काठमाडौं— नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रुपमा बुझ्न नहुने बताएका छन् ।वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै आचार्यले जनताले दिएको जनादेश जनहितका लागि भएको तर त्यसलाई स्वेच्छाचारी ढंगले दुरुपयोग गर्नु गम्भिर भएको बताएका हुन् । आज सामाजिक सञ्जालमा लेख्दै आचार्यले बाढी र डुबानपछि होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन, सुकुम्बासी तथा विपन्न नागरिकलाई उनले वैकल्पिक व्यवस्थाबिनै विस्थापन गर्न खोज्नु अमानवीय भएको बताए ।आचार्यले निकै ठूलो त्रास र डुबानको चोट खेपेर होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन, सुकुम्बासी र विपन्न नागरि
काठमाडौं— लगातार वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएपछि सम्बन्धित निकायले सप्तकोशी ब्यारेज आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।हाल ब्यारेजमा नदीको बहाव प्रतिक्युसेक १ लाख २६ हजार पुगेको छ, जुन सामान्य अवस्थाभन्दा माथि रहेको जनाइएको छ। चार घण्टाअघि यो बहाव १ लाख २५ हजार १ सय १० क्युसेक रहेको थियो। छोटो समयमै बहावमा निरन्तर वृद्धि देखिएको छ।मौसम पूर्वानुमानअनुसार आज दिनभर वर्षा जारी रहने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।
काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएको छ ।अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ६७औं मिनेटमा रिकार्डो रोड्रिगेजको सटीक असिस्टमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरी दिलाएका हुन् । अर्जेन्टिनाको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै एनडोयेले सहज फिनिसिङ गरेका थिए ।यसअघि खेलको १०औं मिनेटमै अर्जेन्टिनाले अग्रता बनाएको थियो। कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेडरमार्फत गोलमा परिणत गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थि
काठमाडौं— वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ परेका छन् ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका—२ बस्ने सिन्धुली घर भएका ३६ वर्षीय कुनसाङ लामा, काठमाडौं तारकेश्वर नगरपालिका—८ बस्ने बर्दिया घर भएका ४२ वर्षीय धन बहादुर शाही, काठमाडौं टोखा नगरपालिका-५ बस्ने ताप्लेजुङ घर भएका ४८ वर्षीय उमेश लिम्बु, काठमाडौं महानगरपालिका-३ बस्ने तनहुँ घर भएकी २१ वर्षीया सचिता परियार र काठमाडौं बुढानिलकण्ठ नगरपालिका—१० बस्ने खोटाङ घर भएका
चितवन— कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवारसँग भेट गरी उनीहरूको अवस्था बुझ्दै सरकार पीडितको साथमा रहेको बताएकी छन् । २०८३ साल असार २० गते राति करिब ११ः३० बजे ध्रुवे हात्तीको आक्रमणमा परी माडी नगरपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२३, बेलहट्टा बसोबास गर्दै आएकी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको घटनाप्रति मन्त्री चौधरीले गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।यसै क्रममा मन्त्री चौधरीले वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते भएका सूर्य महतो र मंगले बोटेसँग पनि भेट गरी
काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेलाई २–१ ले पराजित गरेको छ । आइतबार बिहान सम्पन्न भएको खेलमा नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । जुड बेलिङहमले अतिरिक्त समयमा दुई गोल गरेको छ ।खेलको ३६औं मिनेटमा नर्वेका मिडफिल्डर आन्द्रेयास सेल्डरपले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको पहिलो हाफको थप गरिएको इन्जुरी समयमा इङ्गल्याण्डका जुड बेलिङ्ङ्घमले गोल फर्काउँदै खेललाई १—१ को बराबरीमा ल्याए ।निर्धारित ९० मिनेटको खेल १—१ गोलको बराबरीमा सकिएको थियो । पछि थपिएको समयमा निर्णायक गोल गर्दै इङ्गल्याण्डले अन्तिम चारमा आफ्नो स्था
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०६ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपै
काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभाग नजिक रहेको छ।देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा मधेश, कर्णाली र सुदुरपश्चिमको एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका
काठमाडौं— नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी तथा नीतिगत समस्याहरू समाधान गर्न आफूले संसद् र नीति निर्माण तहमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।नेपाल मोबाइल व्यवसायी महासंघको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद थपलियाले मोबाइल व्यवसायीहरूले भोगिरहेका विभिन्न समस्या आफूले नजिकबाट बुझेको बताइन् । कार्यक्रममा सहभागी भएपछि आफूले धेरै नयाँ कुरा सिकेको उल्लेख गर्दै उनले व्यवसायीहरूको माग र सुझावलाई नीति निर्माण प्रक्रियामा प्राथमिकताका साथ उठाउने बताइन् ।उनले भनिन्, ‘उपभोक्तालाई धेरै कुरा थाहा हुँदैन । त्यसकारणले त मैले
काठमाडौं— काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको मृत्यु भएको छ । शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक राउतका भाइ दीपक राउतका अनुसार उनलाई परिवार, छिमेकी र स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पुर्याइएको थियो । भाइ दीपकका अनुसार बिहान करिब ६ बजेतिर घटना भएको थियो। परिवार श्राद्धको तयारीमा रहेका बेला राउतकी श्रीमती नुहाउन गएको समयमा उनले बाहिर गएर स्कुटरबाट पेट्रोल निकाली शरीरमा खन्याएर आगो लगाएका बताए।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.