काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताएका छन् । आइतबार ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले थापाले सबै निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको बताए ।‘पटक पार्टीको वैधानिक संरचनामा हामीले प्रत्येक वडाबाट प्रतिनिधिहरू छानेर आउँदै गर्दाखेरी ३० वर्षभन्दा मुनिको यति संख्यामा हुनैपर्छ भनेर हामीले क्रियाशीलबाट छानिने प्रतिनिधिहरूबाटै छानेर बनाएका छौँ,’ उनले भने, ‘त्यसै गरिकन ३५ वर्षभन्दा मुनिक
काठमाडौँ / नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ ।यससम्बन्धी आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले मन्त्रालयले विज्ञ, विशेषज्ञ तथा सरोकारवालाहरूबाट लिखित सुझाव माग गरेको हो । मन्त्रालयले जारी गरेको सूचना अनुसार, हाइड्रोजन प्रविधिको प्रयोगका लागि अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड, निर्देशिका र आवश्यक जनशक्ति विकाससम्बन्धी विषयमा सुझावहरू संकलन गर्न लागिएको हो ।यस प्रक्रियामा विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग,
रामेछाप / काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडामा सडकमाथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार राति परेको वर्षापछि सडकमा लेदो र पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको लेदो र पहिरो हटाउने कार्य सम्पन्न भएपछि केहीबेरअघि मात्रै यातायात सञ्चालनमा ल्याइएको हो ।राजमार्ग खुलेसँगै दुवैतर्फ रोकिएका सवारीसाधनहरू पुनः सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका सवारीसाधन सिन्धुलीको खुर्कोटम
काठमाडौं— जर्मनीका पूर्व स्टार मिडफिल्डर टोनी क्रुस ले फिफा विश्वकप २०२६को उपाधि स्पेनले जित्ने भविष्यवाणी गरेका छन् । उनले आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलमा साविक विजेता अर्जेन्टिनामाथि स्पेन हाबी हुने विश्वास व्यक्त गरेका हुन् ।स्पेनिस सञ्चारमाध्यम मार्काले ट्रिबुना डटकम लाई उद्धृत गर्दै जनाएअनुसार सन् २०१४ का विश्वकप विजेता क्रुसले स्पेनको निरन्तर उत्कृष्ट प्रदर्शन, रणनीतिक अनुशासन र समग्र टोलीगत सन्तुलनका कारण प्रशिक्षक लुइस दे ला फुएन्तेको टोली उपाधिको बलियो दाबेदार रहेको बताएका छन् ।रियल म्याड्रिडमा एक दशक बिताएका क्रुस स्पेनिस फुटबल र वर्तमान टोलीका धेरै ख
काठमाडौं— अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनविरुद्ध मैदान उत्रँदा १० वर्षअघिको पीडादायी सम्झनालाई सुखद अन्त्यमा बदल्ने अवसरको खोजीमा हुनेछन् ।मेस्सीका लागि यो फाइनल केवल विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिको प्रतिस्पर्धा मात्र होइन, सन् २०१६ को कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको तितो सम्झनाको पुनरागमन पनि हो । त्यही मैदानमा उनले पेनाल्टी चुकाएका थिए, बेन्चमा आँसु झारेका थिए र राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेर विश्व फुटबललाई स्तब्ध बनाएका थिए ।त्यतिबेला मेस्सी
काठमाडौं— नेकपा (एमाले) ले संसद्मा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आज संघीय संसद्का आफ्ना सांसदहरूसँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ ।पार्टीको संसदीय विभागले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूले संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिने विभागका प्रमुख एवं पार्टी सचिव पद्मा अर्यालले जानकारी दिइन् ।अर्यालका अनुसार संसद् सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद् सचिवालयका काम कर्तव्य र अधिकारका बारेमा सांसदहरूलाई जानकारी गराउने छन् । उनले संसदीय समितिहरूका अधिकार क्ष
काठमाडौं— हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै श्रीमती ४३ वर्षीया फुलमाया मुदेलको हत्या गरेको अभियोगमा मादी नगरपालिका—४ डाँडागाउँ बस्ने चैनपुर नगरपालिका—७ घर भएका ५६ वर्षीय अमर बहादुर सार्कीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको क्रममा अमर बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी फुलमायाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मङ्गलबारे मादीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं— आव दुर्ई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।आइतबार अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएको हो ।अर्थ समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएको हो । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुने कार्यसूची छ । यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ बजे बस्ने भएको छ ।बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन, २०८३ उपर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयस
काठमाडौं— शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ ।कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ शनिबार ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको हो ।परीक्षण सफल भएपछि आगामी हप्तादेखि पानी मुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ ।यस कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गर्दै मन्त्रालयको सहयोगमा आवश्यक पूर्वाधार,
काठमाडौं— ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने २१, राइड सेयरिङमा २६, रातोबत्तीमा ४१ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १३४, सडक फुटपाथमा २५, हर्न निषेधमा २१,अवस्था ठिक नभएको ९ र अन्यमा ३९३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.