समाज

    Showing 9,141-9,150 of 10,071 items.
  •  मादी हत्या प्रकरण : थप एक पक्राउ, घटनाले  लियो नयाँ मोड

    बिर्तामोड / सङ्खुवासभाको मादी नगरपालिका –१ उम्लिङमा गत भदौ २१ गते ६ जनाको विभत्स तवरले भएको हत्याको घटनाले नयाँ मोड लिएको छ ।हत्याका विषयमा अनुसन्धान जारी राखेको प्रहरीले घटनामा शंकास्पद भूमिका देखिएको भन्दै थप एक जनालाई पक्राउ गरेपछि घटनाले नयाँ मोड लिएको हो ।हत्यामा संलग्न रहेको भन्दै यसअघि प्रहरीले मृतक परिवारका नातेदार समेत रहेका लोक बहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानमा संलग्न प्रहरीले लोक बहादुरका भाइ  २५ वर्षीय भाइ नरेशलाई समेत पक्राउ गरेपछि घटनाले नयाँ मोड लिएको हो ।हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल पक्राउ परेका लोक बहादुर कार्कीका भाइ नरेश कार्कीको स

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 1,525 पटक पढिएको
  • झापामा जनगणनालाई सुपरीवेक्षक परिचालन

    झापा / राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा १५० सुपरीवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि लुइँटेलले बताएका छन्। ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ । उनले पहिलो चरणको कार्यक्रम अन्तर्गत सुपरीवेक्षकले घरघरमा पुगेर परिवारको सङ्ख्याको विवरण, कृषि तथा पशुपक्षीसम्बन्धी विवरण र बैकिङ पहुँचको विवरण सङ्कलन गर्ने बताएका छन्। विवरण सङ्कलन गर्ने काम १८ दिन अर्थात् असोज १९ गतेसम्म गरिनेछ । भदौ

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 138 पटक पढिएको
  • पसलअनुसार ग्याँसको फरक मूल्य

    डोटी(रासस)  यहाँ खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपच्छिे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन् । ग्याँसमा फरक मूल्य लिइने गरेको गुनासोसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दासमेत कुनै कानुनी कारबाही गरिएको छैन । प्रशासनले मूल्यमा एकरुपता ल्याउन नसकेको उपभोक्ताको आरोप छ ।यहाँका ग्याँस डिलरमा एउटा मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई वर्षौँदेखि ग्याँस बिक्री गरिएको उपभोक्ताको गुनासो छ । यसरी पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ता मारमा परेका दिपायल पिपल्लाका सर्वजित देउवाले बताएका छन्। जिल्लाका दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खान

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 152 पटक पढिएको
  • जनगणनाका लागि एक सय ३० सुपरीवेक्षक परिचालन

     तनहुँ / राष्ट्रिय जनगणना– २०७८ का लागि तनहुँमा एक सय ३० सुपरीवेक्षक परिचालन गरिएको छ ।  आजदेखि शुरु भएको जनगणनाका लागि जिल्लामा उक्त सङ्ख्यामा सुपरीवेक्षक परिचालन गरिएको हो । सरकारले राष्ट्रिय जनगणना–२०७८ का कार्यक्रम यही भदौ ३० गतेदेखि आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । सोही बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले जानकारी दिएका छन् । “पहिलो चरणको कार्यतालिका बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर फिल्डमा खटाएका छौ,” उनले भने।सुपरिवेक्षकहरुले आगामी असोज १८ गतेभित्र घरपरिवारको सूचीकरण कार्य गर्नेछन् । यस अवधिमा सुपरिव

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 158 पटक पढिएको
  • पाँच वर्षमा लमजुङमा एक सय ३१ बालबालिका हराए

    लमजुङ / लमजुङमा पाँच वर्षमा एक सय ३१ जना बालबालिका हराएका छन् । आर्थिक वर्ष २०७३ देखि ०७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका हुन् । तीमध्ये ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएका थिए ।   कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए ।  गत एक वर्षका अवधिमा २० बालबालिका  हराएका थिए  । तीमध्ये तीन बालक, १७  बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् । सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षि

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 178 पटक पढिएको
  • ‘बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति आवश्यक’

    सिन्धुपाल्चोक / नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन् । ‘विपद्मा कांग्रेसको भूमिका’ विषयमा सोमबार मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उनले बाढी प्रभावितलाई आफ्नो पार्टीले निरन्तर सहयोग जारी राखेको बताएका छन् ।पूर्वमन्त्री उनले राजनीतिक दलको पहिलो कर्तव्य जनता जोगाउनु रहेको जनाउँदै नेता बन्न खोज्नेले जनताका लागि सोच्नुपर्छ भनेका छन् । “हेलम्बु, मेलम्चीका स्थानीयवासीले बाढीको पीडा भोगेका छन् उनीहरूका लागि हामीले सोच्नुपर्छ”, विपद् व्यवस्थापन समितिका संयोजक उनले भने, “बाटोघाटो, पुल पुलेसा निर्माण तत्काल

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 190 पटक पढिएको
  • वडाध्यक्षलाई धम्क्याएर २० लाख मागेको आरोपमा एक पक्राउ

    बिर्तामोड / इटहरीका वडा अध्यक्षलाई धम्क्याएर २० लाख रुपैयाँ मागेको आरोपमा झापाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका –१ बस्ने २४ वर्षीय पुण्यबहादुर श्रेष्ठ रहेका छन् । गत असार १३ गते इटहरी उपमहानगरपालिका –१९ का वडाध्यक्ष श्रीनारायण चौधरीलाई अपरिचित व्यक्तिले फोन गरेर गाली गलौज गरी धम्क्याएर बीस लाख रुपैयाँ मागेका थिए । अपरिचित व्यक्तिले धम्क्याएपछि चौधरीले प्रहरीलाई खवर गरेका थिए । अनुसन्धानका क्रममा धम्क्याउने व्यक्ति दमकका पुण्यबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले  इलाका

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 198 पटक पढिएको
  • अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौँ / देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बङ्गालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन्। “अब मनसुनको समय सकिन केही समय मात्र बाँकी रहेकाले मनसुन विस्तारै कमजोर हुदै जाने क्रममा रहेको छ”, मौसमविद् अर्यालले भने। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका भूभ

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 140 पटक पढिएको
  • वैदेशिक रोजगारमा गएका युवा १६ वर्षदेखि बेपत्ता

    पर्वत / विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् । पर्वतको महाशिला गाउँपालिका –१ होश्राङ्दीको अर्गाउदीका सर्वजित सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन हुन् । साविकको होश्राङ्दी गाविस –७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । विसं २०६२ मा मलेसिया गएका सर्वजीत हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमाया विकले सबैलाई अपिल गरेकी छिन् । राम्रो

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 154 पटक पढिएको
  • मादी हत्या प्रकरण : हत्यामा संलग्न कार्की सार्वजनिक ( भिडियो सहित )

    खाँदबारी / सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा गत भदौ २१ गते बिहान  तेजबहादुर कार्कीको परिवारका ६ जनाको बीभत्स तवरले भएको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।अनुशन्धानमा खटिएका प्रहरीले शुक्रबार नै पक्राउ गरेका तेजबहादुरका नातमा भतिजो पर्ने २६ वर्षीय लोकबहादुर कार्कीले एकै परिवारका छ जनाको हत्या गरेको भन्दै प्रहरीले पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरेको हो । हत्याका विषयमा पहिलो पटक सूचना दिने र खबर गर्ने काम गरेका कार्की नै हत्यामा संलग्न रहेको प्रमाण पाइएकाले उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । हत्याका विषयमा अनुसन्धान गर्न पुगेका प्रहरीलाई सहयोग गरेका का

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 1,841 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.