काठमाडौं— रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस ७ गतेदेखि सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्कासन गरेको हो ।कम्पनीले कुल ११ लाख ५५ हजार ८६० कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्ने क्रममा ५ प्रतिशत (५७ हजार ७८८ कित्ता) सामूहिक लगानी कोषका लागि, १० प्रतिशत (१ लाख १५ हजार ५४६ कित्ता) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि र ५ प्रतिशत (५७ हजार ७८८ कित्ता) कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९ लाख २४
काठमाडौं— सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने कानुनी व्यवस्था गरेको छ ।भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको उक्त व्यवस्था गत २७ कात्तिकको राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ ।नयाँ व्यवस्था अनुसार प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने भएता पनि सुरक्षाका मापदण्ड भने यथावत् रहने छन् । प्रसारण लाइनको राइट अफ
काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिताले मन्त्रीदेखि निजी क्षेत्रसम्मलाई आफ्नो दायरामा ल्याउने भएको छ ।आयोगले तयार पारेको र हाल परामर्शमा रहेको आचारसंहिताअनुसार नेपाल सरकारका मन्त्रीहरूलाई पूर्ण रूपमा आचारसंहिता लागू हुनेछ । साथै प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र तिनका पदाधिकारी तथा सङ्घीय र प्रदेश सरकारअन्तर्गतका निकाय र पदाधिकारीहरू पनि आचारसंहिताको दायरामा पर्नेछन् ।यसैगरी स्थानीय तहका कार्यपालिका र त्यसका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्
काठमाडौं— आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।ज्येष्ठ नागरिकको हक, हित र अधिकारको संरक्षण गर्दै उनीहरूको सम्मान, सुरक्षा र सामाजिक सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइन्छ ।यस दिवसका अवसरमा सरकारी तथा गैरसरकारी निकायले विविध सचेतनामूलक र सम्मान कार्यक्रम आयोजना गर्दछन् ।२०५१ साल पुस ११ गते नेपालमा सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ । यसले ज्येष्ठ नागरिकप्रतिको सामूहिक दायित्व, जिम्मेवारी र कर्तव्यबोध गराउ
काठमाडौं— बङ्गलादेश प्रिमियर लिग ९बीपीएल० मा दोस्रो पटक सहभागी हुन लागेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली राजशाही वारियर्सले आज प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ ।शुक्रबार हुने उक्त खेलमा राजशाही वारियर्सले सिलेट टाइटन्सको सामना गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमै सन्दीप लामिछाने प्लेइङ–११ मा पर्ने सम्भावना रहेको छ ।यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्ससँग आबद्ध भएका हुन् । यसअघि उनी सन् २०१९ मा सिलेट टाइटन्सबाट बीपीएल खेलेका थिए । संयोगवश, यसपटकको पहिलो खेलमै उनले आफ्नो पूर्व टोली सिलेट टाइटन्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन्, जसले खेलला
काठमाडौं— महाधिवेशनको विवाद फेरि चर्किँदै गएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्दैछ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता र आगामी अधिवेशन प्रक्रियाबारे बढ्दो अन्योलकाबीच बस्न लागेको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनभित्र क्रियाशील सदस्यताको काम टुंग्याउनुपर्ने अवस्था आएको बताएका छन् ।महामन्त्री शर्माले क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवे
रामेछाप— सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ ।तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कफ्र्यु लगाउनु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझबाट कफ्र्यु आदेश जारी गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।घटनाबाट आक्रोशित स्थानीयले आरोपीको घरमा आगजनी गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो । त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले बिहीबार साँझ ८ः३० बजेदेखि कफ्र्यु लगाएको हो ।सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारकी ३२ वर्षीया सुशीला बम्जनलाई पुस ६ गते पेट्रोल छर्की आगो लगाएर हत्या गर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भेट्न हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार पनि कुपन्डोल पुगेका छन् ।बिहीबार कुपन्डोल पुगेका सुनारले पत्रकारहरुसँग बोल्दै आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख देखिन नहुने कुरामा हिजो पनि स्पष्ट रहेको र आज पनि स्पष्ट रहेको बताए ।उनले भने, ‘आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख कतै देखिनु भएन भन्ने कुरामा हामी हिजो पनि स्पष्ट थियौं आज पनि स्पष्ट छौ ।’यस्तै, उनले अब कसरी अगाडि बढ्ने भन्ने कुरामा सानो छलफल भएको पनि बताए ।उनले भने, ‘एउटा भेटघाटको लागि यहाँ आइपुगेको हो । बालेन ज्यूले देशलाई संकट परेको बेला हाम
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय महाधिवेशन नै वर्तमान अवस्थाको उत्तम विकल्प भएको बताएका छन् ।आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले वडादेखि केन्द्रसम्मको अधिवेशन प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको जानकारी दिए ।उनले भने , ‘पहिले वडास्तरको अधिवेशन गर्ने, त्यसपछि क्षेत्रीय प्रतिनिधिहरूको सहभागितामा १६५ वटा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने र त्यसबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरूमार्फत केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पार्टीभित्र छलफलमा छ ।’महामन्त्री शर्माले महाधिवेशनमार्फत पार्टीमा नयाँ दृष
काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष एवम अभियन्ता राजानन्द माण्डब्यले नेपालका नीजि विद्यालयहरुले पश्चिमा संस्कृति एवम क्रिसमस पर्वलाई प्राथमिकता दिंदा मौलिकता गुम्ने खतरा रहेको औंल्याएका छन् ।विहीबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा वाह्य धर्म, संस्कार र संस्कृतिलाई विद्यालयहरुले विशेष प्राथमिकता दिंदा मौलिक संस्कार र संस्कृति गुम्दै गएको दाबी गरे ।‘यतिबेला वैदिक सनातनी राष्ट्र तथा बहुसंख्यक हिन्दु धर्म मान्ने मुलुकमा वैदिक सनातनी राष्ट्र जरुरी भइसकेको छ । यसका लागि राजसंस्था अभिभावका रुपमा बस्नुपर्छ । आज क्रिसमस पर्व मनाउने वहानामा छाडातन्त्र भित्रियो । मौलिक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.