समाज

    Showing 7,061-7,070 of 11,065 items.
  • रामेछाप–काठमाडौं हवाई रुटमा नियमित उडान पुनः सुरु

    काठमाडौं— केही समय रोकिएको रामेछाप–काठमाडौं हवाई सेवा पुनः सुरु गरिएको छ। यात्रुहरू रामेछापबाट काठमाडौंसम्म नियमित रूपमा हवाई यात्राको सुविधा लिन सक्ने भएका छन्।संघीय विमान प्राधिकरणका अनुसार मौसम, प्राविधिक समस्या र मागको उतारचढावका कारण रोकिएको सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको हो। मुख्य रूपमा बुद्ध एयर, सुमिट एयर लगायतका आन्तरिक वायुसेवा कम्पनीहरूले सेवा दिनेछन्।स्थानीय यात्रुहरूका लागि यो सेवा विशेष राहत बनेको छ। लामो सडक यात्रा गर्नुपर्ने झन्झटबाट बच्न पाउने हुँदा रामेछाप क्षेत्रका नागरिक खुसी भएका छन्।पर्यटन प्रबर्द्धनका लागि समेत यो उडान महत्वपूर्ण मानिएको छ। प्राधिकरणका अनुसार मागअ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 540 पटक पढिएको
  • सुन प्रतितोला २६ सयले बढ्यो

    काठमाडौं— स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ। मंगलबार तुलनामा प्रतितोला दुई हजार ६ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन तोलाको दुई लाख ३८ हजार रूपैयाँ कारोबार भइरहेको छ। मंगलबार प्रतितोला दुई लाख ३५ हजार चार सय रूपैयाँ कारोबार भइरहेको थियो। त्यस्तै, बुधबार चाँदीको मूल्य भने प्रतितोला पाँच रूपैयाँले घटेको छ।  मंगलबार प्रतितोला २९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार २९ सय ५५ रूपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४० सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 511 पटक पढिएको
  • सामान्य विवादले ठूलो रुप लिँदा दलित बस्तीमा तोडफोड र लुटपाट

    सिरहा, २२ असोजः यही असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा पूजामा गाउँमा आर्केस्ट्रा ल्याइएको थियो । आर्केष्ट्रामा नाचगान गर्ने क्रममा भएको सामान्य विवादपछि दलित परिवारका घरमा तोडफोड तथा लुटपाट भएको छ ।  पीडितका अनुसार नाचगानका क्रममा केहीले मदिरा पनि सेवन गरेका थिए । यसैक्रममा केही दलित युवा र स्थानीय प्रभाषसिंह राजपुतबीच भनाभन भयो । सुरुमा सामान्य लागेको विवाद यत्तिकै सुल्झिएन । दलित परिवारमा बस्तीबाट उठाइदिने धम्की समेत आयो । धम्की आएपछि दलित परिवार सुरक

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 498 पटक पढिएको
  • आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

    काठमाडौं— तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली आज आइसिसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक रिजनल छनोट खेलअन्तर्गत आज कुवेतसँग आमनेसामने हुँदैछ ।ओमानमा आजदेखि सुरु हुने उक्त प्रतियोगिताअन्तर्गत नेपाल र  कुवेतबीचको खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजे हुनेछ । यसअघि नेपाल सन् २०१४ र २०२४ को विश्वकपमा सहभागी भएको थियो । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एण्ड इष्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ छ । यो समूहमा  कुवेत र जापान छन् । प्रतियोगितामा नौ  टोली सहभागी हुँदैछन् ।  । सहभागी टोलीलाई तीन समूहमा व

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 687 पटक पढिएको
  • भारतमा खोकीको सिरपले बालबालिकाको ज्यान गएपछि नेपालमा सतर्कता

    काठमाडौं— भारतका केही ठाउँमा ‘कोल्ड्रीफ कफ सिरप’ सेवनपछि बालबालिकाको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले गम्भीर ध्यान दिएको छ।औषधि व्यवस्था विभागले नेपालमा उक्त औषधि दर्ता नभएको जानकारी गराउँदै यस्ता घटना दोहोरिन नदिन सावधानी अपनाउन सबै पक्षलाई सचेत गराएको छ।विभागका अनुसार झोल (सिरप) प्रकारका औषधिहरू बनाउन प्रयोग हुने केही कच्चा पदार्थहरूमा विषालु रसायन मिसिन सक्ने जोखिम हुने भएकाले यसअघि नै यस्तो विषयमा सूचना दिइसकिएको थियो। सन् २०७९ सालमै औषधिमा प्रयोग हुने प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, ग्लिसरिन लगायतका पदार्थहरूमा इथाइलिन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलजस्ता विषाक्त रसायन मिसिएको

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 738 पटक पढिएको
  • घरेलु विवादपछि श्रीमानले गरे श्रीमतीको हत्या

    नुवाकोट— नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा घरेलु विवादका कारण एक महिलाको मृत्यु भएको छ। जीतमान तामाङले आफ्नी ४९ वर्षीया श्रीमती सबिना तामाङको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार मंगलबार साँझ घरेलु विवादपछि तामाङले आक्रोशमा आएर श्रीमतीमाथि प्रहार गरेका थिए। सबिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।घटनापछि तामाङलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको डीएसपी लामाले जानकारी दिए। प्रारम्भिक बयानमा जीतमानले घरेलु विवादकै कारण हत्या गरेको स्वीकार गरेका छन्।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 681 पटक पढिएको
  • रातो नदीको बाढीले तटबन्ध भत्किँदा व्यापक क्षति, १५ करोडभन्दा बढीको क्षति

    जनकपुर— रातो नदीको हालैको बाढीले तटबन्ध भत्काउँदा रु १५ करोड बराबरको क्षति भएको छ । नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको हानि भएको हो ।करिब रु १५ करोड बराबरको तटबन्ध बगाएको जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार रातो नदीले बञ्चौरीको दुई स्थानमा ७० र ८० मिटर, लोहारपट्टीको दुवैतर्फ तीन सय मिटर डाम्हीमा १५० मिटर तटबन्ध भत्काएको छ । नदीले तटबन्ध भत्काएपछि जिल्ला सदरमुकाम जलमग्न भएको थियो ।बाढीबाट जलेश्वरका एक हजार ५०० परिवार विस्थापित भएका छन् भने जिल्लाको एकडारा, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका,

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 581 पटक पढिएको
  • आज रास्वपाको सचिवालय बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बुधबार बस्दै छ।रास्वपा प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।बैठकका लागि ४ एजेन्डा तय गरिएको उनले जानकारी दिए।ती यसप्रकार छन:१. विस्तारित बैठकको एजेण्डा तथा व्यवस्थाबारे ।२. विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे।३. सद्भाव यात्राको कार्यसूचीबारे।४. विविध।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 647 पटक पढिएको
  • मेयर बालेन्द्र र सुधनविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले जाहेरी दिएका छन् ।मंगलबार काठमाडौं प्रहरी परिसरमा पुगी उनीहरु विरुद्ध जाहेरी दिएको अखिलका पूर्वअध्यक्ष समीक बडालले जानकारी दिए । कानूनी राज्यको पक्षधर भएकोले आफूहरुले जाहेरी दिएको बताए । ‘हामीले जाहेरी दिएका छौं । २४ घण्टाभित्र सरकारी वकिलसँग सल्लाह गरेर निर्णय लिन्छौं भन्नुभएको छ,’ उनले भने, ‘हामी कानूनी राज्यको पक्षधर विद्यार्थी संगठन भएको नाताले मुलुकको विधिको शासनको वकालत गर्दै आएको यसलाई प्रशय दिनुहुँदैन भन्ने भएकाले यहाँ उपस्थित भएक

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 507 पटक पढिएको
  • जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा २० यात्रु घाइते

    सिन्धुपाल्चोक— सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७, पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा २० जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जना बालबालिका छन्।रामेछापबाट चरिकोट हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २५२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको नेतृत्वमा टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो।सबै घाइतेहरूलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल, खाडीचौर पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिक

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 594 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.