विदेश

    Showing 1,261-1,270 of 2,120 items.
  • नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा बढ्दै, सडक सफा गर्न प्रतिबन्ध

    एजेन्सी / नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो ।यहाँको प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ ।यहाँको वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिइएको हो । उक्त विज्ञप्तिमा वायु प्रदुषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर तहमा पुगेकाले सतर्कता अपनाउन आग्रह पनि गरिएको छ ।सो प्र

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 156 पटक पढिएको
  • इरानमा सुरक्षा बलले कारबाहीमा परी चार सय ४८ जनाको मृत्यु

    एजेन्सी / २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर गत असोजदेखि देशभर शुरु भएको विरोध प्रदर्शनका क्रममा इरानी सुरक्षा बलले कारबाही गर्दा कम्तीमा चार सय ४८ जना मारिएका छन् । विरोध प्रदर्शनमा सुरक्षाकर्मीसँग भएका झडप तथा प्रदर्शन दबाउन सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरू मारिएका मानव अधिकार समूहलाई उद्धृत गर्दै अरब न्युजले जनाएको छ । नर्वेको इरान मावन अधिकार समूहका अनुसार हालसम्म मारिएका चार सय ४८ जनामध्ये ६० जना १८ वर्ष मुनिका नाबालिग छन् । अठार वर्ष मुनिका नौ जना केटी पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् ।   समूहको प्रतिवेदनअनुसार गत साता मात्र सुरक्

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 166 पटक पढिएको
  • चीनका पूर्वराष्ट्रपति जेमिनको निधन

    एजेन्सी  / चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । नेता जेमिनको बुधबार ९६ वर्षको उमेरमा निधन भएको हो । उनलाई ल्युकेमिया लगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित थिए । जेमिनले सन् १९८० को दशकको उत्तरार्धदेखि नयाँ सहस्राब्दीमा देशलाई परिवर्तनकारी युगमा डोर्याएका थिए । तियानमेन स्क्वायर दमनपछि जियाङले सत्ता हातमा लिएर विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशलाई विश्वव्यापी मञ्चमा एक पावर हाउसको रूपमा उभ्याउन नेतृत्व गरेका थिए ।

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 162 पटक पढिएको
  • तालिबानद्वारा युद्धविराम फिर्ता, देशभर आक्रमण गर्ने घोषणा

    एजेन्सी  / पाकिस्तानको तालिवान समूहले गत सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ । गत जुन महिनामा पाकिस्तान सरकार र तालिबानबीच युद्धविरामको सम्झौता भएको थियो । तर सरकारले सम्झौता पालना नगरेको भन्दै तालिबानले पनि सम्झौताबाट आफू पछि हटेको जनाएको छ ।तालिबानले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ । तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) सन् २००७ मा स्थापना भएको थियो । त्यसयता उसले गरेका आक्रमणबाट सयौँ नागरिकको ज्यान गइसकेको छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 187 पटक पढिएको
  • क्यामरुनमा पहिरो जाँदा १४ जनाको मृत्यु, अन्य केही बेपत्ता

    एजेन्सी / क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर कम्तीमा पनि १४ जनाको मृत्यु भएको बताइएको छ ।  समाचार एजेन्सीका अनुसार पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ भने अरु केही बेपत्ता छन् ।पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए । त्यस क्रममा जम्मा भएका १४ जनालाई पहिरोले लगेको र अरु केही भाग्न सफल भएका थिए । त्यसमा परेर केही व्यक्ति हराएका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी घटनास्थलमा पुगेको र उद्धार तथा खोजीको काम जारी राखेको बताइएको छ ।

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 171 पटक पढिएको
  • मलेसियामा श्रमिकका लागि घुम्ती सेवा

    एजेन्सी  / मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा घुम्ती सेवा सुरु गरेको छ । राजदूत डिल्लीराज पौडेलका अनुसार वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली श्रमिकको सुविधाका लागि श्रमिकहरू कार्यरत रहेको शहरमै दुतावासबाट सेवा प्रवाह गर्न घुम्ती सेवा सञ्चालन गरिएको हो । बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरेका छन् । गैरआवासीय नेपाली संघ लगायत नेपाली संघ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा संचालन गरिएको हो ।एक हजार भन्दा धेरै नेपाली उपस्थित भएको कार्यक्रममा २ सय ८० जना श्रमिकले

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 173 पटक पढिएको
  • म्यानमारको सेनाले गर्‍यो पूर्व बेलायती राजदूतसहित ६ हजार कैदी रिहा

    एजेन्सी / म्यानमारको सेनाले बिहीबार विदेशी नागरिकसहित ६ हजार कैदीलाई रिहा गरेको छ । पूर्व बेलायती राजदूत विकी बोमन, जापानी पत्रकार तोरु कुबोटा र आङ सान सुकीको अपदस्थ सरकारका अष्ट्रेलियाली सल्लाहकार सन टर्नेललाई रिहा गरिएको एक शीर्ष सेना अधिकारीले एएफपी समाचार एजेन्सीलाई जानकारी दिएको छ ।सन् २००२ देखि २००६ सम्म राजदूत रहेकी बोमनलाई अगस्टमा श्रीमान्‌सहित हिरासतमा लिइएको थियो । उनी विदेशी नागरिक दर्ता कागजातमा रहेको ठेगानाभन्दा फरक ठेगानामा बस्दै थिइन् । र, उनले यसबारे जानकारीसमेत दिएकी थिइनन् ।बोमनलाई पतिसँगै प्रारम्भिक हिरासतमा राखेर जेल पठाइएको थियो । बोमनका पति टान लिन, एक प्रसिद्ध कलाका

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 174 पटक पढिएको
  • डोनल्ड ट्रम्पले राष्ट्रपतिका लागि उम्मेदवारी दिने

    एजेन्सी / अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा  उम्मेदवारी दिने घोषणा गरेका छन् । फ्लोरिडास्थित आफ्नो निवासमा मार ए लागो अगाडि भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकालाई पुनः वैभवशाली बनाउनका लागि पुनः उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।यो मेरो मात्रै अभियान होइन, हाम्रो अभियान हो भन्दै उनले आफ्नो अभियानले अमेरिकालाई पुनः एकीकृत गर्ने दाबी पनि गरे । संसदीय निर्वाचनमा आफ्नो पक्षका थुप्रै उम्मेदवारहरू पराजित भएको र रिपब्लिकन सिनेटमा पनि बहुमत पुर्याउन असफल भएको बेला ट्रम्पले २०२४ को उम्मेदवारी घोषणा गरेका हुन् ।ट्रम्पले उम्मेदवारी घोषणा

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 168 पटक पढिएको
  • तीन फुटबल खेलाडीको गोली हानी हत्या

    एजेन्सी / अमेरिकाको युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ । आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा उनीहरूको मृत्यु भएको हो । मारिनेहरूमा भर्जिनिया बीचका दोस्रो वर्षका विद्यार्थी डेभिन चन्डलर, फ्लोरिडाको मियामीका चौथो वर्षका विद्यार्थी डिसेन पेरी र रिच हिल, साउथ क्यारोलिनाका तेस्रो वर्षका विद्यार्थी लाभेल डेभिस रहेका छन्।त्यस्तै अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युनिभर्सिटी क्याम्पसको पार्किङ ग्यारेजमा उनीहरूमाथि आक्रमण भएको हो । घटनामा संलग्न एक सन्दिग्धलाई भने पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 203 पटक पढिएको
  • नतासा बनिन स्लोभेनियाकी पहिलो महिला राष्ट्रपति

    एजेन्सी  / स्लोभेनियाले पहिलो महिला राष्ट्रपति पाएको छ । नतासा पिर्क मुसार देशको पहिलो महिला राष्ट्रपतिको रुपमा निर्वाचित भएकी हुन् । पत्रकार तथा वकिल मुसार अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पसँग निकट मानिन्छिन् । उनले पूर्वविदेशमन्त्री आन्जे लोगरलाई पराजित गरेकी छन् । मुसारले करिब ५४ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने लोगरले ४६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।करिब २० लाख जनसङ्ख्यामा ४९ दशमलब ९ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा मेलानिया ट्रम्पको हितको रक्षा गर्न मुसारलाई वकिलको रूपमा नियुक्त गरिएको थियो ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 164 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.