बाजुरा— बाजुराको मार्तडी– कोल्टी सडकखण्डको बडीमालिका नगरपालिका ८ र ७ को बिचमा पर्ने अनाई खोलामा निर्माणधीन पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।ठेक्का सम्झौता भएको दुई बर्ष भित्र उक्त पक्की पुलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको हो। गत असार मसान्तसम्म पुलको निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखिए पनि बर्षातको समयमा सामान ढुवानीमा समस्या हुँदा काममा ढिलासुस्ती भएको हो।२०८० मंसिर २९ गते ठेक्का सम्झौता भएको उक्त पुलको निमार्ण कार्य अहिले करिब ९० प्रतिशत पूरा भएको छ । ५ करोड ३४ लाख १० हजार ९१८ रुपैँया लागतमा आईएस पावर अफ जेभी निर्माण कम्पनीले २०८० मंसिर २९ गते पुल निमार्णको ठेक्
काठमाडौं— नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ ।सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।उनका अनुसार पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिक
इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा गोली हानी हत्या गरिएको उनी आबद्ध क्लबले जानकारी दिएको छ ।बढ्दो आपराधिक हिंसाले ग्रस्त बनेको ग्वायाकिलमा यो घटना घटेको हो, जहाँ लागुऔषध तस्करीसँग सम्बन्धित गिरोह गतिविधि तीव्र बन्दै गएको छ । ग्वायाकिल पछिल्ला वर्षहरूमा गिरोह हिंसाको प्रमुख केन्द्रका रूपमा चिनिन थालेको छ र हालैका महिनाहरूमा इक्वेडरका थुप्रै फुटबल खेलाडीहरू आक्रमणको निशानामा परेका छन् ।३३ वर्षीया पिनिडा सन् २०१८ र २०२२ को विश्वकप छनोट चरणमा इक्वेडरको राष्ट्रिय टोलीमा समावेश भएका थियो । यद्यपि सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपको अन्तिम चरणका लागि भने उनी छन
काठमाडौं । उच्च अदालत तुलसीपुरले दिएको आदेशपछि रास्वपाका सभापति रवि लामिछाने शुक्रबारमात्रै थुनामुक्त हुनेछन् ।सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुरु जिल्ला अदालतको आदेश बदर गर्दै रिहाइका लागि आदेश दिएको हो ।"प्रतिवादी रवि लामिछानेको निवेदनका सन्दर्भमा विचार गर्न निजले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट रकम प्रवाह भएको बिगोमध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राखी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार बैंक ग्यारेन्टी लिई मुद्दाको पुर्पक्ष गरीपा
काठमाडौँ । नेकपा एमालेको अध्यक्ष बन्न भारी मतान्तरले विजयी भएका केपी शर्मा ओली केन्द्रीय सदस्यमा भने पराजित भएका छन् । एमालेको विधानअनुसार पदाधिकारीमा उठ्नेले केन्द्रीय सदस्यमा पनि उठ्न सकिन्छ ।अध्यक्षमा १ हजार ६ सय ६३ मत ल्याएर विजयी भएका ओलीले सदस्यमा भने ९ सय ७९ मत पाएर पराजित भए । एमालेको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खुला केन्द्रीय सदस्यको २८ औँ नम्बरमा रहेका ओली पराजित भएको देखिन्छ ।रोचक कुरा अध्यक्षमा ५ सय ६४ मत ल्याएर पराजित भएका ईश्वर पोखरेल केन्द्रीय सदस्यमा भने विजयी भएका छन् । पोखरेल खुला केन्द्रीय सदस्यको ९ नम्बरमा रहेर विजयी भएको एमालेको निर्वाचन
काठमाडौं— नवनिर्वाचित एमाले महासचिव शंकर पोखरेलले पार्टीभित्र लोकतान्त्रिक अभ्यास सफल भएकाले सबैले विगतका कुराहरु विर्सेर एकढिक्क भएर अगाडि बढ्नुपर्ने प्रतिक्रिया दिएका छन् ।काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अन्तिम मत परिणाम सार्वजनिक भएलगत्तै संचारकर्मीहरुसँग कुरा गर्दै अनुभवी र स्वीकार्य नेतृत्व पार्टीले अनुमोदन गर्नुपर्ने भएकाले ओलीको विजयी स्वभाविक भएको बताए ।उनले भने,‘अधिवेशनमा हामीले लोकतान्त्रिक अभ्यास गरेका छौं । हिजो कहाँ थियो भन्ने विर्सेर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । राष्ट्रका सामू उत्पन्न भएका चुनौतिहरुलाई सामना गर्न र पार्टीलाई निर्णायक शक्तिका रुपमा स्थापित गराउने कार
काठमाडौं— देशको साहसिक यात्रा क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको एड्भेन्चर ह्वाइट माउन्टेनले नयाँ पदयात्रा र साहसिक प्याकेजहरू सावर्जनिक गरेको छ ।विश्वभरका पदयात्रीहरूलाई आकर्षित गराउन परिष्कृत यात्रा कार्यक्रमहरू, विलासी र प्रामाणिक हिमालयी अनुभवहरूमा गहिरो ध्यान केन्द्रित गर्दै नयाँ पदयात्रा र साहसिक प्याकेजहरू एड्भेन्चर माउन्टेनले सावर्जनिक गरेको हो । नयाँ प्याकेजहरूले अनुभवी अन्वेषकहरू र आराममा सम्झौता नगरी नेपालको प्राकृतिक भव्यताको स्वाद खोज्नेहरू दुवैलाई पूरा गर्ने ह्वाइट माउन्टेनले जनाएको छ ।नेपालको पर्यटन क्षेत्र विगतका समस्याहरुबाट मुक्त हुँदै गर्दा पदयात्रा यसको महत्वपूर्ण
काठमाडौं— फिफा काउन्सिलले सन् २०२६ मा आयोजना हुने विश्वकपका लागि हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार रकम स्वीकृत गरेको छ ।आगामी विश्वकपमा सहभागी टोलीका लागि कुल ६५५ मिलियन अमेरिकी डलर पुरस्कार वितरण गरिने भएको हो । जुन २०२२ मा कतारमा भएको विश्वकपको तुलनामा झण्डै ५० प्रतिशतले बढी हो ।विश्वकपको उपाधि जित्ने टोलीले ५ करोड अमेरिकी डलर पुरस्कार पाउनेछ, जुन अघिल्लो संस्करणमा प्रदान गरिएको रकमभन्दा ४ करोड २० लाख डलर बढी हो । उपविजेता टोलीलाई ३ करोड ३० लाख डलर दिइनेछ ।यस्तै, तेस्रो स्थान हासिल गर्ने टोलीले २ करोड ९० लाख र चौथो स्थानमा रहने टिमले २ करोड ७० लाख डलर प्राप्त गर्ने फिफाले जनाएको छ । यस्त
काठमाडौं— नेपाली कांग्रेसका नेता गुरु राज घिमिरेले अबको नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने दाबी गरेका छन् ।बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले नेपाली कांग्रेसले आगामि दिनमा देशको प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशबाटै नेतृत्व गर्नेमध्येकालाई दिने निर्णय गरेको जानकारी गराएका छन् ।बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै घिमिरेले नेपाली कांग्रेस नेतृत्वमा आउने बित्तिकै प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशलाई दिने संकल्प गरेको घोषणा गरेका छन् ।उनले देशको प्रथम राष्ट्रपति पनि नेपाली कांग्रे
काठमाडौं— झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन् । झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौंबाट दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकबल गाउँपालिका–३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल र झापाको भद्रपुर नगरपालिका–९ का ४१ वर्षीय सूर्यबहादुर खड्का पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।झुठ्ठा विवरण पेस गरेर नागरिकता,
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.