काठमाडौं— पछिल्लो पाँच महिनामा नेपालको निर्यात व्यापार ५८.१७ प्रतिशतले बढेको पाइएको छ । भन्सार विभागले सोमबार सावर्जनिक गरेको चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो पाँच महिनाको आयात निर्यातको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा नेपालको निर्यात व्यापार बढेको देखिएको हो ।चालु आवको मंसीर महिनासम्म नेपालले कुल १ खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ भन्दा बढीको बस्तु निर्यात गरेको छ । गत आवको सोहि अवधिमा नेपालले ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँको मात्रै बस्तु निर्यात गरेको थियो ।यस्तै, यस बिचमा नेपालको आयात व्यापारमा पनि सुधार भएको देखिएको छ । चालु आवको मंसीर सम्म नेपालले ७ खर्ब ६६ अर्
काठमाडौं— इन्डोनेसियाको जाभा टापुमा मध्यरातमा एउटा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।जम्मा ३४ जना यात्रु बोकेको बसले टोल रोडमा नियन्त्रण गुमायो, जसले गर्दा बस कंक्रिटको पर्खालमा ठोक्कियो र त्यसपछि पल्टियो र सडकको छेउमा खस्यो ।उद्धार एजेन्सीका प्रमुख बुडियोनोले भने – अन्तरराज्यीय बस राजधानी जकार्ताबाट देशको ऐतिहासिक शहर योग्या तर्फ गइरहेको थियो। दुर्घटना लगत्तै उद्धार कार्य सुरु गरिएको थियो।
काठमाडौं— मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा सोमबारदेखि आन्दोलन सुरू गरेको छ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।प्रदर्शनका क्रममा राजीनामा माग गर्दै नाराबाजी गर्ने केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । आन्दोलनका अगुवा ढुंगाना समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनमा ढुङ्गानाले अहिले कै अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने भन्दै त्यसैले निर्वाचन गराउनुलाई मात्रै सरकारले ठूलो उपलब्धि ठान्न नमिल्ने बताए ।त्यस्तै उनले देशलाई निकास नदिई,जेनज
काठमाडौं— सरकारले यसै साता १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विसका ऋणपत्र, २०९० मार्फत सरकारले ९ पुसमा १० अर्ब रुपैयाँ ऋण उठाउने भएको हो । इच्छुक संस्थागत लगानीकर्तासहित सर्वसाधारणले ऋणपत्रमा लगानी गर्न सक्नेछन् । आठवर्षे ऋणपत्रमा सरकारले आकर्ष ब्याजर प्रदान गर्छ । लगानीकर्ताले घटिमा ५ लाख रुपैयाँ र बढीमा कुल निष्कासित रकमलाई ५ लाख रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन सक्नेछन् । ९ पुसमा बिक्री हुेन विकास ऋणपत्रका लागि ८ पुस अर्थात् मंगलबार दिउँसो २ बजेसम्म आवेदन दिन सकिनेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल निष्कासित रकमको ८५ प्रतिशत अर्
जनकपुरधाम— सरकारले निर्धारण गरेको मापदण्ड पालना नगरी दर्ता बिना सञ्चालनमा रहेका एक अस्पतालसहित चार वटा औषधि पसलमाथि धनुषामा कारबाही प्रक्रिया अघि बढाइएको छ।औषधि व्यवस्था विभाग वीरगञ्ज कार्यालयले जनकपुरधाम र धनुषाका विभिन्न स्थानमा गरेको अनुगमन तथा छड्के निरीक्षणका क्रममा नियमविपरीत सञ्चालनमा रहेका ती स्वास्थ्य संस्थाहरूलाई सिल गरी कारोबार रोक्का गरिएको जनाएको छ।कार्यालय प्रमुख शम्भु साहका अनुसार जनकपुरको रामानन्द चौकमा रहेको जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, बजरङ्ग चौकस्थित प्रशान्त मेडिकल हल, माछा बजारको राघव सर्जिकल पसल र वीरेन्द्र बजारको कम्युनिटी सर्विस अस्पताललाई सिल गरिएको हो।अनुगमनका
काठमाडौं— नागरिक लगानी कोषले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ ।आइतबार बसेको कोष सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँड हिसाब विवरणबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।त्यस्तै लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ८ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
जनकपुर— मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पदभार ग्रहण गरेका छन् । सोमबार विहान मधेश प्रदेश सभामा रहेको सभामुखको कार्यकक्षमा सभामुख यादवले पदभार ग्रहण गरेका छन् ।सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले प्रदेश सभाबाट हुने कामकाजलाई चुस्त दुरुस्त र कानुन सम्मत बनाएर अघि बढ्ने जानकारी दिए । उनले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार प्रदेश सभालाई प्रभावकारी, उत्तरदायी र मर्यादित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे ।सभामुख यादवले विगतमा भएजस्तो नातावाद र दलतन्त्र हावी हुने कुनै कार्य आफू बाट नहुनेमा ढुक्क हुन आग्रह गरे । उनले विभिन्न बाधा र अडचनका कारण कार्यान्वयन नहुन सकेको भ
काठमाडौं— माइतीघरमा प्रदर्शन गरेका रविकिरण हमालसहितलाई प्रहरीले केहीबेर नियन्त्रणमा राखेर छोडिदिएको छ । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका गरेका थिए । उक्त प्रदर्शनमा सामेल भएका हमालसहित ५ जनालाई केहीबेरअघि नियन्त्रणमा लिएको थियो ।प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् । ढुंगानासहितले प्रहरीसमक्ष सामूहिक गिरफ्तारी दिने तयारी गरे पनि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय क्षेत्रमै रोकिदिएको छ ।
काठमाडौं— वैदेशिक रोजगारीको नाममा अमेरिका पठाइदिने आश्वासन दिई ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–१३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–४ बस्दै आएका २४ वर्षीय सुजन आले मगर रहेका छन्।सुजनले आकर्षक तलबको प्रलोभन देखाउँदै अमेरिका पठाइदिन्छु भनी पीडितबाट २ लाख ५५ हजार रुपैयाँ लिएका थिए । त्यसपछि सुजन सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरेको जनाएको छ।पक्राउ परेका सुजनलाई थप अनुसन्धान तथा कानुन
रामेछाप— निर्माण व्यवसायीले काम नगरेर लामो समयसम्म अलपत्र पारेको रामेछापको खाँडादेवी गाउँपालिकाको पकरबास–गोगनपानी–गाल्पा सडकको काम पुनः सुरु भएको छ ।कूल १० किलोमिटर लामो पकरबास–गोगनपानी–गाल्वा सडक कालोपत्रे गर्ने जिम्मा दिवार ओमबुद्ध÷अर्याल कन्ट्रक्सनले ४३ करोड रुपैँयामा लिएका थिए । १८ महिना भित्र काम पुरा गर्ने गरी २०७८ सलमा ठेक्का सम्झौता भएको सो सडक ४ वर्षदेखि अलपत्र छ ।सडकको काम समयमा नभएको भन्दै स्थानीय जनप्रतिनिधिले जिल्ला पूर्वाधार कार्यालय रामेछापमा तालाबन्दी समेत गरेका थिए । निर्माण व्यवसायीले पटक पटक काम गर्ने सहमति गरेको भए पनि काम हुन सकेको थिएन ।अहिले सो सडकको पकरबासदेखि खाँडादेवी
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.