समाज

    Showing 7,281-7,290 of 11,076 items.
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— साताको पहिलो कारोवार दिन नेपाली बजारमा (आइतबार) सुनको मूल्य बढेको  छ । आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि, शुक्रबार सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ८१० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार दुई हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ७० रुपैयाँले बढेको हो ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 560 पटक पढिएको
  • बिपी राजमार्गमा ट्राफिक सचेतना, यात्रुहरुलाई राम्रो व्यवहार गर्न सुझाव

    रामेछाप— दैनिक चार हजार बढी ठुला–साना सवारीसाधन आवतजावत गर्ने बिपी राजमार्गमा चाडबाड लक्षित ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । बिपी राजमार्गको सिन्धुली जिल्लास्थित नेपालथोकमा सवारी चालक र यात्रुहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल स्काउटलगायतको सहकार्यमा सो कार्यक्रम सञ्चालन गरिएको नेपाल स्काउटका एड्भान्स लिडर राज मैनालीले जानकारी दिए ।यात्रुहरूको सुरक्षा र सवारी चालकको सचेतनाको निमित्त कार्यक्रम सञ्चालन गरिएको उनले बताए । दुर्घटना न्यूनीकरणको लागि सक्दो काम गरिरहेको उनले जानकारी दिए । प्रहरी चौकी दुम्जा सिन्धुलीका प्रहरी

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 586 पटक पढिएको
  • ३५५ मेगावाटका २४ सोलार परियोजनासँग पीपीए सुरु

    काठमाडौं— नेपाल विद्युत प्राधिकरणले महिनौंदेखि रोकिएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) पुनः सुरु गरेको छ ।प्राधिकरणले ३५५ मेगावाट क्षमताका २४ सोलार परियोजनाको पीपीए गरेको हो । यसअघि तत्कालनी उर्जामन्त्री दिपक खड्का र प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रोकेको पीपीए अहिले भएको हो ।प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री र मनोज सिलवाल कार्यकारी निर्देशकमा नियुक्त भएपछि रोकिएका कामलाई अघि बढाउँदै अन्तिम सहमतिका लागि विद्युत नियमन आयोगमा पठाइएको छ । प्राधिकरणका अनुसार १० मेगावाटभन्दा कम क्षमताका आयोजना १८ महिनाभित्र र १० मेगावाटभन्दा माथिका आयोजन

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 518 पटक पढिएको
  • छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु, १९ जना घाईते

    सुर्खेत— सुर्खेत र सल्यानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा १९ जना घाईते भएका छन् । आईतबार बिहान रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङ घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ को चोरखोलामा दुर्घटना हुँदा  रुकुम पश्चिम बाफीकोट गाउँपालिका– ५ का प्रकाश केसी र अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृतक दुई जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । पाँच जना सवार फोर्स गाडिमा दुई जना घाईते भएको र घाईतेको उपचारका लागि नेपालगन्ज पठाईएको छ । यसैबीच बाँकेको नेपा

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 623 पटक पढिएको
  • बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    बर्दिया— बर्दियाको ठाकुरबाबामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।ठाकुरबाबा नगरपालिका वडा न ९ हात्तीसार बस्ने ४२ वर्षीय सीता खत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । शनिबार राती ११ बजे महिलालाई हात्तीले आक्रमण गरेको थियो । खेतमा धान हेरेर फर्कने क्रममा हात्तीले महिलालाई आक्रमण गरेको थियो । हात्तीले आक्रमण गर्दा महिलाको घटनास्थलमै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताए ।शवलाई आज पोस्टमार्टम गरि आफन्तलाई बुझाउने तयारी भइरहेको उनले बताए ।मृतक खत्रीको श्रीमान् चित्र बहादुर खत्री बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीसारका क

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 620 पटक पढिएको
  • सल्यानमा गाडि दुर्घटनामापरी तीन जनाको मृत्यु

    सल्यान— राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा भएको गाडी दुर्घटनामापरी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी छन् ।रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडि आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।दुर्घटनामा बाफीकोट गाउँपालिका ५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते छन् । गाडीमा ३ पुरुष २ महिला गरी जम्मा ५ जना सवार थिए ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 541 पटक पढिएको
  • एमालेको सचिवालय बैठक बस्दै

    काठमाडौं— नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्ने छ । सचिवालयमा बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल हुने उनले छ ।बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 572 पटक पढिएको
  • विश्व रेबिज दिवसः विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै

    काठमाडौं— आज विश्व रेबिज दिवस,विश्वभर विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै छ । सेप्टेम्वर २८ विश्वभरि ’रेबिज विरुद्धको दिवस’को रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर मनाइने दिन हो ।सेप्टेम्वर २८मा  प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो र उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतकालागि उनको सम्झना गर्ने गरिन्छ । २०२५ को विश्व रेबिज दिवस को नारा …Act Now:You, Me, CommunityÚ रहेको छ जस

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 592 पटक पढिएको
  • वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

    काठमाडौं— नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी–२० आई खेलमा ऐतिहासिक जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै  ऐतिहासिक जित हासिल सफल भएको हो ।नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।नविन विदायसीले सर्वाधिक २२ रन बनाएका थिए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन जोडेका दिए । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए। त्यस्तै कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक/एक विकेट लिए ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरम

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 625 पटक पढिएको
  • आज नवरात्रको छैटौं दिनः कात्यायनीदेवीको पूजा गरिँदै

    काठमाडौं— आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् ।आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिने धार्मिक विश्वास रहेको छ ।  शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिएपछि उनी कात्यायनी नामले परिचित भएकी हुन्।त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन्। त्यसपछि उनी धर्म र न्

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 528 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.