स्वास्थ्य

    Showing 1,281-1,290 of 2,502 items.
  • सातै प्रदेशमा सिटामोल वितरण

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) काठमाडौँ उपत्यका लगायत देशका मुख्य सहरमा सिटामोल लगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोल सहितका अन्य औषधी सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिटामोललगायत औषधिको अभाव नभएको जानकारी गराए । उनले केन्द्रीय मेडिकल स्टोर बाराबाट सातवटै प्रदेशलाई सिटामोल वितरण गरिएको बताए ।प्रदेश १ कोप्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको उनलेजानकारी दिए । यस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 210 पटक पढिएको
  • आज नेपालमा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं  / पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ तथा ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जना गरी १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने ७६६ जना निको भएका छन् ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ भने ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रम

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 152 पटक पढिएको
  • ओमिक्रोन भेरियन्टप्रति सजक रहन डब्ल्यूएचओको आग्रह

    एजेन्सी / विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड –१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताएका छन् ।जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्रेयससले ओमिक्रोन भेरिएन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गरेका हुन् । ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भएपनि यसलाई नजरअन्दाज गर्न नहुने उनको सुझाब छ ।गेब्रेयसले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र मृत्यु पनि भएकाले स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड बढेको सम्मेलनमा बताए । संसारभर ओमिक्रोनको अस्वभाविक वृद्

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 144 पटक पढिएको
  • सिंह र बिरालोमा पनि देखियो कोरोना

    काठमाडौँ / दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड  देखिएको छ । कोभिड सङ्क्रमित ती दुवै जनावरहरूमा पनि मानिसमा जस्तै लक्षण देखिएको थियो । उनीहरूलाई पनि सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण देखिएको थियो । सङ्क्रमित जनावरहरूले श्वास फेर्न कठिनाइ महसुस गरेको बताइएको छ ।जनावरको  रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रिटोरिया  विश्वविद्यालयका वैज्ञानिकहरूले बताएका छन् । यस अघि मानिसबाट जनावरमा कोभिड सर्ने वैज्ञानिकहरूले बताएका थिए । भाइरस जनावरमा फैलिरहे नयाँ भेरियन्ट उत्पत्ति हुन सक्ने बताउँदै आएका छन् ।  जनावरमा गरिएका परीक्षणमा कोरोन

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 278 पटक पढिएको
  • भेरोसेल खोप अभाव, पहिलो र बुस्टर डोज रोक्न सरकारको निर्देशन

    काठमाडौं / ४० लाख डोज खोप हराएको खबर सार्वजनिक भइरहेको बेला सरकारले चिनियाँ भेरोसेल खोप अभाव रहेको स्वीकार गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोपको मौज्दात निकै कम रहेको भन्दै पहिलो र बुस्टर डोज खोप नलगाउन भनेको छ ।भेरोसेलको पहिलो डोज लगाएकाहरूलाई मात्रै दोस्रो डोज लगाउन विभागले भनेको हो । बुधबार पनि उपत्यकाका अधिकांश खोप केन्द्रहरूमा एक घण्टाभित्रै भेरोसेल खोप सकिएको थियो जसका कारण लाइनमा बसेका सेवाग्राहीहरू आक्रोशित हुँदै फर्किएका थिए ।बुधबारदेखि नै भेरोसेलको मात्र एउटा खोप केन्द्रलाई दुई सय डोज भन्दा कम पठाउन थालिएको पनि विभागले जनाएको छ ।सरकारले माघ २ गतेदेखि फ्रन्टलाइनरमा काम ग

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 265 पटक पढिएको
  • कोरोना भाइरसको परीक्षण शुल्क घट्यो

    काठमाडौँ /  सरकारले कोरोना भाइरसको परीक्षण शुल्क घटाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोनाको पीसीआर परीक्षण शुल्क समायोजन गरिएको जानकारी दिएका हुन् ।मन्त्रालयका अनुसार अब सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८००  रुपैयाँ लाग्ने छ, भने निजी प्रयोगशालाले १५ सय रुपैयाँ परीक्षण शुल्क लिन सक्नेछन् ।यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गरिएको एक हजार रुपैयाँ र निजी प्रयोगशालामा दुई हजार रुपैयाँ शुल्क लाग्दै आएको थियो ।

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 278 पटक पढिएको
  • २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि , ४ जनाको मृत्यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै सङ्क्रमति संख्या हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।हाल देशभरमा ४७ हजार ९२९ जना सक्रिय संक्रमित छन् ।

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 257 पटक पढिएको
  • कोरोना परीक्षण शुल्क घट्यो

    काठमाडौं / सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरूको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइने भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको हो ।बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी अस्पतालहरूमा कोभिडको पीसीआर परीक्षणका लागि ८ सय रुपैयाँ र निजीमा १५ सय रुपैयाँ शुल्क कायम गरिएको जानकारी दिएका छन् ।यसअघि सरकारी अस्पताल र प्रयोगशालामा कोरोना परीक्षणको १ हजार रुपैयाँ निजी अस्पताल तथा प्रयोगशालामा २ हजार रुपैयाँ थियो ।

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 135 पटक पढिएको
  • अवैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई कारबाही गरिन्छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं / सरकारले अवैध रुपमा कोरोनाविरुद्धको खोप बेच्ने र किनेर लगाउने दुवै जनालाई कारबाही गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना जारी गरेर अवैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई कानून बमोजिक कडा कारबाही गर्ने जनाएको हो ।विभिन्न क्लिनिकहरुमा अवैध रुपमा कोरोना भाइरसविरुद्धको खोप बेच्ने तथा लगाउने गरिएको समाचारहरु बाहिरिन थालेपछि मन्त्रालयले यस्तो सूचना जारी गरेको हो । सरकारले कोभिड–१९ विरुद्धको खोप तथा बूस्टर डोज विभिन्न स्थानमा निःशूल्क लगाइरहेको छ ।मन्त्रालयमार्फत् जारी सूचनामा भनिएको छ, ‘अबैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानून बमोजिम कारबाह

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 154 पटक पढिएको
  • माघ ७ देखि खोप कार्ड अनिवार्य

    बिर्तामोड / सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने नियम लागू गर्ने भएको छ । सिसीएमसीले पनि यो नियम कडाइका साथ कार्यान्वयनमा ल्याउन सरकारलाई सिफारिस गरेको थियो ।गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले माघ ७ देखि खोप कार्ड अनिवार्य बोक्नुपर्ने नियम कडाइका साथ लागू गरिने निर्णय गरेको छ ।साथै माघ १६ देखि २० गतेसम्म कोरोनाविरूद्ध खोप लगाउनका लागि विद्यालय खोल्न दिने तयारी छ ।साथै जहाजमा यात्रा गर्नेहरूले पनि खोप कार्ड देखाउनुपर्ने भएको छ । अनलाइनमार्फत जहाजको टिकट काट्दा पनि खोप कार्ड अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 173 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.