काठमाडौं— रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाटै रिहा हुने भएका छन्।नक्खु कारागारले अदालतमा पत्र पठाइसकेको छ। अब त्यहाँ उच्च अदालतको आदेशअनुसारका सर्तमा कागज गराएर लामिछानेलाई रिहा गरिने अदालत स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।रुपन्देहीकै बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार बिगोबापत जमानत लिएर रिहा गर्न आदेश दिएको थियो।त्यसको कागजी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही
काठमाडौं— उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती भएको बताएका छन् । सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारसम्बन्धी नीतिगत छलफल कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले सार्वजनिक खर्चको उपयोगिता र सेवाको गुणस्तर नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे ।उनले राज्यले नागरिकबाट संकलन गरेको कर, शुल्क तथा अन्तर्राष्ट्रिय सहायता मार्फत प्राप्त स्रोतलाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गर्ने गरेको बताए ।उनले भने,
विराटनगर— मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा गएराति मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार भित्री सडक हुँदै गोलगाउँबाट कासीजामतर्फ जाँदै गरेको मे ११ प १४० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई गएराति करिब ८ः१५ बजे ठक्कर दिएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका साइकल यात्री सुनवर्षी–४ का ६२ वर्षीय जयरामप्रसाद दासलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले राति ८ः४५ बजे उनलाई मृत घोषणा गरेका मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए ।दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी–४ का २७
काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५८ हजार ४०० रुपैयाँ कायम छ । छापावाल सुन बिहीबार प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार पाँच रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं— नेपाली कांग्रेसकी नेतृ नानु बाँस्तोलाले पार्टीको १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत रुपमा सार्वजनिक भएकाले महाधिवेशन हुँदैन् भन्नेमा आशंका गर्न नहुने बताएकी छिन् । उनले इमान्दारिताका साथ काम गर्न सकेको खण्डमा महाधिवशेन राष्ट्रिय निर्वाचन अगाडि नै सम्पन्न गर्न सकिने बताइन् ।उनले भनिन्,‘यतिबेला पार्टीले महाधिवेशन र निर्वाचनको तयारी दोहोरो जिम्मेवारीका साथ काम गरिरहेको छ । कार्यतालिका नआउँदासम्म महाधिवेशन हुँदैन कि भन्नेमा आशंका थियो तर अब सर्वसम्मत रुपमा आएकाले कुनै शंका गर्नु पर्दैन् । किनभने अब हामीले एक भएर एकताबद्ध रुपमा महाधिवेशनको तयारीमा जुट्नुपर्छ । जसका कारण महाधिवेशन सफल
जनकपुर— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री यादवले आज दिउँसो ४ बजे मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन । मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका यादव ७ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त भएको थियो । नियुक्तिपछि संविधानिक प्रावधानअनुसार ३०दिन भित्र विश्वासको मत लिनुपर्ने भएकाले मुख्यमन्त्री यादवले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।मुख्यमन्त्री यादवलाई जसपा
ललितपुर— ललितपुरको ऐतिहासिक सप्तपाताल पोखरी संरक्षण अभियानका अग्रणी अभियन्ता पूर्ण बहादुर स्थापितको बुधबार ८१ वर्षको उमेरमा निधन भएको छ।स्थापित लामो समयदेखि सम्पदा संरक्षण र सार्वजनिक पोखरीहरूको पुनर्जीवनका लागि सक्रिय थिए। विशेष गरी सप्तपाताल पोखरीको संरक्षणका लागि उनले कानुनी र सामाजिक स्तरमा निरन्तर संघर्ष गर्दै आएका थिए। पोखरीमा अतिक्रमण भएको जग्गा फिर्ता ल्याउन उनी १५ वर्षभन्दा लामो समयसम्म कानुनी लडाइँमा संलग्न रहे, अन्तत उनको संघर्ष विजयमा परिणत भयो।स्थापित पाटन दरबारका प्रमुख डिजाइनर मध्यका एक हुन्। उनका योगदानका कारण ललितपुरले एक समर्पित सम्पदा रक्षक गुमाएकोमा ललितपुरका नागरिकमा गहिरो
काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको अत्यन्तै असहज अवस्थामा पार्टीले राष्ट्रियता, लोकतन्त्र, शान्ति–सुव्यवस्था, सुशासन र विकासको झण्डा उठाएर आन्दोलन गरेको बताएका छन् ।बिहीबार साँझ ११औँ महाधिवेशनको समापन समारोलाई सम्बोधन गर्दै उनले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमाले देशव्यापी आन्दोलनमा उत्रिएको उल्लेख गरे।उनले संविधान मिचिएको अवस्थामा त्यसलाई सही बाटोमा फर्काउने, राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र देशको हितमा आँच आउन नदिने उद्घोषका साथ आन्दोलन अघि बढाइएको बताए।उनले भने, ‘देशको अत्यन्तै असहज अवस्थामा नेकपा एमाले राजनीतिकमा फेरी राष्ट्रियत
काठमाडौं— नेकपा (एमाले)को केन्द्रीय कमिटीसहित पदाधिकारीहरूको बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्ने तय भएको हो।यो बैठक हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक हो।आजको बैठकले पार्टीको आगामी कार्यक्रम, पोलिटब्यूरो र स्थायी कमिटी गठनका विषयमा छलफल गर्नेछ ।तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार नै शपथग्रहण गरिसकेका छन्।११औँ महाधिवेशनबाट एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।
काठमाडौं— देशभरीका एक सय सात विद्यालयका ३५ सय भन्दा बढी खेलाडीहरूको सहभागितामा तेस्रो थन्डर बोल्ट्स कप २०२५ विहीबारबाट जेम्स विद्यालयको खेल मैदानमा सुरु भएको छ ।थन्डर बोल्ट्स कप २०२५ मा समूहगत तर्फ फुटबल, भलिवल, बास्केटबल, फुटसल र क्रिकेट तथा व्यक्तिगत तर्फ पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबल टेनिस, टेनिस, ई–स्पोट्र्सका खेलहरु समावेश गरिएका छन्।‘सपना देख, विश्वास गर, प्राप्ति गर’ भन्ने मूल नाराका साथ जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा प्रतियोगिताको बिहीबार ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले उद्घाटन गरेका थिए।प्रतियोगिताको समुद्घाटन समारोहमा जे
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.