समाज

    Showing 611-620 of 11,012 items.
  • अनलाइन जुवा, सट्टेबाजी र डिजिटल ठगी

    डिजिटल प्रविधिको तीव्र विस्तारले आर्थिक कारोबारलाई सहज, छरितो र समावेशी बनाएको छ । तर यही प्रविधि संगठित अपराधका लागि पनि नयाँ अवसर बनेको छ ।विशेषतः अनलाइन जुवा, सट्टेबाजी, नक्कली लगानी योजना, सामाजिक सञ्जालमार्फत हुने ठगी तथा डिजिटल भुक्तानी प्रणालीको दुरुपयोग अहिले विश्वव्यापी चुनौती बनेको छ । नेपाल पनि यसबाट अछुतो छैन । पछिल्ला वर्षहरूमा विदेशी सर्भरमा सञ्चालित बेटिङ प्लेटफर्म, सामाजिक सञ्जालमार्फत हुने ठगी, नक्कली एप, फिसिङ, ओटीपी चोरी तथा डिजिटल वालेटको दुरुपयोगका घटना उल्लेखनीय रूपमा बढेका छन् । यस्ता अपराधले नागरिकको आर्थिक सुरक्षामात्र होइन, राष्ट्रिय वित्तीय प्रणाली, साइबर सुरक्षा, सु

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 187 पटक पढिएको
  • मिटरब्याजी पीडितसँग गृहमन्त्रीको निर्णायक छलफल

    रौतहट । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज बिहीबार तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको सभाहलमा मध्याह्न १२ बजे बस्ने यो बैठकलाई दुवै पक्षले ’निर्णायक’ रूपमा लिएका छन् ।यसअघि मंगलबार र बुधबार दैनिक करिब पाँच–पाँच घण्टा चलेका पहिलो र दोस्रो चरणका वार्ताहरू विना निष्कर्ष टुङ्गिएपछि आजको छलफलमा सबैको ध्यान केन्द्रित भएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको नेतृत्वमा पीडितहरूले गत असार २५ गते धनुषाको जनकपुरस्थित ऐतिहासिक तिरहुतिया गाछीबाट काठमाडौंतर्फ ‘पैदल मार्च’ न्

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 125 पटक पढिएको
  • कवाड व्यवसायीले गरे आत्मदाहको प्रयास, गाडी छाड्न अदालत र गृहको आदेश उल्लङघन:पीडित

    काठमाडौं / कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् ।बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र सर्बोच्च अदालतदेखि गृहमन्त्रालयसम्मको आदेशलाई अवज्ञा गरी धादिङ धुनिवेशी नगरपालिकाले गाडि रोकेको जनाएका छन् । राज्यका सबै निकायहरुमा गुहार्दा पनि कसैले नसुनेको भन्दै एकजना कवाड व्यवसायी मुकेश प्रसाद साहले बुधबार पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए । ‘स्क्रयाब हकहित फाउण्डेसन’को टोलीले तत्काल उद्दार गरेर अप्रिय घटना हुनबाट रोकेको फाउण्डेसनका अध्यक्ष सन्जय साहले बताए ।विगत लामो समयदेखि कवाड व्यवसायी विभिन्न ठाउँमा दोहोरो, तेह

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 173 पटक पढिएको
  • शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

    काठमाडौं / नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्था बमोजिम शेयर धितो कर्जा मार्जिन लेन्डिङ प्रवाहमा नयाँ र लचिलो व्यवस्था लागू गरेको छ । केन्द्रिय बैंकले एक निर्देशन जारी गर्दै अब बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित कम्पनीको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले संस्थाको सबलता मूल्याङ्कनका लागि विभिन्न स्पष्ट आधारहरु तय गरेको छ । नयाँ निर्देशन अनुसार, कुनै पनि सूचीकृत कम्पनीको सबलता मापन गर्दा उक्त संस्थाको चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, संस्था नाफामा रहेको अवस्था र लाभांश वितरणको इत

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 223 पटक पढिएको
  • पासपोर्टको नाममा सास्ती मात्रै ४८ घण्टाको वाचा, १३ दिनसम्म पनि राहदानी छैन

    काठमाडौं— सरकारले नयाँ प्रविधिसहित राहदानी सेवा सुरु गर्दै ४८ घण्टाभित्र पासपोर्ट उपलब्ध गराउने घोषणा गरे पनि व्यवहारमा भने सेवाग्राहीले १० देखि १३ दिनसम्म कुर्दासमेत राहदानी नपाउने अवस्था देखिएको छ। महँगो शुल्क तिरेर 'आकस्मिक सेवा' रोजेका नागरिकसमेत विभागको ढिलासुस्ती, प्राविधिक समस्या र कर्मचारीको व्यवहारबाट हैरान भएका छन्।परराष्ट्र मन्त्रालयले असार २९ गते जर्मन प्रविधिमा आधारित नयाँ ई–पासपोर्ट प्रणाली लागू गरेको थियो। नयाँ प्रणालीसँगै सेवा छिटो, सुरक्षित र प्रभावकारी हुने दाबी गरिए पनि सुरुआती कार्यान्वयनमै समस्या देखिएको हो।जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाउन समय लाग्ने भएकाले छिटो से

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 377 पटक पढिएको
  • लामो समय गैरहाजिर स्वास्थ्यकर्मीसँग जवाफ माग

    काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।मन्त्रालयले एक सूचना जारी गर्दै बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको हो । मन्त्रालयका अनुुसार सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र सबै कर्मचारीहरुले आफ्नो स्पष्टीकरण पेश गर्नुपर्ने छ ।‘नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा ९१० को खण्ड ९ज० बमोजिम बिदा स्वीकृत नगराई लगातार साठी ९६०० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको अवस्थ

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 138 पटक पढिएको
  • विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

    काठमाडौं / सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको छ ।नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै सार्वजनिक प्रयोजनका विद्युतीय यात्रुवाहक सवारीमा ऋण–मूल्य अनुपात बढाएर ८० प्रतिशत पु¥याएको हो । यसअनुसार खरिदकर्ताले कम्तीमा २० प्रतिशत रकम भने आफ्नै स्रोतबाट व्यवस्थापन गर्नुपर्नेछ ।यसअघि सार्वजनिक र व्यक्तिगत दुवै प्रकारका विद्युतीय सवारीमा अधिकतम ६० प्रतिशतसम्म मात्रै कर्जा लिन पाइने व्यवस्था थियो । नयाँ व्यवस्थाले भने सार्वजनिक यातायातका विद्युतीय सवारीलाई विशेष सहुलियत दिएको छ

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 137 पटक पढिएको
  • तरलता व्यवस्थापनमा राष्ट्र बैंकको नयाँ कदम

    काठमाडौं / नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा दीर्घकालीन रूपमा अधिक तरलता कायम रहे एक वर्षसम्मको आफ्नै ऋणपत्र एनआरबी बन्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ ।‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७८’ को छैटौँ संशोधनमार्फत यस्तो व्यवस्था गरिएको हो । सञ्चालक समितिको स्वीकृतिमा जारी हुने ऋणपत्रको ब्याजदर बैंक तथा वित्तीय संस्थाबीचको बोलकबोलबाट निर्धारण हुनेछ ।राष्ट्र बैंकका अनुसार यो व्यवस्थाले बैंकिङ प्रणालीमा लामो समयसम्म थुप्रिएको अतिरिक्त रकम प्रभावकारी रूपमा प्रशोचन गर्न सहयोग गर्नेछ । यसअघि अधिक तरलता व्यवस्थापनका लागि छोटो अवधिका निक्षेप संकलन उपकरण बारम्बार प्रयोग गर्न

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 128 पटक पढिएको
  • मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    मुस्ताङ—  मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध सामान बरामद गरेको छ ।थासाङ गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित जाँच गर्ने क्रममा करिब रु चार लाख ३५ हजार ८०० बराबरको अवैध सामान बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर महतका अनुसार नेपाल–चीन कोरला नाकाबाट जोमसोम हुँदै पोखरातर्फ जाँदै गरेको महेन्द्र बोलेरो जिप जाँच गर्दा सामान फेला परेको हो ।भन्सार प्रज्ञापनपत्र र आवश्यक कागजात नभएका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी, चालक र सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मुस्ताङ भन

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 422 पटक पढिएको
  • बिदा स्वीकृत नगरी दुई महिनादेखि कार्यालय नआउने २३ स्वास्थ्यकर्मीसँग स्पष्टीकरण माग

    काठमाडौं—  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई लगातार ६० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार ती कर्मचारीलाई सेवाबाट किन नहटाउने भन्ने विषयमा लिखित जवाफ मागेको हो। सूचनाअनुसार उनीहरू स्वीकृत बिदाबिनै लामो समय कार्यालयमा अनुपस्थित रहेकाले विभागीय कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।मन्त्रालयले तोकिएको अवधिभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न नसके सम्बन्धित कर्मचारीलाई भविष्यमा स्वास्थ्य सेवाका

    • प्रकाशित मितिः असार ३२, २०८३
    • 421 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.