समाज

    Showing 6,411-6,420 of 11,065 items.
  • आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद् अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । बैठक शुक्रबार दिनको १ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा बस्ने भएको हो । आजको बैठकमा संघीय संसदको आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोग, नेपालसँग छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।  

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 511 पटक पढिएको
  • काठमाडौं महानगरले माग्यो २३ अग्नि नियन्त्रक, योग्यता पुगेकाले आवेदन दिन सकिने

     काठमाडौं— काठमाडौँ महानगरपालिकाले करारमा २३ जना नगर प्रहरी जवान (अग्नि नियन्त्रक) माग गरेको छ।महानगरपालिकाले आज सूचना जारी गर्दै १५ दिनभित्रमा अनलाइन आवेदन दिन अनुरोध गरेको छ।महानगरपालिकाले अग्नि नियन्त्रकसँगै हलुका सवारी चालक १९ जना र कार्यालय सहयोगी २ जना पनि माग गरेको छ।महानगरपालिकाका अनुसार हरेक सेवा/समूह/तहका लागि तीन हजार आवेदन शुल्क लाग्ने छ।राजस्व तिरेको सक्कल रसिद,नागरिकता, शैक्षिक योग्यता,सम्बन्धित विषयको कार्य अनुभवको प्रमाणपत्र स्क्यानसहित वेबसाइट www.kathmandu. gov.np मा रहेको अनलाइन आवेदन प्रणालीमार्फत दरखास्त दिनुपर्ने छ।

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 572 पटक पढिएको
  • कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राष्ट्रिय कलाकार र पत्रकारहरुसँग कला क्षेत्रका समस्यालगायतका विषयमा छलफल गरेका छन् । बुधबार कलाकारहरुले आफ्नो क्षेत्रमा भोग्नु परेको समस्याहरु र आगामी दिनमा यस क्षेत्रको विकासका लागि राज्यले गर्नुपर्ने कामहरुका विषयमा उनले छलफल गरेका हुन् । छलफल कार्यक्रममा मन्त्री खरेलले कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुन नहुने बताए । कतैबाट दबाव र अभाव भइरहेको छ भने त्यो तत्काल अन्त्य हुनुपर्ने कुरामा आफू प्रतिबद्ध रहेको धारणा राखे । ‘कलाकारिता जस्तो सृजनशिल क्षेत्र भनेको यस्तो हो जहाँ कुनै दबाव र अभाव

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 759 पटक पढिएको
  • ३८ करदाता सेवा कार्यालय खारेज, सरकारको वैकल्पिक व्यवस्थाबारे स्पष्टिकरण

    काठमाडौं— अर्थ मन्त्रालयको मातहतमा रहेको आन्तरिक राजस्व विभागले देशभरका ३८ करदाता सेवा कार्यालय खारेज गर्ने निर्णयबारे स्पष्टीकरण जारी गरेको छ। उक्त निर्णयपछि उठेका प्रश्न र टिप्पणीहरूको जवाफस्वरूप विभागले वैकल्पिक सेवा व्यवस्थाबारे जानकारी दिएको हो।करदाता सेवा कार्यालयहरूले गर्दै आएका स्थायी लेखा नम्बर प्रमाणपत्र वितरण लगायतका काम अब सम्बन्धित स्थानीय तहमार्फत उपलब्ध हुने विभागले जनाएको छ । विभागका अनुसार स्थानीय तहबाट ती सेवा पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने भएकाले अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ।स्थानीय तहमा सेवा प्रारम्भ नभएसम्म ती कार्यहरू सम्बन्धित जिल्लाका कोष तथा लेखा न

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 721 पटक पढिएको
  • कृषिक्षेत्रमा सुधार नभएको किसान सञ्जालको आरोप, १७ बुँदे माग सार्वजनिक

    काठमाडौं— राष्ट्रिय किसान सञ्जालले वर्तमान अन्तरिम सरकारले कृषिक्षेत्रमा सुधार र किसानका समस्या सम्बोधन गर्न कुनै ठोस कदम नउठाएको आरोप लगाएका छन् । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सञ्जालले कार्तिक १६ गते राष्ट्रिय किसान सञ्जालको तर्फबाट कृषि तथा पशुपछि विकास मन्त्रीलाई मन्त्रालयमा भेट गरी किसान र कृषिक्षेत्रका तपसीलका समस्या तत्काल सम्बोधन गर्न नेपाल सरकार र सम्बधित निकायहरूको ध्यानाकर्षण गराउदा पनि सरकारले समस्या समाधानका लागि अग्रसरता नदेखाएको उल्लेख गरेका छन् । उनीहरुका अनुसार, ‘ कार्तिक १६ गते राष्ट्रिय किसान सञ्जालको तर्फबाट एक प्रतिनिधि मण्डलले माननीय कृषि तथा पशुपछि व

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 579 पटक पढिएको
  • ११ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

    काठमाडौं—  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको छ । यसअघि बुधबारको कारोबारमा दोहोरो अंकले बढेर २६०७.४२ बिन्दुमा राकिएको नेप्से आज घटेर बन्द भएको हो ।सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः २.०८, ०.८१ र ०.७६ अंकले घटेका छन् । यसदिन सूचक घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता शेयर किनबेच भएको बजारमा आज ३२० स्टकको ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३ सय ५७ रुपैयाँ बराबरको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर कारोबार भएको छ ।आजको बजारमा पहिलोदिन कारोबार भएको दरमखोला इनर्जी लिमि

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 659 पटक पढिएको
  • सुदूरपश्चिम सरकारले आगलागी पीडितलाई आठ लाख सहयोग गर्ने

    कैलाली— सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार राति भएको आगलागीबाट पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।विहीबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा उनको निवासमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल साँफेबगर नगरपालिकालाई रु आठ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई उक्त सहयोग गर्ने निर्णय भएको बताए । “साँफेबगर बजारमा भएको आगलागीबाट क्षति पुगेका परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरुप तत्कालका लागि रु आठ लाख पालिकामार्फत् उपलब्ध गराउन

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 654 पटक पढिएको
  • कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

    काठमाडौं—  कोरियाको रोजगार अवसर (ईपीएस) कार्यक्रम अन्तर्गत नाम निकालेका युवाहरूले लामो समयदेखि भिसा प्रक्रिया र प्रस्थानमा ढिलाइ भएको भन्दै आज ईपीएस शाखा, काठमाडौंमा आन्दोलन गरेका छन्।आन्दोलनमा सहभागी युवाहरूले सरकार र सम्बन्धित निकायले समयमै प्रक्रिया अघि नबढाएको भन्दै नाराबाजी गरेका थिए। उनीहरूले “हाम्रो भविष्य नथिच, छिटो पठाऊ” लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका छन्।आन्दोलनकारीहरूको भनाइ अनुसार, भाषा र कौशल परीक्षा पास गरी कोरियाको लागि श्रमिक छनोट सूचीमा परे पनि महिनौं बित्दा प्रस्थान मिति नपाएकोले उनीहरू निराश भएका छन्।ईपीएस शाखाले भने प्रक्रिया कोरियाली पक्षसँगको समन्वयमा अघि बढाइर

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 528 पटक पढिएको
  • रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुनः जडान

    काठमाडौं— सुनसरीस्थित रिलायन्स स्पिनिंग मिल्सले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोगबापतको प्रिमियम महसुल बक्यौतामा पहिलो किस्ता बुझाएपछि कम्पनीको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको छ ।नेपालय विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बिहीबार पहिलो किस्ता बुझाएपछि रिलायन्सको विद्युत् आपूर्ति पुनः सुचारु गरिएको हो ।रिलायन्सले लोडसेडिङको अवधिमा, २०७२ माघदेखि २०७५ वैशाखसम्म उपयोग गरेको डेडिकेटेड तथा ट्रंक लाइनको प्रिमियम महसुलका रूपमा कुल ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । उक्त बक्यौतामा २८ किस्ता मिलाइएको मध्ये पहिलो किस्ता स्वरूप कम्पनीले

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 579 पटक पढिएको
  • निर्वाचन आयोग पुग्यो नेपाली कम्युनिस्ट पार्टी दर्ताको निवेदन

    काठमाडौं—  'नेपाली कम्युनिस्ट पार्टी' दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । पार्टी दर्ताका लागि बुधबार नै निवेदन दिइएको नेता प्रकाश ज्वालाले जानकारी दिए ।बुधबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० घटकले एकता घोषणा गरेका थिए । नवगठित पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड छन् ।सह–संयोजक माधवकुमार नेपाल राखिएका छन् । पार्टीको चुनाव चिह्न तारा राखिएको छ ।दर्ताका लागि केही डकुमेन्टपछि दिने गरी पार्टीको नाम, चिह्न, संयोजक, सह–संयोजकलगायतको विवरण आयोगमा बुझाइएको छ । बाँकी विवरण छिट्टै बुझाइने ज्वालाले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 581 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.