समाज

    Showing 731-740 of 6,564 items.
  • लबिम मल झिलिमिली, क्रिसमस पूर्वसन्ध्या उत्सवमय

    ललितपुर— क्रिसमस डेको अघिल्लो दिन (हिजो) ललितपुरस्थित लबिम मल झिलिमिली उज्यालो र रंगीन सजावटले भरियो। मल परिसरमा बालबालिका, युवा र परिवारसहित सर्वसाधारणको भीड लागेको थियो।खेलौना, उपहार र सजावटी सामग्री बिक्री गर्ने स्टलहरूमा ग्राहकको चहलपहल देखिन्थ्यो। मानिसहरू फोटो–भिडियो खिच्दै उत्सवको मजा लिँदै थिए।मल वरिपरि सडकमा सवारी चाप बढ्दा केही समय सवारी जामको अवस्था पनि देखियो। ट्राफिक प्रहरीले व्यवस्थापनमा खटिएको थियो।नेपालमा क्रिसमस पर्व धार्मिक मात्र नभई सांस्कृतिक उत्सवको रूपमा पनि मनाइन्छ। हिजो लबिम मलको झिलिमिली दृश्यले यस वर्षको क्रिसमस पूर्वसन्ध्यालाई विशेष बनाएको छ।

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 366 पटक पढिएको
  • क्रिसमसले एकता र सद्भाव बलियो बनाओस्ःकार्यवाहक सभापति खड्का

    काठमाडौं— नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रिसमस डे–२०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ईसाई धर्मावलम्बीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।डिसेम्बर २५ का दिन मनाइने क्रिसमसलाई धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा उल्लेख गर्दै खड्काले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताए ।उनले शुभकामना सन्देश मार्फत विविधताभित्र मनाइने चाडपर्व, धार्मिक तथा सांस्कृतिक परम्पराले नेपाली समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको भावना बलियो बनाउँदै आएको उल्लेख गरे ।क्रिसमसजस्ता पर्वहरूले सामूहिक भावना

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 364 पटक पढिएको
  • निर्वाचन आचारसंहिता–२०८२ सार्वजनिक, उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने

    काठमाडौं— निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ ।आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको मस्यौदामा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाको नाम सार्वजनिक गर्ने, साथै विद्युतीय माध्यम र सूचना प्रविधिको प्रयोगमार्फत अनुगमन र कारबाही गर्न सकिने व्यवस्था गरिएको छ ।निर्वाचन आयोगका अनुसार निर्वाचन प्रक्रिया स्वतन्त्र, पारदर्शी, मितव्ययी र निष्पक्ष बनाउन आचारसंहिताको मस्यौदा तयार पारिएको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले आफ्नो अधिकार

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 342 पटक पढिएको
  • प्रवासका आकांक्षी भर्चुअल मूल्यांकनमा, रास्वपाको नयाँ मोडल

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप समावेशी, पारदर्शी र प्रविधिमैत्री बनाउने निर्णय गरेको छ ।हिजो सम्पन्न पार्टी सचिवालय बैठकले छलफल प्रक्रियाबाट छुटेका उम्मेदवार आकांक्षीलाई पुनः सहभागी गराउने, प्रवासमा रहेका आकांक्षीको भर्चुअल मूल्यांकन गर्ने तथा छनोट प्रक्रियामा केन्द्रीय समितिका सदस्यलाई समेत सहभागी गराउने निर्णय गरेको हो ।पार्टी प्रवक्ता मनिष झाका अनुसार पौष ५ गते भएको छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागिता नपाएका उम्मेदवार आकांक्षीलाई छलफल र प्रारम्भिक निर्वाचनबाहेकका छनोट प्रक

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 355 पटक पढिएको
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी

    काठमाडौं—  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।बैठकमा पार्टीको १५औँ महाधिवेशनको ढाँचा र कार्यतालिकाबारे छलफल भईरहेको छ । सोही विषयलाई मुख्य एजेन्डा बनाएर बुधबारदेखि जारी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।बैठकमा महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको भन्दै संशोधनको माग व्यापक रूपमा उठिरहेको छ ।हिजोको बैठकमा अधिकांश नेताहरूले समयसापेक्ष र व्यवस्थापन गर्न सकिने कार्यतालिका आवश्यक रहेको धारणा राखेका थिए । विशेषगरी पार्टी संगठनलाई चुस्त बनाउने गरी महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्नेम

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 362 पटक पढिएको
  • आज त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह गरिदै

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक जगतसँगको सम्बन्धलाई थप सुदृढ बनाउने सन्देशसहित आज ५१औँ दीक्षान्त समारोह आयोजना गर्दैछ ।बिहीबार विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेता वैज्ञानिकलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी दीक्षान्त समारोह गर्न लागिएको हो ।यसपटक समारोहका प्रमुख अतिथि सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी वैज्ञानिक तथा टोकियो विश्वविद्यालयका प्राध्यापक ताकाआकी काजिता रहेका छन् ।उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मण्डप निर्माणदेखि दीक्षित विद्यार्थी तथा अभिभावक बस्ने

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 382 पटक पढिएको
  • सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन

    काठमाडौं— सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालयको अनुगमन गरेको छ ।बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले वनस्थलीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो ।राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापति डिपी अर्याल, डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको समुहको उपस्थिति रहेको थियो ।आज नै सरकारी टोलीले जनमत पार्टी र राप्रपा पार्टी कार्यालयको समेत अनुगमन

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 405 पटक पढिएको
  • सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन

    काठमाडौं— सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टी कार्यालयको अनुगमन गरेको छ ।बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले धुम्वाराहीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो ।अनुगमनका क्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूसँग छलफल समेत गरेका छन् ।

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 400 पटक पढिएको
  • क्यासिनो खेल्ने/ खेलाउने ७ जना पक्राउ

    काठमाडौं— तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स लगाएर क्यासिनो खेल्ने÷खेलाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।बुधबार जिल्ला प्रहरी परिसर, काठमाडौंले पत्रकार सम्मेलनगरी ठमेलस्थित छायाँ सेन्टरको वाल्डो क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेहरुमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् ।भारतबाट आएको सुरेश महाजनसहितका समुहले क्यासिनो इभेन्ट गर्ने भन्दै स्क्याम गरेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । सुरेश महाजनले विगत २ वर्षदेखि नेपाल भारत,श्रिलंका,भियतनाम र कम्बोडियामा क्यासिनो इभेन्ट सञ्चालन गर्दै आएका थिए ।

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 382 पटक पढिएको
  • नेप्सेमा सामान्य वृद्धि, कारोबार रकममा गिरावट

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । यसअघि मंगलबारको बढ्दो क्रमलाई निरन्तरता दिँदै बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा उक्लेको हो ।यस दिन सेन्सेटिभ इण्डेक्स ०.९४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंकले बढेको छ । यसदिन नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ ।मंगलबार ३ अर्ब ४२ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा यसदिन भने ३३४ स्टकको ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँबराबरको ७२ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।यसदिन इन्फिनिटी लघुवित्त वित्

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 445 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा