दुल्लू / आठविस नगरपालिकाले कर्णाली नदीमा साना माछा मार्न रोक लगाए पनि साना माछा मारेर बिक्रीका लागि सुकुटी बनाइँदै । कर्णालीमा साना माछा मार्दा माछा नै लोप हुने अवस्था आएपछि विसं २०७६ चैत १ गतेदेखि कालिकोटसँग सिमाना जोडिएको दही खोलादेखि रामाघाटसम्म साना माछा मार्न नगरपालिकाले रोक लगाएको थियो । वेला वेलामा सम्बन्धी निकायको ध्यान नपुग्दा यहाँ साना माछा मार्ने कार्य जारी रहेको छ ।
बिर्तामोड / झापामा ब्राउनसुगर सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–३ का २६ बर्षीय सुवास लिम्बु रहेका छन् । उनलाई शनिवार दिउँसो, ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
जनकपुरधाम / प्रदेश नं २ का उपसभामुख उपमा देवले समाजमा महिलालाई कमजोर बुझ्ने पुरानो मानसिकतामा क्रमिकरूपले परिवर्तन हुँदै गएको बताएका छन् । सखी बहिना मैथिलानी समूहद्वारा जनकपुरधाममा आयोजित संस्था दर्ता शुभकामना एवं होली उत्सवमा उपसभामुख देवले परिवारमा छोरीको जन्मसँगै वियोगको वातावरण र दुःखको संसार सम्झिने मनोविज्ञानको अन्त्यको प्रयास हरेक क्षेत्राट हुनु जरूरी रहेको जनाएका छन् । महिलालाई मान, सम्मानले अवसरमा सहभागितासँगै प्रतिभाले कमजोर नभएको प्रमाणित गरेको प्रसङ्ग पनि उनले उल्लेख गरे । प्रदेशसभा सदस्य रामअशीष यादवले सखी बहिना सुरभि भएको चर्चा गर्दै भाषा, संस्कार, सभ्यताको संरक्षणमा सं
नवलपरासी \ नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन् । लामो समयदेखि बसोबास गरेको जमिन भूमाफियाले आफ्नो नाममा पुर्जा बनाउँदा यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् ।यहाँको ७० बिघा जग्गाको करिब २५ जनाले आफ्नो नाममा पुर्जा निकालेका छन् । पुर्जा निकाल्नेहरु काठमाडौँ, धादिङ, पोखरा, वीरगञ्जलगायतका व्यक्ति भएको जनाइएको छ । विसं २०३१ देखि बसोबास गर्दै आएको भए
चितवन / जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।
काठमाडौं / वाग्मती सफाइ महाअभियानको ४१० औँ हप्तामा वाग्मती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ ।सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिए । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी महिला श्रीमती सङ्घलगायतका संस्थाका पदाधिकारी एवं सदस्यको सक्रिय सहभागिता थियो । मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो ।विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको आज बिहान दुई घण्टा प्रतिकूल परिस्थितिमा पनि जारी छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदीसम
बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झण्डासहित आज बिदाइ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोही शेर्पालाई झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए । उनले आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझावसमेत दिएका छन् । सन् २००३ देखि हिमाल आरोहण शुरु गरेकी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी थिइन् । यसमध्ये पाँच वटा हिमालको आरोहण गरिसकेकी छिन् । शेर्पाले यसअघि तीनपटक सर
चितवन / राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो ।उनीले मालपोत कार्यालय भरतपुरको राजस्व खातामा जम्मा गर्नुपर्ने रकम नक्कली छाप तथा दस्तखत र बिल भर्पाई बनाई हिनामिना गरेका थिए । एक करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका मालपोत कार्यालयका तत्कालीन लेखा अधिकृत परियारलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले शुक्रबार परियारलाई पुर्पक्षका
तनहुँ / आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन् । स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन् । हाल २०० रोपनी क्षेत्रफलमा करीब २० हजार टिमुरका बिरुवा लगाइसकेका छन् । थोरै लगानी र मेहनतमा राम्रो आम्दानी हुने देखेपछि यहाँका मानिस टिमुरखेतीतर्फ आकर्षित भएको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताए । घरबास सञ्चालन गरेर पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाउँदै आएको हिलेखर्कवासीले पछिल्लो समय टिमुरखेतीलाई पनि सँगसँगै लैजान थालेको उनले जानकारी दिए । शुरुमा २५ जना मिलेर सम
देउखुरी / घोराही उपमहानगरपालिका वडा नं ३ र ४ गोग्लीमा रहेको सगरमाथा सिमेन्टको प्रदूषणको विरोधमा स्थानीयवासीले उद्योगविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनि प्रदूषणले नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेकाले प्रदूषणजन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी परमादेशको आदेश माग्दै २१ जनाले संयुक्तरूपमा मुद्दा दायर गरेका हुन् । रिटमा मानवबस्तीबीचमा स्थापना गरिएको उद्योगका कारण पानीको सतह सुक्दै जाँदा उत्पादन घटेको, खेतबारी र घरमा सिमेन्टको धुलो जम्मा हुने गरेको, ध्वनि प्रदूषणले रातमा पनि सुत्न नसकिएको भन्दै सम्मानपूर्वक बाँच्न पाउनुपर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.