समाज

    Showing 6,521-6,530 of 6,804 items.
  • वन क्षेत्रमा नयाँ वर्षको चहलपहल शुरु

    महोत्तरी / नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा महोत्तरी जिल्लाको सुदूर उत्तरवर्ती वनक्षेत्रमा निकै चहलपहल बढेको छ । नयाँ वर्षमा वनभोज (पिकनिक) र नाचगान मनोरञ्जन गर्न वनक्षेत्र रोजाइँमा परेपछि एक दिन पहिले नै ठाउँ खोज्नेको सघन आवागमनले जिल्लाको उत्तरवर्ती वनक्षेत्रमा चहलपहल बढेको हो ।    नयाँ वर्ष २०७८ मा वनभोज आयोजन गर्न बर्दिबास नगरपालिकाभित्र वनभोजस्थल मानिएका  कारे–भोगटे, पञ्चधुरा माइस्थान परिसर, रातुपुल, कालापानी, बाँके, टुटेश्वरस्थान, राईमण्डल र रजवासमा टाढाटाढाबाट आएका युवा ठाउँ रोजेर सरसफाइ गर्ने र पाल टाङ्ने ठाउँ मिलाउन व्यस्त देखिएका छन् ।पहिले आउने समूहले ठूलाठू

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 76 पटक पढिएको
  • बालविवाहविरुद्ध सक्रिय हुँदै अभिभावक

    डोटी / जिल्लामा बालविवाहविरुद्ध अभिभावक उत्रन थालेका छन् । जिल्लामा वर्षेनी बालविवाह बढेको भन्दै अन्त्यका लागि यहाँका अभिभावक अभियानमा उत्रिएका हुन् । पछिल्लो समय यहाँका अभिभावक विभिन्न सङ्घसंस्थाको सहयोगमा बालविवाहको अन्त्यका लागि लागिपरेका छन् । जिल्लामा रहेको छाउपडी प्रथा तथा बालविवाह अन्त्यका लागि अभिभावक सक्रिए हुन थालेका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाका स्थानीय अभिभावक बालविवाहका कारण छोरीहरु आधारभूत बालअधिकारको अवसरबाट समेत बञ्चित हुने अवस्था उत्पन्न भएपछि बालविवाहविरुद्धको अभियानमा सक्रिय हुन थालेका छन् ।वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारीमा जुटेपछि बालविवाहव

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 54 पटक पढिएको
  • ठाडै सुकेका रुखका कारण वन नै उजाडियो

    झापा / झापाको कनकाई सामुदायिक वनमा अधिकांश सिसौका रुख ठाडै सुकेका छन् । सुकेका रुखले सामुदायिक वन नै उजाड देखिन थालेको छ । कनकाई नगरपालिका–२, ३ र ४ मा २७७ दशमलव ६ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा सिसौ र खयरका अधिकांश ठूला रुख वर्षौँदेखि ठाडै सुकेका छन् ।कनकाई नदीको पूर्वी किनार र चुरेको फेदसँग जोडिएको यो प्राकृतिक वनमा सिसौ र खयरका प्रजाति छन् । एक दशकदेखि नै रुख सुक्ने क्रम शुरु भएको थियो । सुकेका रुख हटाउने र नयाँ बिरुवा लगाउने अभियान शुरु नगरिँदा एकातिर मूल्यवान रुखहरु ठाडै पोचिएर खेर गइरहेको छ भने अर्कातिर जङ्गल मासिएर मरुभूमीकरण हुने सम्भावना बढेको छ ।कटानको अनुमति नहुँदा वनभित्र रु १६

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 85 पटक पढिएको
  • पहिरो प्रभावित दलित परिवारलाई बाख्रा वितरण

    अर्घाखाँची / अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित  परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रतिघर तीन वटा बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । एक समारोहबीच प्रदेश सांसद रामजीप्रसाद घिमिरे र नगर प्रमुख कमलप्रसाद भुसालले बाख्रा हस्तान्तरण गरेका हुन् । सो अवसरमा सांसद घिमिरेले कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार सिर्जना गर्न मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको बताएका छन् । नगर प्रमुख भुसालले कृषि र पशुपालनको विकास विना

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 78 पटक पढिएको
  • आगोले जलि बृद्धाको मृत्यु

    तेह्रथुम / म्याङलुङ नगरपालिका –३ नागदह बस्ने ७२ बर्षीया फुलमाया ढुंगानाको आगोले जलि मृत्यु भएको छ । आज बिहान साढे ९ बजे उनि घरदेखी नजिक आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो नजिकै रहेको बासझ्याङमा पुगेको थियो । बासझ्याङमा आगो सल्किएको थाहा पाई आगो निभाउने क्रममा सोही बासझ्याङमा खोल्सी परेको स्थानमा फुलमायाको शरिरको पुर्णरुपमा कपडा जलिसकी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 86 पटक पढिएको
  • कोरोनाविरुद्ध सचेतना अभियान शुरु

    काठमाडौँ / ट्राफिक प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान शुरु गरेको हो । ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ्य र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ शुरु गरिएको कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै महामारीको रूपमा फैलिरहेको कोभिड–१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान सञ्चालन गरिएको जानकारी दिएका

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 80 पटक पढिएको
  • बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी

    बिर्तामोड / सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । आज परेको सोमबारे औँशी यस वर्षको तेस्रो सोमबारे औँशी हो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गरेको बताछन् । सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए । औँशी तिथि श्राद्ध, तर्पणका लागि

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 75 पटक पढिएको
  • मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न

    चरीकोट / नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन् । दोलखाको कालिन्चोक गाउँपालिका– ३ का २१ वर्षीय अभिनय कार्कीले मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन् । यही फागुन ६ गते आफ्नो जन्म दिनको अवसर पारेर मेची पुलबाट पैदलयात्रा शुरु गरेका कार्कीले चैत २७ गते महाकालीको कन्चनपुरको नेपाल–भारत सिमाना गड्डा चौकीस्थित सीमास्तम्भ ८०५–१(७) मा पुगेर यात्रा सम्पन्न गरेका हुन् । विश्वभर सुख, शान्ति, सम्वृिद्ध र राष्ट्रिय एकताको कामनासहित एक सयभन्दा बढी देशको राष्ट्रिय झण्डा बोकेर पैदलयात्रा पूरा गरेको कार्कीले बताए ।करीब दुई महिना लाग्ने अनुमा

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 79 पटक पढिएको
  • परिचयपत्रका लागि सात हजार बढीको विवरण दर्ता

    डोटी / जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सात हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन् । यही चैत १ गतेदेखि गाउँपालिकाका सातवटै वडा कार्यालयमा लगत सङ्कलनका लागि आवेदन माग गरिएको थियो । वडा नं १ खिरसैनमा ९४३, वडा नं २ बगलेकमा ९१४, वडा नं ३ गैरागाउँमा ९६८, वडा नं ४ सानागाउँमा ९९६, वडा नं ५ काडमाडौँमा एक हजार ४९२, वडा नंं ६ गाँजरीमा एक हजार ७२ र वडा नं ७ पोखरीमा एक हजार २६३ गरी कूल सात हजार ६४८ ले राष्ट्रिय परिचयका लागि नाम दर्ता गरेको गाउँपालिका सूचना अधिकारी हरिभक्त साउँदले जानकारी दिएका छन् ।सबैभन्दा बढी वडा नं ५ काठमाडौँमा एक हजार ४९२ र सबैभन्दा कम वडा नं २ बगलेकमा ९१४ ले नाम

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 79 पटक पढिएको
  • भद्रकालीमा १२ वर्षमुनिका बालकको गुरुकुल शिक्षा

    काठमाडौँ / प्राचीन गुरुकुल पद्धतिलाई अनुशरण गर्दै राजधानीको भित्री भेगका ६० बालकलाई भद्रकाली मन्दिरको सत्तलमा लगातार तीन वर्ष तीन रातसम्म शिक्षादीक्षा दिइएको छ । वटु नाट्येश्वर गुठीमा आबद्ध २०० परिवारका ६० बालकलाई आइतबार भद्रकाली मन्दिरको सत्तलमा यज्ञ गरी शिक्षा दीक्षा दिइएको हो । बालकहरु शिक्षादीक्षाका लागि शनिबार रात बस्ने गरी मन्दिरको सत्तलमा बास बसेका थिए । महर्जन र डङ्गोल थरका ६० बालकले तीन वर्षसम्म शिक्षादीक्षा पाएसँगै गुठीमा हुने गतिविधिमा भाग लिन पाउने भएका छन् । प्राचीनकालमा तीन वर्षसम्म भद्रकाली सत्तलमै बसेर शिक्षादीक्षा दिइन्थ्यो । आधुनिकतासँगै तीन वर्षका स्थानमा प्रत्येक वर्ष

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 72 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा