काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । सोमबार सुनको मुल्य तोलाको ९ सयले घटेर तोलाको २ लाख ८९ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि आइतबार सुन तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर तोलाको ४५८५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४६०५ मा कारोबार भएको थियो ।
काठमाडौं / देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीन ठूला सडक दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ । विशेषगरी दैलेखको कर्णाली राजमार्गमा भएको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा बेपत्ता यात्रुको खोजी पाँच दिन बितिसक्दा पनि सफल हुन सकेको छैन ।असार २१ गते आइतबार डोल्पा जिल्लामा भएको अर्को घटनामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार घाइतेहरूलाई उपचारका लागि जुम्ला अस्पतालमा पठाइएको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेताडा क्षेत्रमा असार १८ गते भएको फोर्स गाडी दुर्घ
काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेको पहिलो सय दिनमा मन्त्रालयले नीतिगत सुधार, ऊर्जा पूर्वाधार विस्तार, सिँचाइ व्यवस्थापन, सेवा प्रवाहको आधुनिकीकरण तथा संस्थागत रूपान्तरणतर्फ केन्द्रित भई काम अघि बढाएको छ । मन्त्रालयले सय दिनमा तत्काल देखिने उपलब्धिसँगै दीर्घकालीन सुधारका आधार तयार पार्न विशेष जोड दिएको छ । यस अवधिमा जलस्रोत विधेयक तथा नवीकरणीय ऊर्जा एवं ऊर्जा दक्षतासम्बन्धी विधेयकको मस्यौदा तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिका लागि पठाएको छ । उक्त अवधिमा विद्युत् खरिद सम्झौता पीपीए, जलविद्युत् आयोजनाको अनुमतिपत्र व्यवस्था
काठमाडौं— प्रतिनिधिसभ बैठक आज बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प
काठमाडौं— प्रहरीले करिब १७५ किलो गाँजासहित एक जना पक्राउ गरेको छ ।धनकुटाको महालक्ष्मी नगरपालिका-६ माङमायाबाट लागूऔषध गाँजा करिब १७५ किलो ५७० ग्राम सहित सोही नगरपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले चानुवाबाट लेगुवातर्फ आउँदै गरेको को.२ त ४८९८ नम्बरको ट्याक्टरलाई जाँच गर्दा २२ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्याक्टरमा सवार उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं / प्रगतिशील लोकतान्त्रिक पार्टीले वर्तमान सरकारको सय दिनको समिक्षा गर्दै राष्ट्रिय स्वाधीनतामा असंवेदशील र जनताप्रति अनुदार रहेको ठहर गरेको छ । आइतबार राजधानीमा पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी बालेन सरकारको कदमले निम्न वर्ग पूरै निराश बनेको समेत दाबी गरेको छ । पार्टी अध्यक्ष सन्तोस परियारले सरकार राष्ट्रिय स्वाधीनता, सुशासन, आर्थिक सुधार तथा जनजीविकाका सवालमा असफल रहेको दाबी गरे । सरकारको नीति, प्राथमिकता र कार्यशैलीले मुलुकलाई अपेक्षित उपलब्धि दिन नसकेको बताउँदै परियारले भने, ‘यो सरकार ‘नहुने विरुवाको खस्रो पात’ १०० दिनले प्रष्ट देखाएको छ ।’ परियारले आर्थिक संकट समाधान, रो
काठमाडौं— एमबीबीएस र बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले सरकारले गठन गरेको कार्यदलको सिफारिस तत्काल कार्यान्वयन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। लामो समयदेखि विभिन्न सरकारी निकायमा धाउँदा पनि सुनुवाइ नभएको भन्दै उनीहरूले असार २७ गते काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन्।एमबीबीएस–बीडीएस इन्टर्न स्टाइपेन्ड एकरुपता अभियानका अनुसार विगत करिब ८० दिनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग तथा प्रतिनिधिसभाको शिक्षा–स्वास्थ्य समितिसम्म आफ्नो माग राखिए पनि कुनै ठोस निर्णय नभएकाले आन्
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले आफ्नो १०० दिने कार्यकालमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली कांग्रेसले आयोजना गरेको ‘सरकारका १०० दिन र १०० बुँदे कार्यक्रम’ मा बोल्दै थापाले वर्तमान सरकारले १०० दिनमा ‘लाइफ’ भन्दा ‘लाइक’लाई बढी महत्त्व दिएको आरोप लगाएका हुन् । उनले भने, ‘वर्तमान सरकारले १०० दिनमा लाइफ भन्दा लाइक महत्त्वपूर्ण छ । सरकारले सोच्दै गर्दा निर्णय गर्दैगर्दा मान्छेको कुनै पनि लाइफलाई के फरक पर्छ भनेर नसोच्ने भयो । त्यसले लाइक कति वटा थप्छ भनेर सोच्ने भयो । यो हाम्रो लागि चिन्ताको विषय बन्यो ।’ सरकारले परिणाम दिनु म
काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी मौद्रिक नीतिले निजी क्षेत्रका समस्या समाधान गर्दै उत्पादन, रोजगारी र लगानी विस्तारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले बजेटले केही विषय सम्बोधन गरे पनि बाँकी रहेका महत्वपूर्ण मुद्दा मौद्रिक नीतिमार्फत सम्बोधन हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए। उनले,‘मुलुकले परिवर्तन, हस्तान्तरण र पुस्तान्तरण खोजेर नयाँ छलाङ मार्ने चरणमा प्रवेश गरेको छ। जनता र व्यवसायीको मौद्रिक नीतिप्रति ठूलो अपेक्षा छ। बजेटले सम्बोधन गर्न नसकेका विषय मौद्रिक नीतिले सम्बोधन
काठमाडौं / ठूलो बजेटमा निर्माण भएको पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालमा प्रदर्शनमा आएको छ । क्यापिटल वल्र्डमार्फत नेपाल भित्रिएको ‘लार्जर–द्यान–लाइफ’ अनुभव दिने यो फिल्म शनिबार बेलुकाको शोदेखि देशभर प्रदर्शन भइरहेको छ । फिल्ममा हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरमा रहेको ऐतिहासिक ‘ब्रह्म कमल’ सुनौलो फूलको रहस्यमय संसारलाई भव्य रूपमा प्रस्तुत गरिएको छ ।अभिषेक नामाको लेखन तथा निर्देशन रहेको फिल्ममा मुख्य पात्र रुद्र विराट कर्णलाई भगवान् महादेव शिवको शक्तिशाली र उग्र स्वरूपका रूपमा प्रस्तुत गरिएको छ । उनी आफ्नो समुदाय र धार्म
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.