स्वास्थ्य

    Showing 1,281-1,290 of 2,152 items.
  • भारतबाट ल्याएको ७५ लाख मूल्य बराबरको औषधी बरामद

    लहान / अवैध रुपमा भारतबाट नेपाल भित्रिएको लाखौ मूल्य बराबरको औषधी प्रहरीले बरामद गरेको छ ।भन्सार छली गरि भित्रिएको करिव ७५ लाख मूल्यको औषधी इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले बरामद गरेको हो ।शनिवार बिहान लहान –१९ कटाहा चौकबाट औषधी बोकेको लु १ स ८००७ नम्बरको अटो चेकजाँचका क्रममा अवैध रुपमा भित्रिएको औषधी फेला परेको इलाका प्रहरी कार्यालय लहानले जानकारी गराएको छ ।इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दाहालले नियन्त्रणमा लिइएको अटोबाट  ३५ लाख ९३ हजार ९ सय २० रुपैयाँ मूल्य बराबरको रिकल–केटु–सेभेन  

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 150 पटक पढिएको
  • कोभिड–१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ रोग

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको जनाएका छन् । उनले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेका छन् । कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुल

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 188 पटक पढिएको
  • सङ्क्रमणको अङ्कभार ६५ भन्दा बढी देखिए रेडजोनमा राखिने

    सुर्खेत  / जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्मार्ट लकडाउन कार्यविधिमा तोकिएको अङ्कभार ६५ भन्दा माथि कोभिड सङ्क्रमण देखिएमा त्यस्ता स्थानीय तहलाई रेडजोनमा राख्ने बताएको छ । जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट लकडाउन कार्यविधिमा ६५ अङ्कभारभन्दा माथि कोभिड सङ्क्रमण भएमा रेडजोनमा राख्ने र कडा लकडाउन गर्नुपर्ने उल्लेख गरिएको बताएका छन् । अधिकृत वाग्लेले भने, “वीरेन्द्रनगरको अङ्कभार ६६ छ । भेरीगङ्गा नगरपालिकाको ४२ र गुर्भाकोटका २१ छ । अङ्कभारका लागि दिइएका सूचकमा दुई हप्तामा कोभिड नयाँ सङ्क्रमणको वृद्धि दर, मृत्युदर, बेड क्षमतालगायत रहेका छन् ।” उनले सुर्खेतका विद्यालय खु

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 108 पटक पढिएको
  • आज थप एक हजार ७५६जनामा संक्रमण पुष्टि, २३ को मृत्यु

    बिर्तामोड / आज देशभर थप एक हजार ७५६जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३३४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ७७३ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ३५७  र चार हजार ५६१ जनाको एन्टीजेन परीक्षण गर्दा ३९९ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर दुई हजार  २७४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ।  देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 111 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : थप ४१९ जनामा संक्रमण पुष्टि, ७ को मृत्यु

    विराटनगर / प्रदेश १ मा आज थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० र ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९०, झापामा ५५, सुनसरीमा २२, इलाममा १५, धनकुटामा ६, ताप्लेजुङमा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज ४७० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२९ महिला र २४१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ प

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 114 पटक पढिएको
  • पाँच प्रदेशका १९ जिल्ला अझै पनि कोरोनाको उच्च जोखिममा

    बिर्तामोड / देशभरका १९ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। पाँच  प्रदेशका १९ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार प्रदेश १ को ३ जिल्ला, बागमतीको ८, गण्डकीको ६, लुम्बिनीको एक र कर्णालीको एक वटा गरी जम्मा १९ ओटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।सक्रिय संक्रमित रहेका जिल्लाहरूमा प्रदेश १ को मोरङ, सुनसरी र झापा, बागमतीको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र नुवाकोट रहेको मन्त्रालयले जनाएको छ। त्यसैगरी गण्डकी प्रदेशको नवलपरासी पूर्व

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 175 पटक पढिएको
  • नेपाल भारत सीमा नाकामा कोरोना विरुद्धको खोप

     कञ्चनपुर / पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताएका छन्। “एक साता अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ” उनले भने, “हालसम्म भारतबाट फर्कने ३०० भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।” सीमा नाकामा पहिलो खोप लाउनेले दोश्रो मात्रा सम्बन्धित जिल्लामै लगाउनुपर्ने भएको छ ।  दैनिक सीमा नाका भएर आउने ५० भन्दा बढी आउने  गरेका छन्  । खोपको सामान्य ‘साइड इफेक्ट’ रहेपनि हालसम्

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 141 पटक पढिएको
  • बिएण्डसीको ज्यादती : पैसा नतिरेको भन्दै श्रीमान – श्रीमती नै बन्धक

    बिर्तामोड / संविधानले नै नागरिकको स्वास्थ्य उपचारको हकको ग्यारेण्टी गरेको छ । संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था रहेको छ । संविधानमा नै प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने  र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था गरिएको छ ।प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक रहने पनि संविधानमा व्यवस्था गरिएको छ । तर उपचार खर्च तिर्न नसक्नेलाई देशभरका निजी अस्पतालले बन्धक बनाएको समाचार लगातार रुपमा सार्वजनिक हुन थालेका छन् ।उपचारका लागि अस्पताल पुगेका र उपचार खर्च तिर्न नसकेका नागरिकलाई निजी अस्पतालले

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 184 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज थप ३८३ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २३० जनाको. पीसीआर परीक्षण गर्दा २८० र ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९, झापामा ७७, सुनसरीमा ६६, इलाममा ५, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ४५, सुन्दरहरैचामा २४, पथरीशनिश्चरेमा १९, बुढीगंगामा ९, केराबारीमा ४, रंगेलीमा ३, धनपालथान, कटहरी, ग्रामथान, उर्लाबारी, सुनबर्षी र बेलबारीमा २–२, रतुवामाई, लेटाङ र कानेपोखरीमा १–१, झापाको दमकमा २४,

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 136 पटक पढिएको
  • विश्व स्वास्थ्य सङ्गठनले दियो नेपाललाई बधाई

    बिर्तामाेड / विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बधाई दिएको छ । सङ्गठनले छाेटो समयमा नै नेपालले कोरोनाविरुद्धको खोप लगाउन योग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएको भन्दै बधाइ दिएको हो । विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले बधाई दिएका हुन् ।हालसम्म ५४ लाख २५ हजार ८ सय ८८ जनाले पहिलो मात्रा र ४६ लाख ७७ हजार ७ सय ९६ जनाले खोपको दुवै मात्रा लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 110 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा