काठमाडौं— बुधबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यागमन ऐन, २०४९ तथा सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल भएको छ ।बैठकमा छलफलका क्रममा संविधान सभा सदस्य खिमलाल देवकोटाले अन्तर्राष्ट्रिय अभ्यास र ऐनहरूको अध्ययन भइसकेको उल्लेख गर्दै अब अध्यागमन ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको पहिचान र परीक्षण नै मुख्य उद्देश्य रहेको बताए । उनले ऐनसँग मेल नखाने प्रावधानहरू संशोधन वा खारेज गर्न आवश्यक सुझाव दिने लक्ष्यसहित अध्ययन अघि बढाइएको स्पष्ट गरे ।उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा भएका अभ्यास र ऐनहरुको बारेमा छलफल भैइ नै सकेको छ । अध्
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको कार्यविवरण सार्वजनिक गरेका छन् । बुधबार आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको अवसरमा एक कार्यक्रम आयोजना गरि आफ्नो कार्यविवरण सार्वजनिक गरेका हुन् ।यस्ता छन् सय दिनको अवधिमा तीनवटै मन्त्रालयमार्फत सम्पादन गरिएका १०१ प्रमुख कार्यहरूःऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय१. विगत लामो समयदेखि उठ्न नसकेको डेडिकेटेड तथा ट्रंक लाइनको प्रिमियम महसुल बक्यौता किस्ताबन्दीमा असुल उपर गर्न थालिएको । बक्यौताको किस्ता तिर्न सुरु गरी बन्द गरेका र एउटा पनि किस्ता नतिरेका उद्योगबाटसमेत महसुल त
काठमाडौं— मिराज ढुंगानाको नेतृत्वमा रहेको जेनजी समूहले काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनलाई निरन्तरता दिएको छ। समूहले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दै दबाबमूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।अन्तरिम सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित गत सोमबारदेखि शान्तिपूर्ण रूपमा आन्दोलन सुरु गरिएको जनाइएको छ। आन्दोलनकारीहरूले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्ना माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्।
काठमाडौं— नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाइफाइ ६ राउटर (सीपीई) र एपी उपलब्ध गराउने भएको छ। यसअनुसार अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुनेछ । नेपाल टेलिकमले पहिले वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराइरहेकोमा अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत उपलब्ध गराउने भएको हो। नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाइफाई सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुनेछ भने इन्टरनेटको स्पिड पनि तीव्र हुनेछ। धेरै डिभाइसहरु कनेक्ट गर्न, सबैले फुल स्पिडमा इन्टरनेट चल
काठमाडौं— निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले फागुनको २१ गते हुने निर्वाचन विकल्पविहीन निर्वाचन रहेको बताएका छन् ।बुधबार फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गर्ने सम्बन्धी अभिमुसीकरण कार्यक्रम, २०८२ समापन समारोहमा बोल्दै उनले नेपालको संविधानमा भएको छेडखानीलाई निम्ट्याएर संविधान बमोजिम सुशासन प्रवाह गर्ने विकल्पको रुपमा निर्वाचन मात्र रहेको बताए ।उनले भने,‘अब फागुनको २१ गते हुने निर्वाचन विकल्पविहीन निर्वाचन हो । यदी निर्वाचन भएन भने त्यसको विकल्प के हो त ? भनेर हामीले अहिले कल्पना गर्न सक्दैनौं । त्यसको परिभाषा गर्न सक्
काठमाडौं— उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा सहभागी हुन तीन बुँदे सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच चुनावी एकतासम्बन्धी सम्झौतापत्रमा सर्वोदय पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने, साझा घोषणापत्र बनाउने र विवाद समाधानका लागि संयुक्त संयन्त्र बनाउने तीन बुँदे सम्झौता भएको हो ।उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहबीच बुधबार भएको सहमतिअनुसार चुनावमा उम्मेदवार छनोट जनप्रभावकारिता र इमानदारीताको आधारमा अन्तिम टुंगो लगाइने उल्लेख छ ।कुन कुन बुँदा
सुर्खेत— गृहमन्त्रालय र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को संयुक्त आयोजनामा गृहमन्त्री प्रमूख अतिथि, मुख्यमन्त्री बिशेष अतिथि कार्यक्रमको बिषय प्रदेशस्तरीय सुरक्षा गोष्ठि सञ्चालन भयो। मञ्च एउटै बिषयबस्तु एउटै तर मुख्यमन्त्री र गृहमन्त्रीको फरक फरक अभिव्यक्तिले कार्यक्रमका सहभागिलाई समेत अन्योल बनायो ।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन गराउन प्रतिबद्ध भएको बताइरहँदा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मुलुकका प्रमुख राजनीतिक शक्तिलाई पाखा लगाएर कसरी चुनाव गराउन सकिन्छ ? भनि प्रश्न गरे ।कर्णाली
काठमाडौं— दुबई अदालतले मुत्युदण्डको फैसला सुनाएका दार्चुला जिल्ला दुहुँ गाउँपालिका धारीका अमरबहादुर बमको बचाउका लागि अभियान सुरु भएको छ ।बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बमको रिहाईको लागि सरकारले पहल नगरे कडा संघर्ष गर्ने आयोजकले चेतावनी दिएको छ ।पत्रकार सम्मेलनमा अभियान्ता रजमान तामाङले बमको रिहाईका लागि चरणबद्ध संघर्ष गर्ने जनाउँदै पहिलो चरणमा संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।२२ वर्षदेखि निर्दोष हुँदाहुँदै पनि नेपाल सरकारको गैरजिम्मेवारीका कारण बमले मृत्युदण्डको सजाय कुरिरहेको बताउँदै भने, ‘नागरिकप्रतिको राज्यको बेवास्ता र बम जस्तै हजारौं नागरिकलाई विदेशी भूमिमा मर्न दिने समव
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स चालकहरूले आर्थिक प्रलोभनमा परी बिरामीलाई महंगा अस्पतालमा लैजाने गरेको गुनासो आएको भन्दै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका र बिरामीको इच्छा विपरीत हुने यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको हो ।अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य भएको भन्दै मन्त्रालय दुःख व्यक्त गरेको छ । ‘आकस्मिक स्वास्थ्य सेवाका लागि परिचालन हुने एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग
काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा सुरु भएको छ। बैठकमा सहभागी हुन कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरू सानेपा पुगेका छन्।बैठकमा पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको पार्टीको १५ औँ महाधिवेशन, आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। पार्टीको संगठनात्मक तयारी, निर्वाचन रणनीति र समसामयिक राजनीतिक अवस्थाबारे पनि बैठकमा विस्तृत छलफल हुने जनाइएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.