काठमाडौं— जेनजी आन्दोलनका क्रममा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ ।गत भाद्र २४ गतेको जेनजी आन्दोलनको नाममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो । निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी चित्रकार भारतमा तीन महिनाको उपचारपछि नेपाल फर्किएकी हुन् । अहिले उनी आफ्नौ घरमा आराम गरिरहेकी छिन् ।उक्त आन्दोलनमा जेनजीको प्रयोग गरेर बाह्य शक्तिले आफूमाथि र पूरा सिंगो देशमाथि आक्रमण गरेको उनले बताइन । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले राजनीतिमा संलग्न होस् या राजनीतिबाट टाढा भएकाहरुको होस यस्तोखाले आक्रमण हुनु जंगली पारा भए
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छन्।समानुपातिक प्रणालीले भौगोलिक विकटता, पहुँच र पावर नभएका योग्य व्यक्तिहरूलाई प्रतिनिधित्व दिने उद्देश्य राखेको भन्दै पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति जनाएकी हुन् ।उनले लेखेकी छन्, ‘समानुपातिक को अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सुचिले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सुचिले कर्णाली बोल्नुपर्छ। सुदुर पश्चिम बोल्नुपर्छ।’उनले पार्टी भित्रका पदाधिकारी र सचिवाल
काठमाडौं— काठमाडौं महानगरपालिका अन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक र सर्वसाधारणमाथि बलजफती, प्रलोभन र अभद्र व्यवहार गरी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको छ ।प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सूचना प्राप्त गरी कारबाही गर्दै १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।पक्राउ पर्नेहरुमा नुवाकोट, विदुर नगरपालिका १३ घर भएका बर्ष २८ का अमृत खड्का, पर्सा, बहुदरमाई नगरपालिका विश्रामपुर घर भएका १९ वर्षका अकलेश साह, पर्सा, बहुदरमाई नगरपालिका विश्रामपुर नै घर भएका बर्ष ३१ का दिनेश पटेल, काभ्रेपलान्चोक, रोशी गाउँपालिका ६ घर भएका १९ वर्षका सुजन तामाङ, रोल्पा, माडी गाउँपालिकाका २२ वर्षका प्रविन
काठमाडौं— सालपा विकास बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको हो ।कुल निष्कासित शेयर मध्ये ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकि
काठमाडौं— आज नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना गरेको छ ।महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्रलाई उकास्न र विकासका नयाँ मार्ग तय गर्न यो संवाद आवश्यक भएको बताए।उनले यस अवसरमा राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने उद्देश्य रहेको जानकारी दिए ।संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहने महासंघले जनाएको छ।साथै, प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा समूह (जेनजी), नागरिक समाज र सञ्चार क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।यस कार्यक्रममा लक्स
काठमाडौं— सुनसरीमा चिसो बढेसँगै शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित बनेको छ। त्यसैको प्रभावमा जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको छ।स्थानीय तहहरूले यही पुस १६ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। इटहरी उपमहानगरपालिकाले वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जनाएको छ।उपमहानगरका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्नुपर्ने आवश्यकता परेको हो।सुनसरीका इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगर–रामधुनीलगायत अन्य स्थानीय तहका विद्यालयहरू पनि वार्षिक
काठमाडौं— संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका दुई महत्वपूर्ण समितिको बैठक आज बस्दैछ ।राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको १४६ औँ बैठक आज बिहान ११ः३० बजे सिंहदरबारस्थित संसद भवनमा बस्नेछ ।बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ । साथै विविध विषयमा समेत छलफल हुने समितिले कार्यसूचीमा तय गरिएको छ।यस्तै, आजै दिउँसो २ः३० बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । सिंहदरबारस्थित समिति कक्षमा बस्ने उक्त बैठकमा सर्ने तथा नसर्ने रोगको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशा सम्बन्धी विषयमा छलफल गरिनेछ ।
काठमाडौं— राजनीतिक विभाजन, असहमतिहरू र ध्रुवीकरण बढ्दै गएको वर्तमान सन्दर्भमा आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै छ।देशमा सहमति, सहकार्य र आपसी विश्वास कमजोर बन्दै गएको बेला प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति फेरि पनि सान्दर्भिक बन्दै गएको विश्लेषण गरिएको छ ।यही सन्दर्भमा नेपाली कांग्रेस र यसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले देशभर कार्यक्रम गरी दिवस मनाइरहेका छन्।वि.सं. २०३३ साल पुस १६ गते तत्कालीन निरङ्कुश व्यवस्थाविरुद्ध संघर्षरत रहँदा पनि बीपी कोइरालाले राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै निर्वासन त्यागी स्वदेश फर्किने ऐति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा अध्यक्ष कमल थापाले नयाँ भनिएका राजनीतिक शक्तिहरुको वैचारिक आधार स्पष्ट नभएको बताएका छन् ।मंगलबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नयाँ भनिएका राजनीतिक शक्तिहरुले केवल पात्र परिवर्तनको कुरा मात्र गरिरहेको भन्दै अहिलेको अवस्थामा पात्र, दल वा अनुहार मात्र परिर्वन गरेर देशको संकट समाधान नहुने धारणा राखे ।त्यस्तै उनले देशका प्रमुख भनिने राजनीतिक दल एमाले र कांग्रेस भ्रष्ट व्यवस्थाका संवाहक भएको भन्दै उनले भ्रष्ट व्यवस्था र शासकबाट देशलाई मुक्त गराउन उनीहरुबाट सम्भव नरहेको बताए ।उनले भने,‘भ्रष्ट व्य
हेटौंडा— मकवानपुरमा अवैध रूपमा गरिएको लागूऔषध गाँजा तथा अफिम खेतीविरुद्ध प्रहरीले व्यापक फडानी अभियान सञ्चालन गरी ३० विगाह क्षेत्रफलमा फैलिएको खेती नष्ट गरेको छ ।गत पौष ११ गतेदेखि पौष १४ गतेसम्म तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौंडा, विपद् व्यवस्थापन गुल्म हेटौंडा तथा मातहतका प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त अभियान सञ्चालन गरेको हो ।अभियानका क्रममा मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने राक्सीराङ गाउँपालिका अन्तर्गत वडा नं। १, ६, ७ र ८ तथा कैलाश गाउँपालिका अन्तर्गत वडा नं। १, २, ३, ५, ६ र ९ का वि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.