स्वास्थ्य

    Showing 1,191-1,200 of 2,397 items.
  • कोरोना भित्रिएयताकै उच्च संक्रमण, देशभर थपिए१० हजार बढी संक्रमित

    बिर्तामोड / आज देशभर १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो। यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो। यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो।मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ। यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ। 

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 188 पटक पढिएको
  • मन्त्रिपरिषद्को निर्णयसँग बाझियो काठमाडौं प्रशासनको आदेश

    काठमाडौं / काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले निर्णय मन्त्रिपरिषद्को निर्णयसँग बाझिएको छ ।पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले विवाह, व्रतबन्ध, पास्नी, मृत्यु संस्कार लगायतका धार्मिक तथा सांस्कृतिक क्रियाकलाप  सञ्चालन गर्दा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने भनिएको थियो ।तर, मंगलबार काठमाडौं उपत्यकाका प्रशासनहरूले जारी गरेको आदेशमा यस्ता क्रियाकलापमा ५० जनासम्मको उपस्थिति रहन दिने निर्णय गरेको उल्लेख छ ।मन्त्रिपरिषद्ले पार्टी प्यालेसमा २५ जनाभन्दा बढीको भेलामा रोक लगाए पनि प्रशासनले ५० जनासम्म उपस्थित हुन दिने भएको छ । जसका लागि प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृत

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 166 पटक पढिएको
  • थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं  /  पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार नमुनाको पीसीआर  परिक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।हाल देशभरमा ३० हजार ८७७ सक्रिय संक्रमित छन् ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 157 पटक पढिएको
  • विश्वमा एकै दिन १९ लाख ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    एजेन्सी  / विश्वभर पछिल्लो २४ घण्टामा १९ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वल्डोमिटरस डट इन्फोको तथ्याङ्क अनुसार विश्वमा एकै दिन १९ लाख ४२ हजार ४८ जना सङ्क्रमित थपिएका हुन् ।योसँगै विश्वमा ३२ करोड ८६ लाख ७७ हजार ७०८ जना कोरोनाबाट सङ्क्रमित भएको वल्डो मिटरसले उल्लेख गरेको छ । त्यस्तै विश्वमा एकै दिन तीन हजार ९९९ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५५ लाख ५७ हजार ६०५ पुगेको छ । त्यस्तै २४ घण्टामा १० लाख एक हजार ७७ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । योसँगै विश्वमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २६ करोड ७६ लाख २२ हजार ९७४ पुगेको छ ।वल्ड

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 136 पटक पढिएको
  • पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

    बिर्तामोड / संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।  मन्त्री आलेको  स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।मन्त्री आलेका स्वकीय सचिव रेग्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । मन्त्री आलेको कन्ट्याकट्रेसिङमा परेका मन्त्रालयका कर्मचारीहरू  स्वाब परीक्षणको तयारीमा छन् । मन्त्री आलेको सचिवालयले सम्पर्कमा आएका सबैजनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।मन्त्रीमा कोरोना देखि

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 154 पटक पढिएको
  • माओवादी अध्यक्ष प्रचण्ड कोरोनामुक्त

    काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोनामुक्त भएका छन् । उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिएकी छन् । हप्ता दिनअघि कोरोना पोजेटिभ भएका प्रचण्ड त्यसपछि होम आइसोलेसनमा रहेका थिए । उनले घरमै बसेर आवश्यक उपचार गराएका थिए ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 147 पटक पढिएको
  • नोबेल मेडिकल कलेजका विद्यार्थीको आन्दोलन जारी

    विराटनगर / नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा पीडित विद्यार्थीले आन्दोलन जारी राखेका छन् ।उनीहरूले आइतबार कलेजको प्रवेश द्वारमा अनशन बसेर नाराबाजी गरेका थिए । विद्यार्थीको विरोधले अस्पतालको सेवा प्रभावित भएको थियो । आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले कलेजमा सुरक्षा व्यवस्था कडा पारेको थियो ।कलेज सञ्चालक सुनील शर्माका दाइ खगेन्द्रप्रसाद न्यौपाने, कलेज प्रबन्धक नारायण दाहाल र कलेजका अन्तर्राष्ट्रिय निर्देशक तथा होस्टल सञ्चालक निरञ्जन यादवले चार जना अभिभावकलाई विद्यार्थीको भविष्य बिग्रिने भन्दै श

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 146 पटक पढिएको
  • नोबेल र विद्यार्थीका अभिभावकबीच भएको सहमतिमा ६ विद्यार्थी संगठनको विरोध

    विराटनगर  / नोबेल मेडिकल शिक्षण अस्पताल र आन्दोलनरत विद्यार्थीका अभिभावकबीच भएको सहमतिको विभिन्न ६ विद्यार्थी सङ्गठनले विरोध गरेका छन् । आर्थिक प्रलोभनमा परेर चार जना बिकाउ अभिभावकले पीडित विद्यार्थी, संयुक्त विद्यार्थी संगठन र चिकित्सा शिक्षा संघर्ष समितिको उपस्थिति बिनानै सहमति गरेको भन्दै ६ विद्यार्थी सङ्गठनले विरोध गरेका हुन् । संयुक्त विद्यार्थी संगठनको आन्दोलन चलिरहेकै बेला गत माघ १ गते नोबेल मेडिकल कलेज प्रशासन र केही अभिभावकबीच पाँच बुँदे सहमति भएको थियो । विद्यार्थी सङ्गठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आर्थिक प्रलोभनमा परेर चार जना अभिभावकले सहमति गरेको भन्द

    • प्रकाशित मितिः माघ २, २०७८
    • 254 पटक पढिएको
  • माघ २ र १४ गतेदेखि कोरोनाको बुस्टर डोज लगाउने सरकारकाे निर्णय

    काठमाडौँ / सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ । यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो ।स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपङ्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरूलाई बुस्टर डोज दिन लागिएको हो। त्यसका लागि माघ २ र १४ गते तोकिएको छ ।माघको सुरुमा अग्रपङ्तिमा खटिने व्यक्तिहरूलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरूलाई बुस्टर डोज दिन निर्णय भएको बस्नेतले जानकारी दिइन् ।पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरूलाई बुस्टर डोज लगाइने छ ।

    • प्रकाशित मितिः माघ १, २०७८
    • 214 पटक पढिएको
  • सातौँ राष्ट्रिय योग दिवस मनाइँदै

    काठमाडौँ /  ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ । योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।तत्कालीन शान्ति तथा पुनःनिर

    • प्रकाशित मितिः माघ १, २०७८
    • 146 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.