समाज

    Showing 9,011-9,020 of 11,082 items.
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बल्खुबाट पक्राउ

    काठमाडौं— बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।  रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४७ वर्षीय खड्ग बहादुर कार्की आइतबार पक्राउ गरेको हो। जिल्ला अदालत काठमाडौंको २०८० फागुन २२ गतेको फैसलाले १० दिन कैद सजाय र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बल्खुबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।

    • प्रकाशित मितिः असार १६, २०८२
    • 635 पटक पढिएको
  • सुदूरपश्चिममा अविरल वर्षापछि उच्च सतर्कताः मुख्यमन्त्रीको सुरक्षा निकायलाई निर्देशन

    काठमाडौं— सुदूरपश्चिम प्रदेशमा लगातार परेको अविरल वर्षाका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र तत्काल परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।विशेषगरी कैलाली, कञ्चनपुरलगायतका जिल्लाहरू भारी वर्षाले प्रभावित बनेका छन्। यी क्षेत्रका धेरै ठाउँहरू डुबानमा परेका छन् भने केही स्थान जलमग्न भएको बताइएको छ।मुख्यमन्त्री शाहले नागरिकहरूलाई बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिबाट जोगिन सावधानी अपनाउन र सम्भावित जोखिमको ख्याल गरी सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।यसैबीच, मोहना नदीमा पानीको सतह बढ्दो क्रममा रहेको र बाढीले

    • प्रकाशित मितिः असार १६, २०८२
    • 539 पटक पढिएको
  • युवाहरूले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छ : श्रममन्त्री

    काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाली युवाहरूले ‘देशमै केही गर्न सक्छु’ भन्ने आत्मविश्वास विकास गर्नु आवश्यक रहेको बताएका छन्।राष्ट्रिय युवा परिषद्ले सोमबार आयोजना गरेको युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले युवाहरूलाई देशको प्रमुख शक्ति स्रोतको रूपमा उल्लेख गर्दै उनीहरूले स्वदेशमै उद्यम गर्नुपर्नेमा जोड दिए।उनले बाध्यतापूर्ण वैदेशिक रोजगारलाई आगामी १० वर्षभित्र अन्त्य गर्ने लक्ष्यसहित ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ कार्यक्रम अघि सारिएको जानकारी गराए।“वैदेशिक रोजगार स्वेच्छिक हुनुपर्छ, बाध्यात्मक हैन,” मन्त्री भण्डारीले भने, “जो जा

    • प्रकाशित मितिः असार १६, २०८२
    • 482 पटक पढिएको
  • यौन दुर्व्यवहारको आरोपमा इलाममा शिक्षक पक्राउ

    इलाम— इलामको माई नगरपालिका–२ का एक शिक्षकमाथि दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। ५२ वर्षीय खेमराज ढकालविरुद्ध पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।ढकाल स्थानीय हरियाली रेशम शैक्षिक सार्वजनिक गुठी स्कुलका संस्थापक तथा शिक्षक हुन्। प्रहरीका अनुसार ११ र १४ वर्षीया दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई गए राति आफ्नै घरबाट पक्राउ गरिएको हो।प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिसकेको छ। इलामका डिएसपी मानबहादुर राईका अनुसार उजुरीका आधारमा ढकालविरुद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रि

    • प्रकाशित मितिः असार १६, २०८२
    • 502 पटक पढिएको
  • सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं— बहुमूल्य धातु सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार अबेर तोकेको मूल्य अनुसार सुन तोलामा ३ सय रुपैयाँ घटेको हो ।महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलाको १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार तोलाको १ लाख ८८ हजार ४ सय रुपैयाँ थियो ।त्यसैगरी चाँदीको मूल्य भने बढेको महासंघले जनाएको छ । आइतबार तोलाको २ हजार १ सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज सोमबार २ हजार १ सय ५० रुपैयाँ पुगेको छ ।

    • प्रकाशित मितिः असार १६, २०८२
    • 510 पटक पढिएको
  • पहिरो हटेसँगै कर्णाली राजमार्ग सञ्चालनमा

    कालीकोट— कर्णाली राजमार्गमा खसेको पहिरो हटाएसँगै राजमार्ग फेरि सुचारु भएको छ। कालीकोट जिल्लाको जिते नजिक खसेको पहिरोका कारण जिते–मान्म सडकखण्ड आज बिहानदेखि अबरुद्ध भएको थियो।लगातारको वर्षापछि सडकको चट्टान खसेर पहिरो जाँदा कालीकोट सदरमुकाम मान्म, जुम्ला र मुगुबाट सुर्खेततर्फ जान तयारी अवस्थामा रहेका सवारी साधन रोकिएका थिए। यात्रुहरूले लामो समय सास्ती खेप्नुपरेको थियो, विशेषगरी पहिरो खसेको स्थानमा होटल वा पसल नभएको कारण समस्या झनै बढेको थियो।खाँडाचक्र–१ का स्थानीय मिलन खड्काका अनुसार वर्षा सुरु भएसँगै राजमार्गका विभिन्न स्थानमा पहिरो झर्ने क्रम बढ्दो छ। विशेषगरी स्थानीय तहबाट खनिएका सहायक सडक र

    • प्रकाशित मितिः असार १६, २०८२
    • 452 पटक पढिएको
  • अविरल वर्षाले धनगढीका बस्ती डुबानमा, सडक र पसल जलमग्न

    कैलाली — गए रातिदेखिको लगातार वर्षाका कारण धनगढी बजार र आसपासका धेरै क्षेत्र आज बिहानदेखि जलमग्न भएका छन्। विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार र कटान गाउँको दक्षिण क्षेत्रमा पानी जमेर बस्तीहरू डुबानमा परेका छन्।भारी वर्षाले सडक र नालीहरू भरिँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ। धेरै पसलहरू पनि पानीमा डुबेका छन्। स्थानीयहरूका अनुसार, पुराना र अव्यवस्थित नाली तथा पानी निकास प्रणाली प्रभावकारी नहुँदा वर्षात्को समयमा डुबानको समस्या बारम्बार दोहोरिँदै आएको छ।वर्षैपिच्छे डुबानको समस्या हुनुमा खोलानाला अतिक्रमण प्रमुख कारण रहेको स्थानीयवासीहरू बता

    • प्रकाशित मितिः असार १६, २०८२
    • 407 पटक पढिएको
  • विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा पत्र पठाउँदै

    काठमाडौं  -  १० वर्षपछि नेकपा एमालेको राजनीतिमा पुनः क्रियाशील भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सो हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन् ।पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ ।उनले शनिवार सभा गृहबाटै सो घोषणा गर्ने भनिए पनि स्टन्टबाजी नगर्ने भन्दै गृह मन्त्रालयलाई पत्र पठाएर फिर्ता गर्न लागिएको निकट स्रोतले जनाएको छ ।भण्डारीनिकट स्रोतले भन्यो- धेरै नेता कार्यकर्ताले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने क्रममा सेवा सुविधा फिर्ताको जा

    • प्रकाशित मितिः असार १६, २०८२
    • 341 पटक पढिएको
  • रवि लामिछानेले कारागारबाट लेखेको पत्रमा रवीन्द्र मिश्रले देखे ‘गहिरो अर्थ’

    काठमाडौं  - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागारबाट लेखेको पत्रबारे टिप्पणी गरेका छन्।मिश्रका अनुसार लामिछानेले २०४६ सालपछि स्थापित राजनीतिक व्यवस्थामाथि कडा आलोचना गर्दै विगत ‘३६ वर्ष’को अवस्था प्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकता औंल्याएका छन्, जसलाई केहीले राष्ट्रपति प्रणालीतर्फको संकेतका रूपमा पनि व्याख्या गरिरहेका छन्। तथापि, लामिछानेले स्पष्ट रूपमा ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ नभनी ‘कार्यकारी’ शब्द प्रयोग गरे

    • प्रकाशित मितिः असार १६, २०८२
    • 276 पटक पढिएको
  • अवरुद्ध कर्णाली राजमार्ग संचालनमा

    मुगु - अविरल वर्षापछि अबरुद्व कर्णली राजमार्गको गगनेखोलाको अबरुद्व सडक सन्चालनमा आएको  छ । गए रातिदेखि भएको अविरल वर्षापछि आएको पहिरोले विहान ६ बजेदेखि अरुबद्व सडक अहिले १० बजेपछि सन्चालनमन सडक आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।कालिकोट स्थित गगनेखोलाको पहिरो पन्छाएर सडक सुचारु भएपनि जितेगाडमा पहिरो खसेर पुन अवरुद्ध सडक भएको छ ।राजमार्गको अवरुद्ध सडकहरूमध्ये कालिकोटको गगने खोलामा सडक सुचारु भइसकेको छ ।कालीकोटको जितेगाडमा ठूलो ढुङ्गा सहितको पहिरो आएर सडक अवरुद्ध भएको सडक डिभिजनका प्रमुख दिपेन्द्र चौधरीले जानकारी दिए ।

    • प्रकाशित मितिः असार १६, २०८२
    • 206 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.