समाज

    Showing 6,521-6,530 of 11,065 items.
  • बनेपामा ‘एक घर, एक धारा’अभियान

    काभ्रेपलाञ्चोक। काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो । खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ । खानेपनी वितरणसहित आयोजना सम्पन्न गर्न चालु आर्थिक वर्षको नगरस्तरीय बजेटबाट आयोजनाका लागि थप रु ३५ लाख विनियोजना भएको थियो । वडाध्यक्ष सचितानन्द केसीका अनुसार उक्त बजेटमध्ये रु २५ लाख खानेपानी वितरणसहित आयोजना सम्पन्न गर्न तथा हाल बाँकी डाँडागाउँमा ट्याङ्कीसहित लाइन विस्तार गर्न रु १०

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 306 पटक पढिएको
  • जनकपुरधाममा सामाचकेवा महोत्सव सम्पन्न

    जनकपुर— जनकपुरधाममा सामाचकेवा महोत्सव २०८२ जनकपुरधाममा सम्पन्न भएको छ । मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धनको उद्देश्यले जनकपुरधाममा मैथिली विकास कोषले विगतको वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ ।आइतबार साँझ ऐतिहासिक जानकी मन्दिरको प्राङ्गणमा महोत्सवमा विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका १४ टिमका महिलाहरूले महोत्सवमा भाग लिएका थिए । उनीहरुले सामा गीत प्रस्तुत गर्दै परम्परागत नृत्य र गीत गायन गरेका थिए ।कोषका अध्यक्ष जीवनाथ चौधरीले नयाँ पुस्तालाई सामा चकेवाको सांस्कृतिक महत्व बुझाउन र परम्परागत गीत र नृत्यलाई पुनर्जीवित गर्न महोत्सव आयोजना गरिएको बताए । उनले सामाचकेवा केवल पर्व मात्र नभइ

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 613 पटक पढिएको
  • मलोर्काविरुद्ध रियल बेटिसको सानदार जित

    काठमाडौं— स्पेनिस ला लिगामा मलोर्काविरुद्ध रियल बेटिसले ३–० को सानदार  जित हासिल गरेको  छ । यो जीतसँगै बेटिसले लिग तालिकामा आफ्नो स्थान थप बलियो बनाएको छ ।पहिलो हाफ सकिनुअघि ३७औं मिनेटमा अब्दे एज्जाजुलीले अर्को गोल थपेसँगै रियल बेटिस ३–० ले विजयी बनेको हो ।  खेलको सुरुदेखि नै  मलोर्कामाथि दबाब बनाएको  बेटिसका लागि युवा फरवार्ड एन्टोनीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका थिए । उनले खेलको १०औं र ३४औं मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । 

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 605 पटक पढिएको
  • नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल दोहा प्रस्थान

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गरेका छन् । यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।राष्ट्रपति पौडेललाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च पदस्थ सरकारी पदाधिकारी एवम् सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । सो अवसरमा नेपा

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 665 पटक पढिएको
  • राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गर्ने

    काठमाडौं—  राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ।विभागले आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो। विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ।नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने सङ्क्रमणकालीन अवस्था (ह्याण्डओभर र टेकओभर) तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 561 पटक पढिएको
  • बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन

    बाजुरा—  बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन गरिएको छ । ६ दिनसम्म सञ्चालन हुने उक्त शिविर आजबाट सुरु भएको हो ।नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी,बडीमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको छ ।शिविरको आइतबार सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले व्यानर बाचन गरेर औंपचारीक रुपमा उद्घाटन गरिन् । गरिव,अपाङ्ग,असहाय, शारीरिक अवस्थाबाट ग्रसित भएका विरामीहरुको लागि शिविर सञ्चालन गरिएको अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।शिविरमा नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौंका बरिष्ठ हाडजोर्नी बिशेषज्ञबाट सेवा

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 764 पटक पढिएको
  • अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प

    काठमाडौं— अफगानिस्तानको सबैभन्दा ठूला सहरहरूमध्ये एक मजार–ए–शरीफनजिकै भूकम्प गएको छ । अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र खुल्म सहरबाट २२ किलोमिटर पश्चिम–दक्षिण–पश्चिममा थियो । यसको गहिराइ २८ किलोमिटर गहिराइमा मापन गरिएको छ । स्थानीय समयअनुसार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो । 

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 743 पटक पढिएको
  • जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबारदेखि जारी बैठकको दोस्रो दिन आज केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले बैठकको एजेण्डामा आ–आफ्नो धारणा राख्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन, सङ्गठनात्मक कार्ययोजनालगायत केन्द्रीय कार्यकारिणी समितिको बैठकको एजेण्डा रहेको बस्नेतले बताए ।जसपा नेपालले कात्तिक १९ र २० गते ललितपुरस्थित थसी ब्याङ्क्वेटमा बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरेको उनको भनाइ छ ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 659 पटक पढिएको
  • गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए

    काठमाडौं— यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना ६ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए । यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट ६ हजार ७५५, जर्मनीबाट ६ हजार ३६६, अष्ट्रेलियाबाट ६ हजार १७७ ज

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 493 पटक पढिएको
  • प्रदेशका मुख्यमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्रीले भनिन् – ‘निर्वाचित सरकारबिनाको स्थायित्व सम्भव छैन ’

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त छलफल गर्दै मुलुकको राजनीतिक स्थायित्व, सुरक्षा व्यवस्था र आसन्न निर्वाचनका तयारीबारे विस्तृत चर्चा गरेकी छिन् ।प्रधानमन्त्री कार्कीले देशको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी दिँदै भनिन्, ‘हामी राजनीतिक नेता होइनौँ । भदौ २३ गतेअघिसम्म यस्तो परिस्थिति आउला भन्ने अनुमान पनि थिएन । त्यो दिन बानेश्वरको एउटा घरमा थुनिँदा हामी आफै पनि विस्थापित भयौँ कि जस्तो भएको थियो ।’उनले अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनको वातावरण तयार पार्नु र संविधानले तोकेको परिधिभित्र रहेर काम गर्नु रहेको बताइन् । उनले भनिन्

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 457 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.