समाज

    Showing 851-860 of 11,012 items.
  • अविरल वर्षाले जुम्लाको सिंजामा कृषिबाली र संरचनामा क्षति

    जुम्ला / जुम्लाको सिंजा गाउँपालिका–३ अन्तर्गत धितालिही रोकायाबाडामा गएरातिको अविरल वर्षाका कारण कृषकहरूले लगाएको अन्न, धान, कोदो, सिमी लगायतका कृषिबालीमा क्षति पुगेको छ ।वर्षाले स्थानीयका भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।स्थानीयले सम्बन्धित निकायलाई तत्काल उद्धार तथा राहतका लागि पहल गर्न आग्रह गरेका छन् ।

    • प्रकाशित मितिः असार २४, २०८३
    • 150 पटक पढिएको
  • सिरहामा वन अधिकृत १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ, अख्तियारको कारबाहीले वन कार्यालयमा हलचल

    सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।अख्तियारका अनुसार वन अधिकृत यादवले कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै प्रतिट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीले घुस मागिएको भन्दै अख्तियारमा उजुरी दिएपछि आयोगले आवश्यक प्रमाण संकलन गरी योजनाबद्ध रूपमा निगरानी थालेको थियो।सोही क्रममा कर्जन्हा नगरपालिका–४ बाट वन अधि

    • प्रकाशित मितिः असार २४, २०८३
    • 262 पटक पढिएको
  • एपिएफको पैसा मात्रै होइन, पर्यटन कम्पनी पनि 'स्क्याम' गरे लीला लामा ! विश्वास जितेर करोडौँको खेल, संस्थापकको घर लिलामीको संघारमा

    काठमाडौं— एपिएफ स्कूलको करोडौँ रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका लीलाबहादुर लामा तामाङको अर्को चकित पार्ने कर्तुत सार्वजनिक भएको छ। यसपटक उनीमाथि तीन दशकदेखि पर्यटन क्षेत्रमा प्रतिष्ठा कमाएको हिमाल रिजाइन प्रा.लि.लाई योजनाबद्ध रूपमा कब्जामा लिएर करोडौँ रुपैयाँको आर्थिक क्षति पुर्‍याएको आरोप लागेको छ।स्रोतका अनुसार लाजिम्पाटस्थित पालु रेष्टुरेन्ट तथा एमडी एडभेन्चर टुर एण्ड ट्राभल्स सञ्चालन गर्दै आएका लामाले गत वर्ष कम्पनीको ७५ प्रतिशत शेयर किन्ने प्रस्ताव राख्दै सञ्चालक विष्णु अधिकारीको विश्वास जितेका थिए। सुरुमा लगातार हिमाल रिजाइनबाट ठूलो परिमाणमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दै विश

    • प्रकाशित मितिः असार २३, २०८३
    • 719 पटक पढिएको
  • एकसय अर्ब डलर अर्थतन्त्र निर्माण र १२ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य

    काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सरकारले आगामी पाँच वर्षभित्र एकसय अर्ब डलरको अर्थतन्त्र निर्माण, सात प्रतिशत आर्थिक वृद्धि र १२ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्यसहित उद्योग, लगानी र उत्पादनमैत्री वातावरण निर्माणमा जोड दिएको बताएकी छन्।मंगलबार राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले उद्योग, व्यापार, लगानी र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने गरी मन्त्रालयले विभिन्न कार्यक्रम अघि बढाएको बताइन्।उनले उद्योग तथा व्यवसायको विकास, लगानी प्रवद्र्धन, स्वदेशी उद्योगलाई छुट तथा सहुलियत, युवा उद्यमीलाई बिना

    • प्रकाशित मितिः असार २३, २०८३
    • 324 पटक पढिएको
  • नेपाली सफ्टवेयर उद्योग प्रवद्र्धनका लागि खरिद निर्देशिका र छुट्टै इकाइको माग

    काठमाडौं /  कम्प्युटर एशोसिएसन नेपाल महासंघ क्यान महासंघले स्वदेशी सफ्टवेयर उद्योगको विकास, रोजगारी सिर्जना र डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारले स्पष्ट सफ्टवेयर खरिद निर्देशिका लागू गर्नुका साथै अनुगमन, मूल्यांकन तथा अनुसन्धान एवं विकासका लागि छुट्टै संस्थागत इकाइ स्थापना गर्नुपर्ने माग गरेको छ ।क्यान महासंघको सफ्टवेयर तथा सेवा समितिले प्रेसिडेन्सियल कलेजको सहकार्यमा काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा आयोजना गरेको ‘केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार रु नेपाली प्रविधि र रोजगारीको भविष्य’ विषयक नीतिगत अन्तरक्रियामा सहभागीहरूले सरकार र निजी क्षेत्रबीच प्

    • प्रकाशित मितिः असार २३, २०८३
    • 276 पटक पढिएको
  • ‘राइडरले ट्राफिकलाई मात्र दोष दिएर हुँदैन, आफ्ना कमजोरी पनि सच्याउनुपर्छ’

    काठमाडौं । ‘सुरक्षा हाम्रो जिम्मेवारी, सेवा हाम्रो पहिचान’ भन्ने नारासहित स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूलाई लक्षित गर्दै ट्राफिक सचेतना अभियानलाई निरन्तरता दिएको छ ।उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सञ्चालन भइरहेको अभियानअन्तर्गत मंगलबार काठमाडौंको बालाजु बसपार्क क्षेत्रमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा ट्राफिक नियमको पालना, हेल्मेटको अनिवार्य प्रयोग, अफलाइन राइड सेयर नगर्न, राइडरको पहिचान खुल्ने पोसाकको प्रयोग तथा जिम्मेवार चालकको व्यवहार विकास गर्न राइडरहरुलाई विशेष जोड दिइएको थियो। ट्राफिक प्रहरीसँगको समन्वयमा आयोजना गरिएको कार्यक्रममा उल्लेख्यरुपमा राइ

    • प्रकाशित मितिः असार २३, २०८३
    • 259 पटक पढिएको
  • यस्तो आयो नेपाल राष्ट्र बैंकको मौद्रिक नीति पूर्णपाठ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार गभर्नर डा।विश्वनाथ पौडेलले राष्ट्र बैंकको ६० औं मौद्रिक नीति सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र १४ ब्रोड मनि स्पलाई हुने प्रक्षेपण गरिएको छ । यस्तो छ आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको पूर्णपाठ १– नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम यस बैंकले आफ्नो उद्देश्य हासिल गर्ने गरी आर्थिक वर्ष २०५९/६० देखि मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । यस क्रममा आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति पच्चिसौं हो ।२– मौद्रिक नीति सार्वजनिक गर्

    • प्रकाशित मितिः असार २३, २०८३
    • 2,677 पटक पढिएको
  • अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्न मिडिया संवेदनशील हुनुपर्ने

    काठमाडौं / सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालका निर्देशक शिरोमणी ढुंगानाले अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मानजनक प्रतिनिधित्व र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन्।अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीहरूको आवाजलाई मूलप्रवाहीकरण गर्न सामुदायिक रेडियोको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले नेपालको संवैधानिक व्यवस्था, कानुनी प्रावधान, अपाङ्गता भएका व्यक्तिको अधिकार, भाषा प्रयोग तथा सामाजिक सोच निर्माणमा मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । समाचार, लेख तथा अन्य सञ्चार सामग्री तयार गर्दा अपाङ्गता भएका व्यक्तिलाई कमजोर

    • प्रकाशित मितिः असार २३, २०८३
    • 274 पटक पढिएको
  • सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ, हाम्रो उद्देश्य राजस्व उठाउनु होइन: एसएसपी काफ्ले

    काठमाडौं / काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण तथा नियम उल्लंघन गर्ने सवारीमाथि कारबाहीलाई तीव्र बनाउँदै प्रहरीले ‘फेसलेस ट्राफिकिङ’ प्रणाली विस्तार गरिरहेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश काफ्लेका अनुसार हाल काठमाडौं उपत्यकामा हुने ट्राफिक कारबाहीमध्ये करिब ४० देखि ५० प्रतिशत सीसीटिभी निगरानीका आधारमा भइरहेको छ । प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र विवादरहित ब

    • प्रकाशित मितिः असार २३, २०८३
    • 240 पटक पढिएको
  • ४ महिनासम्म लुकाइएको कुटपिटको भिडियो बाहिरिएपछि यातायातका निमित्त हाकिम पक्राउ

    जनकपुरधाम— चार महिनाअघि कार्यालयभित्रै सेवाग्राहीमाथि भएको कुटपिटको भिडियो अचानक सामाजिक सञ्जालमा भाइरल भएपछि बारा यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख चिन्तन आचार्य पक्राउ परेका छन्। लामो समयसम्म सार्वजनिक नभएको उक्त घटनाको भिडियो बाहिरिएसँगै जिल्ला प्रहरी कार्यालय बाराले आचार्यलाई पक्राउ गरी घटनाबारे अनुसन्धान सुरु गरेको हो। प्रहरीले सार्वजनिक भएको भिडियो सन् २०२६ मार्च १७ (गत फागुन तेस्रो साता) को भएको जनाएको छ।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुवँरका अनुसार भिडियो सार्वजनिक भएपछि घटनाको वास्तविकता बुझ्न आचार्यलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार कार्यालय प्रमुखको क

    • प्रकाशित मितिः असार २३, २०८३
    • 566 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.