काठमाडौं— ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने २१, राइड सेयरिङमा २६, रातोबत्तीमा ४१ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा १३४, सडक फुटपाथमा २५, हर्न निषेधमा २१,अवस्था ठिक नभएको ९ र अन्यमा ३९३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।