स्वास्थ्य

    Showing 1,161-1,170 of 2,151 items.
  • देशभर थप ८०५ जनामा संक्रमण पुष्टि,८ को मृत्यु

    बिर्तामोड / आज देशभर  थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २६४ पीसीआर र ३ हजार ४०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ८०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २८२ पुगेको छ। कुल संक्रमितमध्ये १५ हजार ९४२ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ९११ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ७३ हजार १४० पुगेको छ। उक्त अवधिमा ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ। हाल १४७२८ जना होम आइसोल

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 77 पटक पढिएको
  • प्रदेश एक कोरोना अपडेट : थप १२६ जनामा संक्रमण पुष्टि, २को मृत्यु

    बिर्तामोड / प्रदेश एकमा आज थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५१९ जनाको पीसीआर परीक्षण गर्दा ९० र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४०, मोरङमा २६, सुनसरीमा १३, धनकुटामा ५, इलाममा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।झापाको विर्तामोडमा १४, दमकमा ६, कनकाईमा ५, अर्जुनधारामा ४, मेचीनगर र शिवसताक्षीमा ३–३, भद्रपुर र कमल गाउँपालिकामा २–२  र झापा गाउँपालिकामा १, मोरङको विराटनगरमा १८, उर्लाबारीमा ४, कानेपोखरी, सुन्दरहरैचा, कटहरी र सुनबर्षीमा १–१, सुनसरीको धरानमा

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 128 पटक पढिएको
  • कोरोना सङ्क्रमित देशबाट भित्रिने व्यक्तिबाट सङ्क्रमण हुने जोखिम

    सुदूरपश्चिम / कोरोना भाइरस सङ्क्रमणको समस्या रहेको भारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको थप जोखिम देखिएको छ। स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले चाडपर्व नजिकिएसँगै कोरोना सङ्क्रमित देश भारतबाट भित्रिने नेपाली बढ्दा कोरोना भाइरसको जोखिम पनि बढेको बताए। उनले भने, 'चाडपर्व नजिकिएसँगै पछिल्ला दिनमा सीमानाकाबाट भित्रिने बढ्दै जाँदा जोखिम थप बढेकाले थप सचेत हुनुपर्ने देखिएको छ।'त्रिनगर सीमानाका ९कैलाली०मा सञ्चालित हेल्थ डेस्कका अहेब गणेश साउदले पछिल्ला दिनमा भारतबाट घर फर्किने नेपालीको भीड ह्वात्तै बढ्दा भित्रिनेलाई ला

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 135 पटक पढिएको
  • उपचाररत बालिकाको ज्यान गएपछि आफन्तद्वारा अस्पताल तोडफोड

    पाँचथर / जिल्ला अस्पताल पाँचथरमा उपचाररत बालको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् । ज्वरो आएपछि अस्पतालमा भर्न भएकी बालिकालाई सुई लगाउने बितिक्कै ज्यान गएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । फालेलुङ गाउँपालिका –८ घर भई हाल फिदिम २ मा बसोबास गर्दै आएकी साढे तीन वर्षीया बालिका क्रिष्टिना थाम्सुहाङलाई ज्वरो आएपछि केही दिन अघि अस्पतालमा भर्ना गराइएको थियो । उपचारको क्रममा सुई लगाउने बितिक्कै बालिकाको ज्यान गएपछि अस्पतालको लापरवाहीले गर्दा बालिकाको ज्यान गएको भन्दै बुधबार बिहानै देखि प्रदर्शन गरेका आफन्तले बेलुका ८ बजे अस्पताल तोडफोड गरेका हुन् । बालिकाको शव समेत

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 164 पटक पढिएको
  • २४ घण्टा १०४३ जनामा कोरोना संक्रमण पुष्टि

    बिर्तामोड / आज देशभर थप एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार १६५ जनाको पिअिसार परीक्षण गर्दा ८९१ र चार हजार ३०० जनाको एन्टीजेन परीक्षण गर्दा १९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ।देशभर १६ हजार १९४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १४ हजार ९७५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार २१९ संक्रमित छन् भने  ३३८ जना आइसियुमा र ११५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ। देशभर ४७६ जना क्वारेन्टाइनमा रहेको स्व

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 76 पटक पढिएको
  • पहिलोपटक तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै नेपालमा

    गलेश्वर / नेपालमा पहिलो पटक तातो पानीबाट उपचार गर्ने अस्पताल निर्माण हुने भएको छ । म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा अस्पताल निर्माण हुने भएको हो । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका –४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । शाक्यका अनुसार तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक रूपमा नै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानीलाई प्रयो

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 118 पटक पढिएको
  • ‘रेबिजमुक्त काभ्रे’को प्रतिबद्धता

    काभ्रेपलाञ्चोक / एक महिनाको अवधिमै प्राणघातक रोग रेबिजबाट जिल्लामा एक बालकसहित तीनको मृत्यु भएपछि यहाँका जनप्रतिनिधिले रेबिज रोगमुक्त जिल्ला बनाउने प्रतिबद्धता जनाएका छन्। कुकुरको टोकाइबाट हुने रेबिजबाट मानवीय क्षति शून्य बनाउन जिल्लाका १३ स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्।पशु सेवा विभागका महानिर्देशक दमयन्ती श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले रेबिजमुक्त जिल्ला बनाउन स्थानीय जनप्रतिनिधिलाई प्रेरित गरेका थिए। प्रतिबद्धतापत्रमा रेबिज नियन्त्रणका लागि आवश्यक पर्ने स्रोत, साधन, खोप, जनशक्ति तथा प्रविधिको प्रयोग, घरपालुवा कुकुर

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 118 पटक पढिएको
  • भारतसँग खरिद गरेको १० लाख डोज खोप शनिबारसम्म आइपुग्ने

    काठमाडौं / गत फागुनमा भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप शनिबारसम्म नेपाल आइपुग्ने भएको छ।भारतको सेरम इन्स्टिच्युटसँग गत फागुन ५ गते २० लाख डोज खोप खरिदका लागि रकम पठाएको मध्ये १० लाख डोज खोप मात्र नेपाल आइसकेको छ । बाँकी रहेको १० लाख डोज खोप लगभग शनिबारसम्म आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘कुन बार भन्ने अझै तय भइसकेको छैन तर शनिबारसम्म खोप आइपुग्ने कुरा भएको छ,’ व्यवस्थापन महाशाखा स्रोतले भन्यो।भारतले नेपाललाई ११ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो भने २० लाख डोज सरकारले खरिद गरेको थियो।

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 140 पटक पढिएको
  • बेड अभावमा अस्पताल बाहिरै झाडापखालाका बिरामी

    कपिलवस्तु / कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं ७, ८,९ मा झाडापखालाका बिरामीलाई बाहिरै राखेर उपचार गरिँदै छ । शिवराज अस्पतालमा बेडको अभाव भएपछि  झाडापखालाका बिरामीलाई अस्पताल परिसरमा राखेर उपचार गरिएको हो । शिवराज अस्पतालमा झाडापखालाका ५२ जना बिरामीलाई भर्ना गरिएको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको डा मुकेश चौधरीले बताएका छन् । 

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 109 पटक पढिएको
  • राज्यमन्त्री श्रेष्ठ एकै दिन तीन अस्पताल पुगेपछि...

    काठमाडौँ  / सोमबार भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकनका क्रममा बिरामीको अत्यधिक चाप तर ठाउँ अभावले अस्तव्यस्त दृश्य र चुलिएको समस्या देखेर स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको मन चस्स भयो। भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले कोभिड(१९ का कारण बढ्दो बिरामी थेग्न बनाइएको अस्थायी संरचनादेखि रेक्टोफिटिङ हुँदै गरेको आकस्मिक कक्ष, नयाँ बन्दै गरेको भवन, कोभिड ब्लक, नयाँ आइसियुदेखि अस्पतालको समग्र अवस्थाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराए। अस्पतालले कोभिड महामारीमा गरेको

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 120 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा