समाज

    Showing 871-880 of 6,564 items.
  • काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा नाराबाजीसहित स्वागत

    काठमाडौं— सहकारी ठगी प्रकरणमा पक्राउ परेर हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौं आइपुगेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर उनलाई स्वागत गर्न रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो । विमानस्थलबाट बाहिरिने क्रममा समर्थकहरूले नाराबाजी गर्दै लामिछानेको भव्य स्वागत गरेका थिए ।विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले आफ्नो न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । उनले आफूले यसलाई विजयका रूपमा नलिएको स्पष्ट पार्दै भने, ‘न्यायको लडाइँ बाँकी नै छ । मैले यो विजयको

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 365 पटक पढिएको
  • आज रवि लामिछानेलाई बनस्थलीस्थित घण्टीघरमा स्वागत गरिदै

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बनस्थली स्थित केन्द्रीय कार्यालय जाने भएका छन् ।प्रवक्ता मनिष झाका अनुसार लामिछानेलाई दिउसो ३ बजे केन्द्रीय कार्यालय घण्टीघरमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।शुक्रबार रिहा भएका लामिछानेले शनिबार चितवनमा रास्वपाको सभालाई सम्बोधन गरेका थिए भने काठमाडौं आएर जेनजी आन्दोलनका शहिद परिवार घाइतेसँग भेट गरेका थिए ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 360 पटक पढिएको
  • सुनको मूल्य घट्यो, चाँदीमा निरन्तर नयाँ रेकर्ड बन्दै

    काठमाडौं— नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने हालसम्मकै उच्च मूल्यमा कायम भएको छ ।आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।यस्तै, आज चाँदीको मूल्य भने तोलामा १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । शुक्रबार प्रतितोला ४ हजार ५ रुपैयाँका कारोबार भएको चाँदी आइतबार तोलामा ४ हजार १ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 384 पटक पढिएको
  • करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द

    सुर्खेत— पञ्चपुरी नगरपालिकाले करार सेवाका कर्मचारी हटाए पछि यहाँका १२ स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् ।करार स्वास्थ्यकर्मीकै भरमा सञ्चालन भएका स्वास्थ्य संस्था बन्द भए पछि सेवाग्राही मारमा परेका छन् । पञ्चपुरी नगरपालिकाले गत साउन १ गतेदेखि करार सेवाका कर्मचारी हटाएको हो ।नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।नगरपालिकाले चालू आर्थिक वर्षमा एक सय २८ जना करारका कर्मचारी हटाएको छ । जसमा ७४ जना शिक्षक, ४१ जना स्वास्थ्यतर्फका कर्मचारी र १३ जना नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको पञ

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 393 पटक पढिएको
  • ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर

    रौतहट— रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित बाल्चनपुरमा शनिबार साँझ ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।चपुर–गौर सडक खण्ड अन्तर्गत डुमरियाबाट २ कि.मी. दक्षिण तर्फ शनिबार साँझ ७ः३० बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।गरुडाबाट बाल्चनपुरतर्फ आउँदै गरेको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २.०३.०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।दुर्घटनामा मोटरसाइकल चालक गढिमाई नगरपालिका–४ सुन्दरपुर निवासी ५० वर्षीय प्रमोद साह कानुको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ। मोटरसाइकल चालक साहको उपचारका क्र

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 363 पटक पढिएको
  • निःशुल्क आँखा शिविरमा ३८४ जनाको परीक्षण, मोतियाबिन्दुका बिरामी बढी

    कैलाली— कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा मोतियाबिन्दुको समस्या देखिएको छ। शिविरमा जाँच गरिएका ३८४ जनामध्ये ७५ जनामा मोतियाबिन्दु पहिचान भएको आयोजकले जनाएको छ।नेपाल नेत्रज्योति सङ्घ अन्तर्गतको गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा आयोजना गरिएको उक्त शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टका अनुसार मोतियाबिन्दु देखिएका सबै बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ।उनले आइतबार र बिहीबार शल्यक्रिया गरिने जानकारी दिँदै बिरामीलाई

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 408 पटक पढिएको
  • भरुवा बन्दुक पड्किँदा ताप्लेजुङमा २६ वर्षीय युवकको मृत्यु

    ताप्लेजुङ— ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघु लेकुवामा भरुवा बन्दुक पड्किँदा २६ वर्षीय युवकको मृत्यु भएको छ। स्थानीय फुर्वा रेन्जी शेर्पा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार वडाध्यक्ष खगेन्द्रसिं थक्लुङबाट प्राप्त सूचनाका आधारमा शेर्पालाई तिलोकसिंह लिम्बुको अलैँची बारीमा मृत भेटिएको हो। प्रारम्भिक अनुसन्धानमा भरुवा बन्दुकमा बारुद हाल्ने क्रममा अचानक बन्दुक पड्किएर घाँटीमा चोट लागी घटनास्थलमै उनको मृत्यु भएको देखिएको छ।घटनाका बेला मृतकसँगै रहेका उनका १८ वर्षीय भतिज सोनम शेर्पाले प्रहरीसमक्ष दिएको बयानअनुसार दुर्घट

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 420 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दै

    काठमाडौं—  संघीय संसद अन्तर्गत आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दैछ ।बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।आज बस्ने विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।आज बस्ने संयुक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई आमन्त्रित गरिएको छ ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 373 पटक पढिएको
  • मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै

    काठमाडौं— मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।मधेस प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका छन् ।यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन्।त्रिलोकी समर्थकमा जयचन्द्रप्रसाद पटेल

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 388 पटक पढिएको
  • आज विश्व ध्यान दिवस मनाइँदै

    काठमाडौं— आज डिसेम्बर २१ तारिख अर्थात विश्व ध्यान दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो ।सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको छ ।विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको महत्वबारे जागरूक बनाउने उद्द

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 387 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा