स्वास्थ्य

    Showing 1,301-1,310 of 2,502 items.
  • माओवादी अध्यक्ष प्रचण्ड कोरोनामुक्त

    काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोनामुक्त भएका छन् । उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिएकी छन् । हप्ता दिनअघि कोरोना पोजेटिभ भएका प्रचण्ड त्यसपछि होम आइसोलेसनमा रहेका थिए । उनले घरमै बसेर आवश्यक उपचार गराएका थिए ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 152 पटक पढिएको
  • नोबेल मेडिकल कलेजका विद्यार्थीको आन्दोलन जारी

    विराटनगर / नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा पीडित विद्यार्थीले आन्दोलन जारी राखेका छन् ।उनीहरूले आइतबार कलेजको प्रवेश द्वारमा अनशन बसेर नाराबाजी गरेका थिए । विद्यार्थीको विरोधले अस्पतालको सेवा प्रभावित भएको थियो । आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले कलेजमा सुरक्षा व्यवस्था कडा पारेको थियो ।कलेज सञ्चालक सुनील शर्माका दाइ खगेन्द्रप्रसाद न्यौपाने, कलेज प्रबन्धक नारायण दाहाल र कलेजका अन्तर्राष्ट्रिय निर्देशक तथा होस्टल सञ्चालक निरञ्जन यादवले चार जना अभिभावकलाई विद्यार्थीको भविष्य बिग्रिने भन्दै श

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 150 पटक पढिएको
  • नोबेल र विद्यार्थीका अभिभावकबीच भएको सहमतिमा ६ विद्यार्थी संगठनको विरोध

    विराटनगर  / नोबेल मेडिकल शिक्षण अस्पताल र आन्दोलनरत विद्यार्थीका अभिभावकबीच भएको सहमतिको विभिन्न ६ विद्यार्थी सङ्गठनले विरोध गरेका छन् । आर्थिक प्रलोभनमा परेर चार जना बिकाउ अभिभावकले पीडित विद्यार्थी, संयुक्त विद्यार्थी संगठन र चिकित्सा शिक्षा संघर्ष समितिको उपस्थिति बिनानै सहमति गरेको भन्दै ६ विद्यार्थी सङ्गठनले विरोध गरेका हुन् । संयुक्त विद्यार्थी संगठनको आन्दोलन चलिरहेकै बेला गत माघ १ गते नोबेल मेडिकल कलेज प्रशासन र केही अभिभावकबीच पाँच बुँदे सहमति भएको थियो । विद्यार्थी सङ्गठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आर्थिक प्रलोभनमा परेर चार जना अभिभावकले सहमति गरेको भन्द

    • प्रकाशित मितिः माघ २, २०७८
    • 262 पटक पढिएको
  • माघ २ र १४ गतेदेखि कोरोनाको बुस्टर डोज लगाउने सरकारकाे निर्णय

    काठमाडौँ / सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ । यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो ।स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपङ्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरूलाई बुस्टर डोज दिन लागिएको हो। त्यसका लागि माघ २ र १४ गते तोकिएको छ ।माघको सुरुमा अग्रपङ्तिमा खटिने व्यक्तिहरूलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरूलाई बुस्टर डोज दिन निर्णय भएको बस्नेतले जानकारी दिइन् ।पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरूलाई बुस्टर डोज लगाइने छ ।

    • प्रकाशित मितिः माघ १, २०७८
    • 221 पटक पढिएको
  • सातौँ राष्ट्रिय योग दिवस मनाइँदै

    काठमाडौँ /  ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ । योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।तत्कालीन शान्ति तथा पुनःनिर

    • प्रकाशित मितिः माघ १, २०७८
    • 152 पटक पढिएको
  • कोरोना अपडेट : आज थप पाँच हजार ८७ जनामा संक्रमण पुष्टि, तीनको मृत्यु

    काठमाडौँ  / पछिल्लो २४ घण्टामा देशभर थप पाँच हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालाहरुमा २० हजार पाँच सय ६० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा पाँच हजार ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३ सक्रिय संक्रमित छन् ।

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 178 पटक पढिएको
  • वीर अस्पतालमा तीव्र गति फैलिरहेको छ कोरोना : ३० भन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण

    काठमाडौं / पछिल्ला केही दिनयता स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमणको जोखिम थपिँदै गएको छ । गएको दुई दिनयता वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा भुपेन्द्र बस्नेत स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको बताउँछन् । विभिन्न वार्ड तथा आइसीयु कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको डा. बस्नेतले बताए ।   बिहीबार मात्रै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पनि ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो ।अस्पताल भर्ना हुने बिरामी बढ्दोचिकित्सकहरूका अनुसार अस्पतालमा को

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 162 पटक पढिएको
  • भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार कोभिड संक्रमित

    झापा (एजेन्सी) भारतको राजधानी नयाँ दिल्लीमा सङ्क्रमणको दर दिनहुँ तीव्र बढेको देखिन्छ । पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित भेटिएका छन् जुन अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो ।कोभिडको नयाँ भेरियन्ट फैलिएसँगै भारतमा कूल संक्रमित मध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु समेत भएको छ । कोभिडबाट भारतका अन्य राज्य केरला, महाराष्ट्र र नयाँ दिल्लीमा सबैभन्दा बढी प्रभावित भेटिएका छन् । 

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 160 पटक पढिएको
  • निजी अस्पतालमा पनि कोरोना विरुद्धको खोप

    काठमाडौँ / कोभिड १९ को संक्रमण बढ्न थालेपछि काठमाडौंमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिड विरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको हो ।काठमाडौँ मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिड विरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले जानकारी दिएका छन् ।यसअघि काठमाडौंमा ११ खोप केन्द्र थिए । सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंक

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 203 पटक पढिएको
  • भारतमा कोरोना संक्रमण उकालो लाग्यो , एकैदिन २७ प्रतिशतले थपिए संक्रमित

    एजेन्सी / कोरोना महामारीको तेस्रो लहर चलिरहेको भारतमा कोरोना संक्रमण उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा २७ प्रतिशतले संक्रमित बढेका छन् ।पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४१७ संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यही अवधिमा ८४ हजार ८२५ जना संक्रमणमुक्त भएका छन् भने ३८० जनाको मृत्यु भएको छ ।अहिले भारतमा सक्रिय सङ्क्रमितको संख्या ११ लाख १७ हजार नाघेको छ । दैनिक संक्रमित हुने दर १३.११ प्रतिशत पुगेको छ ।भारतमा ५ हजार ४८८ जनामा कोभिडको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । बुधबार भारतमा १ लाख ९४ हजार ७२० संक्रमित थपिएका  थिए । 

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 226 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.