विदेश

    Showing 1,281-1,290 of 2,120 items.
  • अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु

    एजेन्सी  / अमेरिकाको मिजुरी राज्यमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको सञ्चारमाध्यमले जनाएका छन् । मारिनेमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्टस् हाई स्कूलमा भएको थियो ।गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको प्रहरी कमिश्नर माइक साकले बताए ।

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • 141 पटक पढिएको
  • चिनियां राष्ट्रपति सी जिनपिङ तेस्रो पटक महासचिव चयन

    एजेन्सी  / चिनियां राष्ट्रपति सी जिनपिङ तेस्रो पटक महासचिव चयन भएका छन् । बेइजिङमा सम्पन्न भएको चिनियां कम्युनिष्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनमा जिनपिङ तेस्रो पटक महासचिव चयन भएका हुन् ।बेइजिङमा शनिवार सम्पन्न भएको महाधिवेशनमा २ सय ५ सदस्यीय केन्द्रीय समिति र १ सय ७१ सदस्यीय वैकल्पिक केन्द्रीय समिति घोषणा भएको थियो ।चीनमा २०१८ मा दुई कार्यकाल राष्ट्रपति हुन पाउने नियम हटाइएको थियो । पार्टी महासचिवमा निर्वाचित भएसँगै जिनपिङले अरु पाँच वर्षको चीनको नेतृत्व गर्ने निश्चित भएको छ ।चीनमा २०१२ मा पार्टी महासचिव र २०१३ राष्ट्रपति बनेका सी जिनपिङ तेस्रो कार्यकालका लागि महासचिव बनेसँगै सर्वो

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 179 पटक पढिएको
  • एम्बुलेन्स विस्फोट हुँदा पाँच चिकित्सकको मृत्यु

    एजेन्सी / दक्षिणी यमनमा सेनाको चिकित्सक टोली बोकेको एम्बुलेन्समा विस्फोट भएको छ । विस्फोटमा परी पाँच चिकित्सकको मृत्यु भएको छ। अब्यान प्रान्तमा दक्षिणी सरकार समर्थक यमनी सेनाको चिकित्सक टोली बोकेको एम्बुलेन्स विस्फोट भएको सुरक्षा अधिकारीले बताएका छन्। अब्यानमा आतंकवादी पत्ता लगाउने उद्देश्यले सरकार समर्थक सैन्य अभियानमा बाधा पुर्‍याउने प्रयासमा आतङ्कवादीले विभिन्न क्षेत्रहरूमा बम राखेको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनाको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन। 

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 162 पटक पढिएको
  • ९९ बालबालिकाको मृत्यु पछि सिरप औषध प्रयोगमा प्रतिबन्ध

    एजेन्सी / इन्डोनेसियामा ९९ जना बालबालिकाको मृत्यु भएपछि सरकारले देशैभर सबै सिरप र झोल औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको छ । सिरप औषधि सेवन गरेका ९९ जना बालबालिकाको मिर्गौलामा समस्या देखिएर ज्यान गएको हो । ज्यान गुमाउनेमा धेरै जना पाँच वर्षमुनिका रहेका छन् । थप जानकारी सङ्कलनको काम भइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान छ । इन्डोनेसियाको सरकारले घटनाको अनुसन्धान भइरहेको र सिरप र झोल औषधिको बिक्रीमा रोक लगाइएको जनाएको बीबीसीले उल्लेख गरेको छ । औषधिले बालबालिकाको मिर्गौलामा तीव्र रूपले असर गर्ने गरेको खबरमा उल्लेख छ । ती औषधि आयात गरिएको हो कि स्थानीय उत्पादन हो भन्ने स्पष्ट भ

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • 177 पटक पढिएको
  • आफ्ना नागरिकलाई युक्रेन छाड्न भारतको आग्रह

    एजेन्सी / तनाव बढ्दै गएपछि युक्रेनको राजधानी किफस्थित भारतीय दूतावासले त्यहाँ बसोबास गर्ने भारतीय नागरिकका लागि सूचना जारी गरेको छ । भारतीय दूतावासले जारी गरेको सूचनामा युक्रेनको वर्तमान अवस्थालाई ध्यानमा राख्दै त्यहाँबाट स्वदेश फर्किन भारतीयलाई अपिल गरिएको हो । दूतावासले युक्रेनमा बस्ने भारतीय र विशेषगरी विद्यार्थीलाई जरुरी नभए स्वदेश फर्किन आग्रह गरेको जनाएको छ । दूतावासले भारतीय नागरिकलाई युक्रेनभित्र अनावश्यक यात्रा नगर्न पनि भनेको छ । दूतावासले युक्रेनमा रहेका भारतीय नागरिकलाई आफ्नो अवस्थाबारे जानकारी पनि आग्रह गरेको छ । दूतावासले आफूले पनि सामान्य रूपमा काम गरिरहेको जानकारी दिएको छ । केह

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • 171 पटक पढिएको
  • केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा ६ तीर्थयात्री सहित ७ जनाको मृत्यु

    एजेन्सी / भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केदारनाथको गरुडचट्टी पहाडमा ठोक्किएर हेलिकप्टरमा आगो लागेको बीबीसीले जनाएको छ । दुर्घटनामा पाइलट अनिल सिंहको पनि मृत्यु भएको उत्तराखण्ड नागरिक उड्डयन प्राधिकरणका मुख्य कार्यकारी अधिकारी रविशङ्करले बताएका छन् । ज्यान गुमाउने बाँकी ६ जना तीर्थ यात्री रहेका अनुमान गरिएको खबरमा उल्लेख छ । घटनाप्रति भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • 199 पटक पढिएको
  • नाइजेरियामा बाढीका कारण ६०३ जनाको मृत्यु

    एजेन्सी  / नाइजेरियामा एक दशकको सबैभन्दा खराब बाढीमा ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । बाढीका कारण १३ लाखभन्दा बढीलाई उनीहरूको घरबाट विस्थापित गरेको नाइजेरियाको मानवीय मामिला मन्त्रालयले ट्विटरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आइतबारसम्म ६०३ भन्दा बढीको ज्यान गएको छ’ मानवीय मामिला मन्त्री सादिया उमर फारुकले भने । गत साता सरकारले बाढीका कारण ५०० जनाको मृत्यु भएको जनाएको थियो । बाढीमा केही मानिसहरू हराइरहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • 173 पटक पढिएको
  • रुसी सैन्य तालिम स्थलमा हमला हुँदा ११ जनाको मृत्यु

    एजेन्सी / रुसी सैन्य तालिम स्थलमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । हतियारको तालिमको क्रममा युक्रेनमा लड्न स्वयंसेवा गरेको एउटा समूहमा दुई व्यक्तिले गोली हानेको राज्यको स्वामित्वमा रहेको समाचार एजेन्सी रियाले जनाएको छ । आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । तर, विस्तृत विवरण भने दिइएको छैन । आक्रमणमा थप १५ जना घाइते भएका छन् । ‘स्वैच्छिक रूपमा युक्रेन विरुद्ध विशेष सैन्य अभियानमा भाग लिन इच्छा व्यक्त गर्ने व्यक्तिलाई हतियार प्रशिक्षण सत्रको क्रममा आतङ्ककारीहरूले एकाइका कर्मचारीहरूमाथि साना हतियारले गोली हाने’, रियाले रक्षा

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 185 पटक पढिएको
  • विश्वव्यापी भोकमरी सूचकाङ्क सूची : भारत १ सय ७ औँ स्थानमा

    एजेन्सी / विश्व भोकमरी सूचकाङ्क (जीएचआई) सन् २०२२ को सूचीमा भारत १ सय ७ औँ स्थानमा झरेको छ । भारत विश्वका १ सय २० देश र क्षेत्रमध्ये १ सय ७ औँ स्थानमा झरेको हो । कन्सर्न वर्ल्डवाइड आइरिस सहायता एजेन्सी र वेल्टहङ्गरहिल्फ नामको जर्मन संस्थाले संयुक्त रूपमा भोकमरी सूचकाङ्क प्रतिवेदन हालै सार्वजनिक गरेका हुन् । गएको वर्ष १ सय १ औँ स्थानमा रहेको भारत तल झरेर एसियाली देशहरू नेपाल, श्रीलङ्का, म्यानमार, बङ्लादेश र पाकिस्तानभन्दा पनि पछि परेको हो । जीएचआई अनुसार नेपाल ८१, श्रीलङ्का ६४, म्यानमार ७१, बङ्लादेश ८४ र पाकिस्तान ९९ औँ स्थानमा रहेका छन्  ।भोकमरी र कुपोषणको अनुगमन गर्ने जीएच

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 161 पटक पढिएको
  • अमेरिकामा गोली प्रहारबाट ५ जनाको मृत्यु

    एजेन्सी / अमेरिकामा बिहीबार साँझ भएको गाली प्रहारबाट पाँच जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलाइनामा भएको गोली हानाहानमा प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको बताइएको छ ।त्यहाँको राजधानी रालेहमा भएको गोलीकाण्डमा पाँच जनाको ज्यान गएको मेयरले जनाएका छन् । मेयर मेरी–एन बाल्डविनले सो क्षेत्रको लोकप्रिय ट्रेल न्युज नदी ग्रीनवे नजिकै दुःखद घटना भएको बताइन् ।  घटनाबारे थप अनुसन्धान भइरहेको छ ।  शंकास्पदलाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २८, २०७९
    • 171 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.