समाज

    Showing 6,431-6,440 of 9,984 items.
  • सर्वोच्च अदालतमा त्रिपालमुनी सुनुवाई, जेनजी आन्दोलनपछि अस्थायी व्यवस्थामै न्याय प्रक्रिया

    काठमाडौं—  गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले सर्वोच्च अदालत परिसरमा तोडफोड र आगजनी गरेका थिए। त्यसको असरस्वरूप अदालतको भौतिक संरचना क्षतिग्रस्त भएपछि अहिले त्रिपालमुनी अस्थायी रूपमा मुद्दा सुनुवाईको काम चलिरहेको छ।बिहीबार अदालतले दुई जना बन्दीसम्बन्धी मुद्दाको सुनुवाई त्रिपालमुनी बसेर सम्पन्न गरेको हो। सुविधासम्पन्न भवनमा हुने संवैधानिक प्रकृया अहिले असहज परिस्थितिबाट गुज्रिरहेको छ।सर्वोच्च अदालतका कर्मचारीहरूका अनुसार, क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण प्रक्रिया सुरु हुन बाँकी छ। तर, न्याय सेवा नरोकिने उद्देश्यले अस्थायी व्यवस्थामै भए पनि मुद्दा सुनुव

    • प्रकाशित मितिः असोज २, २०८२
    • 532 पटक पढिएको
  • कोइराला निवासको खरानीमाथि उभिएर युवाहरु भन्छन्ः विचार कसैले मार्न सक्दैन्’

    विराटनगर— जेनजी आन्दोलनमा अराजक समूहले आगो लगाउँदा १२० वर्षको राजनीतिक इतिहास बोकेको विराटनगरस्थित कोइराला निवासका अधिकांश सामग्री र संरचना खरानीमा परिणत भए । सोही निवासमा टेकेर राजनीतिको सुरुतात गर्नेदेखि लोकतन्त्रमा आस्था राख्नेहरु निवासको अवस्था हेर्न र बुझ्न दैनिकजसो भीड जम्मा भइरहेको छ । नेपाल विद्यार्थी संघका मोरङ जिल्ला सभापति सरोज पोखरेल भन्छन्, ‘भौतिक संरचना मरेको हो । तर लोकतन्त्रप्रति विश्वास, संघर्षको विचार र जनताको अधिकारप्रतिको चेतना कहिल्यै मर्दैन ।’यो निवास नेपालका तीन प्रधानमन्त्री मातृकाप्रसाद, बीपी र गिरिजाप्रसाद कोइरालाको जन्मथलो मात्रै थिएन यो स्वतन्त्रता, लोकतन्

    • प्रकाशित मितिः असोज २, २०८२
    • 493 पटक पढिएको
  • चीन–अमेरिका बीच टिकटक विवाद समाधान गर्ने प्रारम्भिक सहमति

    काठमाडौं— चीन र अमेरिकाबीच टिकटकसम्बन्धी विवाद समाधानका लागि सहकार्यमार्फत अघि बढ्ने प्रारम्भिक रूपरेखामा सहमति भएको छ ।चीनका वाणिज्य मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि तथा उपमन्त्री ली चेंगगाङले यस्तो जानकारी दिएका हुन् ।स्पेनको म्याड्रिडमा सम्पन्न चीन–अमेरिका आर्थिक तथा व्यापारिक वार्ताका क्रममा दुई पक्षबीच टिकटकसहित अन्य विषयमा खुला एवम गहिरो छलफल भएको र त्यस क्रममा लगानी अवरोध घटाउने तथा पारस्परिक व्यापार–आर्थिक सहयोग प्रवद्र्धन गर्ने सहमति समेत भएको बताइएको छ ।यसबारे सोधिएको प्रश्नमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘चीन–अमेरिका सम्बन्धको विकासमा रा

    • प्रकाशित मितिः असोज २, २०८२
    • 595 पटक पढिएको
  • नेप्सेमा लगातार दोस्रो नकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित

    काठमाडौं— नेप्से परिसुचमा लगातार दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि शेयर कारोबार स्थगित भएको छ ।जेनजी आनदोलनले सत्ता परिवर्तन पश्चात पहिलो पटक आज बिहीवार सञ्चालनमा आएको बजारमा यस्तो गिरावट देखिएको हो ।यसअिघ बजार खुलेको २ मिनेटमै ४ प्रतिशतले गिरावट आएपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेट कारोबार रोकिएको थियो ।पुनः ११ः२२ बजे बजार खुलेपछि ११ः२३ मा नेप्से ५ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेक लागी कारोबार फेरि स्थगित भएको छ ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 571 पटक पढिएको
  • सुनको मूल्य ९ सयले घट्यो

    काठमाडौं— नेपाली बजार आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेर २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलाको २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार हालसम्मकै उच्च २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो ।आज चाँदी पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर २ हजार ५ सय २० रुपैयाँमा झरेको छ ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 600 पटक पढिएको
  • बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण

    बाजुरा— जिल्ला कारागार बाजुराबाट १९ जना कैदीलाई स्थानान्तरण गरिएको छ । बाँकेस्थित क्षेत्रीय नौवस्ता कारागारमा १९ जना कैदीबन्दीलाई सारिएको हो ।कारागार बाजुराको नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया भइसकेकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्न थालिएको जिल्ला कारागार बाजुरामा प्रमुख जेलर अनिलकुमार तिवारीले बताए ।पहिलो चरणमा १९ कैदीलाई नौवस्ता कारागार स्थानान्तरण गरिएको उनको भनाइ छ । अन्य बाँकी सबै कैदीबन्दीहरुलाई दसैँ अगाडि नै स्थानान्तरण गर्ने तयारी भइरहेको जेलर तिवारीले बताएका छन् ।कैदीलाई नौवस्तामा र थुनुवालाई अछाम जिल्ला कारागार सार्ने प्रक्रिया भइरहेको छ । दसैँ अगाडि नै सबै कैदीबन्दीहरुलाई

    • प्रकाशित मितिः असोज २, २०८२
    • 561 पटक पढिएको
  • गणेशमानलाई सम्झिदै प्रकाशमानले भनेः दलहरुले गरेको योगदान मेटाउन खोजियो

    काठमाडौं— नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । विहीबबार बिहान गणेशमान सिंहको २८ औँ स्मृति दिवसको अवसरमा शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले माल्यार्पण गरेका हुन् । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणेशमान सिंहले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता नगरेको बताए । उनले भने,‘जनतालाई अधिकार दिलाउनको उहाँले गर्नुभएको जुन योगदानहरु छन् । देश र जनताका लागि उहाँले गर्नुभएको योगदान महत्वपूर्ण छ । जनताको अधिकारका सम्बन्धमा कसैसँग स

    • प्रकाशित मितिः असोज २, २०८२
    • 575 पटक पढिएको
  • आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै

    काठमाडौं— जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो । यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि उक्त दिन सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन । त्यसैले आजबाट बजार संचालनमा आउने भएको हो ।  गत भदौ २३ गते अन्तिमपटक शेयर कारोबार भएको थियो, उक्त दिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अंक गिरेर २,६७२.२५ विन्दु मा बन्द भए

    • प्रकाशित मितिः असोज २, २०८२
    • 594 पटक पढिएको
  • जेनजी आन्दोलनका शहीदप्रति जनकपुरधामवासीद्वारा दिप प्रज्जवलन गरी श्रद्धाञ्जली अर्पण

    जनकपुर— जेनजी आन्दोलनको क्रममा सहिद भएका युवा तथा सम्पूर्ण व्यक्तिहरुकोप्रति जनकपुरधामवासीले सामूहिक रुपमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।बुधबार साँझ जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको डिलमा हजारौँको संख्यामा दीप प्रज्वलन गरी जनकपुरधामवासीले मौन धारण गरेर श्रद्धाञ्जली अर्पण गरेका हुन ।जनकपुरधामका स्थानीय, व्यवसायी, विद्यार्थी, सामाजिक अभियन्ता,मधेश प्रदेशका नेता, सांसद, सञ्चारकर्मीहरु र सर्वसाधारण नागरिकहरुको उल्लेख्य उपस्थितिमा श्रद्धाञ्जली अर्पण गरिएको हो ।  सहभागीहरूले दीप प्रज्वलन गर्नुका साथै शहीद आत्माको शान्तिको कामना गरेका थिए ।जनकपुरधाम घुम्न आएका पर्यटकहरु पनि श्रद्धाञ्जली सभा

    • प्रकाशित मितिः असोज २, २०८२
    • 521 पटक पढिएको
  • जेनजि आन्दोलनः प्रदेश सभाको भवन ध्वस्त, सेवा क्यान्टिनबाट सञ्चालन

    हेटौंडा— बागमती प्रदेशमा जेनजि पुस्ताको आन्दोलनले प्रदेश सभा सचिवालयलाई नै कार्यविहीन बनाइदिएको छ। असोज २४ गते भएको प्रदर्शन र झडपका क्रममा प्रदेश सभाको नयाँ तथा पुरानो दुवै भवनमा तोडफोड र आगजनी हुँदा सम्पूर्ण संरचना जलेर नष्ट भएको हो। हाल प्रदेश सभा सचिवालयका कर्मचारीहरूले भवन नभएकै कारण क्यान्टिनबाट सेवा प्रवाह गरिरहेका छन्।सचिवालयका एक अधिकारीका अनुसार, कुर्सीदेखि कार्यालय सञ्चालनका अत्यावश्यक सामग्रीसम्म प्रयोग अयोग्य भएका छन्। “बैठक चलाउने ठाउँ छैन, कर्मचारी क्यान्टिनमा बसेर काम गर्न बाध्य छन्,” उनले बताए।प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत तथा प्रवक्ताले करिब १२ करोड २९ लाख लागतमा

    • प्रकाशित मितिः असोज २, २०८२
    • 125 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.