्यांक छ ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 331 पटक पढिएको
  • ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता

    काठमाडौं । नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा ऐतिहासिक उपलब्धि हात पारेको छ ।अस्पताललाई विश्व स्ट्रोक संगठन(डब्लुएसओ)ले ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ को रुपमा मान्यता प्रदान गरेको हो । नेपालमा यस्तो मान्यता प्राप्त गर्ने ग्राण्डी पहिलो अस्पताल बनेको हो ।डब्लुएसओले अस्पतालको गुणस्तर, पूर्वाधार, चिकित्सकीय सेवा, उपचार प्रक्रिया, र नतिजाको कडा मूल्याङ्कनपछि गत अक्टोबर १७ मा यो मान्यता प्रदान गरेको हो ।ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा न्यूरोलोजिस्ट तथा स्ट्रोक कार्यक्रम निर्देशक डा.राजु पौडेलले भने, ‘यो मान्यता हामीले नेपाली

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 286 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.