स्वास्थ्य

    Showing 1,211-1,220 of 2,502 items.
  • अस्पतालबाट डिस्चार्ज भए सत्यमोहन जोशी

    काठमाडौँ  / संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार किस्ट अस्पताल भर्ना भएका उनी आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।उनको स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । जोशी अस्पताल भर्ना भएको ६ दिनपछि डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 250 पटक पढिएको
  • नोबेल अस्पतालका सबै सेवा खुल्ला छन्, भ्रममा नपर्नुहोस् : अस्पताल प्रशासन

    बिर्तामोड / विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सुचारु रहेको जानकारी दिएको हो ।अस्पतालका सेवाहरू सुचारु भए/नभएको विषयमा बिरामीहरूले टेलिफोनबाट सोधपुछ गर्ने क्रम बढेको भन्दै अस्पताल प्रशासनले यो विषयमा सूचना जारी गरेको हो । ‘केही दिनदेखि अस्पताल सेवा बन्द रहेको भनी जनमानसमा भ्रम फैलिएको र धेरै बिरामीहरूले अस्पतालमा फोन सम्पर्क गरी सोधखोज गरिरहनु भएको छ,’ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘नोबेलको ओपीडी, इमर्जेन्सी, भर्ना, अप्रेसन लगायत सम्पूर्ण सेवा सुचारु रहेको जानकारी गराइन्छ ।’नो

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 319 पटक पढिएको
  • देशभर ८३६ संक्रमित थपिए, ४ जनाको मृत्यु

    काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५४ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो सङ्ख्यामा कोरोना संक्रमित थपिएका हुन् ।त्यस्तै सोही अवधिमा १ हजार ८२६ जना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख २४ हजार ६४८ पुगेको छ ।कोरोनाका कारण आज थप ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८८२ जनाले ज्यान गुमाएका छन् ।

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 241 पटक पढिएको
  • कोरोना कहर : दक्षिण कोरियामा नेपाली श्रमिक लैजान रोक

    काठमाडौँ / कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उदृत गर्दै सउल स्थित नेपाली दूतावासले जानकारी गराएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गरि लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भइ रोकिएका श्रमिकहरूको अर्को उडा

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 279 पटक पढिएको
  •  के हो बालरोग ?

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 154 पटक पढिएको
  • कोरोना अपडेट : देशभर थप १ हजार १ सय २८ जनामा संक्रमण पुष्टि, १४ को मृत्यु

    बिर्तामोड  / आज देशभर थप  १ हजार १ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार १४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । त्यस्तै, आज २ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ३२ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २० हजार ९ सय ८९ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 192 पटक पढिएको
  • कोरोना अपडेट : आज थप एक हजार १३ जनामा संक्रमण पुष्टि, १२ को मृत्यु

    बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा एक हजार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा दुई हजार २३८ कोरोना संक्रमणमुक्त हुँदा संक्रमणमुक्त हुनेको संख्या नौ लाख ३० हजार ६०७ जना छन् ।

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 264 पटक पढिएको
  • ओमिक्रोन अन्तिम भेरिएन्ट नभएको डब्ल्युएचओको भनाई

    एजेन्सी  / विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोभिड–१९ को ओमिक्रोन नै अन्तिम भेरियन्ट नभएको भन्दै सचेत रहन विश्वजगतलाई आग्रह गरेको छ ।डब्लूएचओको कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेन्ले केरकोभले ओमिक्रोनका ४ फरक–फरक भेरियन्ट पत्ता लागेको भन्दै यो भेरियन्ट कोभिडको वाइल्ड कार्ड भएको बताएका छन् । केही राष्ट्रहरुमा ओमिक्रोनको संक्रमण दर कम हुँदै गएको भएपनि लापरवाहीले पुनः नयाँ भेरिन्ट विकास नहोला भन्न नसकिने उनको भनाइ रहेको छ ।

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 219 पटक पढिएको
  • शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्यमन्त्री अस्पतालमा

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन् । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उनले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।सो अवसरमा मन्त्री खतिवडाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिए । मन्त्री खतिवडाले जोशी जिउँदो इतिहास भएको भन्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वा

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 352 पटक पढिएको
  • नक्कली पिसीआर रिपोर्ट बनाउने दुई पक्राउ

    चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना सङ्कलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई यही माघ २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ परेका उनीहरुलाई लिखत् सम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत म्य

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 206 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.