काठमाडौं / चितवनको भरतपुर महानगरपालिका२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शनिबार राति करिब ११ बजे हात्तीको आक्रमणबाट आमा २१ वर्षीया अशिका बोटे र उनका छोरा ४ वर्षीया भरत बोटेको मृत्यु भएको हो । हात्तीले घरभित्र सुतिरहेको बेला आशिका र ४ वर्षीया छोरा भरतमाथि आक्रमण गरेको थियो । हात्तीको गम्भीर प्रहारबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए । घटनाका क्रममा हात्ती धपाउन खोज्दा थप क्षति भएको छ । आशिका श्रीमान पूर्ण बोटेले हात्तीलाई भगाउने प्रयासमा आगो बा
काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले घरेलु तथा साना उद्योगहरू नै मुलुकको आर्थिक विकासका आधारस्तम्भ रहेको बताएका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सचिव निरौलाले साना–साना उद्योग र व्यवसायको समष्टिगत योगदानले नै ठूला उद्योग तथा समग्र अर्थतन्त्रलाई बलियो बनाउने धारणा राखे । उनले भने, ‘मुलुकको कुनाकाप्चादेखि लिएर थोपा थोपा मिलेर समुद्र बन्छ भनिन्छ । त्यस्तै घरेलु तथा साना उद्योगहरु साना साना व्यवसायहरु नै मिलेर ठूला व्यवसायको आधार स्तम्भ खडा गर्छ । त्यसैले घरेलु तथा साना उद्योग प्राथमिकतामा राख
नुवाकोट / महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन् ।अनुगमनका क्रममा मन्त्री बादीले बाल सुधार गृहमा रहेका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्था, मनोसामाजिक परामर्श, सीप विकास तथा समग्र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै बालबालिका, कर्मचारी तथा सम्बन्धित पदाधिकारीसँग अन्तरक्रिया गरेकी हुन् । सो क्रममा मन्त्रीले कानुनी विवादमा परेका बालबालिकासँग छुट्टै बसेर प्रत्यक्ष संवादसमेत गरेकी थिइन् । गृहका पदाधिकारी र अन्य टोलीका सदस्यहरूलाई समेत बाहिरै राखेर
काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन्।आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकार लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए। उनले सरकारका पहिलो १०० दिन नागरिकलाई परिणाममुखी काम देखाउन केन्द्रित रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता हनन गर्न खोजिएको भन्ने आशंकाप्रति सरकार गम्भीर रहेको बताए। मन्त्री तिमिल्सिनाले लोकतन्त्रको मूल आधार नै प्रेस स्वतन्त्रता भएकाले त्यसलाई कसैले पनि हनन गर्न नसक्ने बताए ।
काठमाडौं / नेपाल सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी १०० कार्यसूची र ‘डेलिभरीः आधारित शासन’को घोषणा नेपाली राजनीतिक(प्रशासनिक वृत्तमा एउटा सकारात्मक तर निकै महत्त्वाकाङ्क्षी कदम थियो। सरकारले आफ्नो सुरुवाती अवधिमा नीतिगत र केही प्रक्रियागत कार्यहरू अघि बढाएको दाबी गरिरहँदा स्वतन्त्र सञ्चार—माध्यम, नागरिक समाज र विषयविज्ञहरूका प्रतिवेदनले भने जमीनको यथार्थ अलि फरक देखाएका छन् । सार्वजनिक खरिद ऐनको संशोधन, राहदानी र चालक अनुमतिपत्रको वितरणमा भएको केही सहजीकरण तथा ऊर्जा निर्यात रणनीतिको तर्जुमा जस्ता तत्कालीन डेलिभरीका क्षेत्रमा सरकारले केही उल्लेख्य उ
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाजसेवा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदानलाई भावी पुस्तासम्म पुर्याउनुपर्ने बताएका छन् ।गौरीशंकर लाल दासको रथारोहण एव सुवार्णपुरा सम्मानमा समारोहमा बोल्दै उनले गौरीशंकर लाल दासको दीर्घायुको कामना गर्दै स्वास्थ्य सेवामार्फत समाजलाई पुर्याएको योगदान सधैं स्मरणीय रहने बताए । उनले भावी पुस्ताले पनि आफ्नो गाउँ र समाजलाई गौरीशंकर लाल दासजस्ता समाजसेवी व्यक्तित्वको कर्मभूमिका रूपमा चिन्ने वातावरण बनाउनुपर्ने बताए । उनले सिराहाबाट स्वास्थ्य सेवामार्फत लामो समयसम्म समाजको सेवा ग
काठमाडौं— सार्वजनिक पदमा रहेका तथा पूर्वपदाधिकारीहरूको सम्पत्तिमाथि छानबिन गर्न गठित आयोगमा ११ हजारभन्दा बढी उजुरी दर्ता भएका छन्। सरकारले ती उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको छ।प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आयोगमा प्राप्त उजुरीको प्रारम्भिक प्रक्रिया सुरु भइसकेको जानकारी दिए।पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित आयोगले पहिलो चरणमा २०६२/६३ देखि २०८२/८३ सम्म सार्वजनिक पदमा रहेका प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा उच
काठमाडौं / कृषि, वन तथा पर्यावरण मन्त्रालयले सरकार गठन भएको १०० दिनमा कृषि, वन तथा पर्यावरण क्षेत्रमा भएको उपलब्धीहरु सार्वजनिक गरेको छ ।मन्त्रालयले कृषि बीमा, मल व्यवस्थापन तथा कृषि उत्पादनको संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न नीतिगत तथा प्रविधिमैत्री सुधारका काम अघि बढाएको जनाएको छ । मन्त्रालयका अनुसार कृषि तथा पशुपन्छी बीमालाई थप सरल, सहज र प्रभावकारी बनाउन कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदानसम्बन्धी कार्यविधि संशोधनको प्रक्रिया अघि उल्लेख गरेको छ । बीमा प्रिमियममा अनुदान वितरणलाई डिजिटल माध्यमबाट व्यवस्थापन गर्न विकसित एग्रिकल्चर एन्ड लाइभस्टक इन्स्योरेन्स सिस्टम संघीय निकायम
काठमाडौं / नेपाल सरकारले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा योग तथा प्राकृतिक चिकित्सा संघद्वारा आयोजित कार्यक्रमका वक्ताहरूले डा.चेतना पौडेललाई अनावश्यक विवादमा तानेको समेत आरोप लगाएका छन् । ९औँ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको सन्दर्भमा आयोजित यो कार्यक्रममा संघका अध्यक्ष डा.जनक बहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई राज्यले प्राथमिकता नदिएको बताए । विश्व भरी प्रभावकारी बन्दै गइरहेको बेला नेपालमा यो चिकित्सा ओझेलमा पर्नु दुर्भाग्य रहेको डा.बस्नेतको कथन छ । ‘पछिल्लो समयमा अत्यधिक रोगीहरू बढ्दै जानुमा राज्यकै नजरम
विराटनग— मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा भिरबाट लड्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय राजकुमार राई रहेका छन्। शनिबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा चुलीपोखरीस्थित भिरबाट लडेर उनको ज्यान गएको प्रहरीले जनाएको छ।घटनाबारे आइतबार बिहान मात्रै जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी चौकी टाँडीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको छ।प्रहरीले घटनाको मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.