काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाएको र त्यससम्बन्धी सूचना चुहाएको आशंकामा प्रधानमन्त्री शाहले उद्योगमन्त्री गौरी कुमारी यादवलाई तत्कालै थुनेर सोधपुछ गर्न नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई निर्देशन दिएका छन् ।अनियमितता गरेको आशंका लागे स्पष्टीकरण लिने वा पदबाट बर्खास्त गर्ने अभ्यास विपरीत प्रधानमन्त्री शाहले आफ्नै मन्त्रीलाई पक्राउ गर्न सिधै आइजीपीलाई निर्देशन दिएको घटना आश्चर्यजनक छ।पेट्रोलियम पदार्थको मूल्य घटाउने सम्बन्धी सूचना चुहाएको आशंकामा त्यसदिन नेपाल प्रहरीका साथै राष्ट्रिय अनुसन्धान विभागलाई पनि मन्त्री यादवको
काठमाडौं— जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ । वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिए । सो सडक खण्डमा मकवानपुर जिल्लासँगको समन्वयमा मंगलबार बिहान ५ बजेदेखि असार ३१ गते बिहान ६ बजेसम्मका लागि सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधनको आवागमन बन्द गरिएको छ ।विपद्जन्य घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन प्रशासनले सर्वसाधारण
काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७५ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४७ पैसा र बिक्रीदर २०५ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ र बिक्रीदर १०६ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४
काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।कोशी, मधेश, बागमती, गण्डकी प्रदेशमा अधिकांश बादल र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ ।आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र
काठमाडौं । अमेरिकी नागरिक तथा संस्कृतिविद् डा.आना एम सिस्टरद्वारा भानु जयन्तीमा नेपाली श्लोक वाचन सबैको ध्यान खिचेको छ । सोमबार काठमाडौँमा आयोजित विशेष समारोहमा बोल्दै डा।सिस्टरले २० वर्षअघि विद्यार्थीका रूपमा नेपाल आएको स्मरण गर्दै नेपाली भाषा सिक्दाको अनुभव समेत साटेकी थिइन् । नेपाली लोकसाहित्य, भाषा र संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्याउँदै आएकी संस्कृतिविद् सिस्टरले नेपालीमै मन्तव्य राख्नुका साथै भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायणको श्लोक वाचन र गीत प्रस्तुत गर्दा साहित्यप्रेमीहरुले रोचक मानेर सुनेका थिए ।उनको स्पष्ट नेपाली उच्चारण, लयबद्ध प्रस्तुति र भाषाप्रतिको आत्मीयताले कार
काठमाडौं / त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उपचारका क्रममा शुक्रबार निधन भएका गणेशको परिवार र सरकारबीच आइतबार सम्झौता भएपछि परिवारले आज सोमबार शव बुझेसँगै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । असार २५ गते राहदानी विभागअगाडि महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्लील लक लगाएका थिए ।त्यसपछि आत्मदाह प्रयास गरेका उनको वीर अस्पतालमा उपचार क्रममा शुक्रबार मृत्यु भएको थियो ।
जनकपुर / जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३ र ८४ का लागि २ अर्व ६५ करोड २० लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ ।सोमबार उपमहानगरपालिकाको सभाहलमा १५ औं नगरसभा सम्पन्न गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले नीति तथा कार्यक्रमसहित बजेटबारे जानकारी दिएका छन् । मेयर साहले अबको बजेटमा पर्यटन प्रवद्र्धन र सरसफाईलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए ।उनका अनुसार बजेटमा आन्तरिक स्रोत तर्फ करिब २० करोड, नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान तर्फ ३० करोड ५९ लाख, प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट र सशर्ततर्फका आयोजनाहरुको रकम तथा चालू आ।व।मा बचत हुने रकम
काठमाडौं— कालीकोटमा पहिरो खस्दा पानीघट्ट पुरिएर दुई जनाको मृत्यु भएको छ। सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा स्थानीय दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा धाँमीगाउँका करिब ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन्।प्रहरीका अनुसार उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका थिए। सोही क्रममा घट्टमा बसिरहेका बेला माथिबाट अचानक पहिरो खस्दा उनीहरू पुरिएका थिए। घटनास्थलमै उनीहरूको मृत्यु भएको जनाइएको छ।घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी मेहलमुडीबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले पहिरोमा पुरिएका दु
काठमाडौं— भूमि समस्या समाधान समिति आयोगले झापाका पाँच जग्गाविहीन सुकुम्वासी परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको छ । समितिका अध्यक्ष बलभद्र बास्तोलाका अनुसार झापाको बुद्धशान्ति गाउँपालिका–४ का जग्गाविहीन घरपरिवारलाई लालपुर्जा हस्तान्तरण गरिएको हो ।सरकारले गत १८ असारमा बर्दियाबाट लालपुर्जा वितरण अभियान सुरु गर्दै बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा सुकुम्वासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरेको थियो ।त्यसक्रममा सरकारले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै देशभर वास्तविक भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यसहित अभियान विस्तार गर्ने जनाएको थियो ।
काठमाडौं— सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रूपमा छाडिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ।बा ०१–०३४ च ८४८० नम्बरको उक्त गाडीमा सवार भई सञ्चारगृहको गेट अवरुद्ध गरिएपछि सुरक्षा निकायले क्रेनको सहायताले गाडी नियन्त्रणमा लिएको थियो।उक्त गाडी हाल सानिमा बैंकको नाममा दर्ता रहेको छ। रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जयसवालले उक्त गाडी आफ्नो छोरा रविले चढ्ने गरेको स्वीकार गरेका छन्।मेयर जयसवालले भने, ‘करिब एक महिनाअघि खरिद गरिएको हो। नामसारी भइनसकेकाले अझै बैंककै नाममा छ।’ उनका अनुसार गाडी कहिले छोरा स्वयम् र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.