काठमाडौँ / कम्युनिष्ट नेता कृष्णराज बर्मा श्वासप्रश्वासमा समस्या देखिएपछि आज बिहीबार अस्पताल भर्ना भएका छन् ।श्वासप्रश्वासमा समस्या भए पछि उनलाइ ह्याम्स अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएका छन् । उनलाई निमोनिया समेत देखिएकाले आईसीयूमा राखेर उपचार भइरहेको छ ।
उनको अक्सिजनको लेभल कम देखिएको छ भने फोक्सोमा पनि समस्या देखिएको छ । ९३ वर्षीय बर्मालाई केही दिनअगाडि छातीमा समस्या देखिएको थियो । २००७ सालको राणाविरोधी आन्दोलनकालदेखि नै राजनीतिमा सक्रिय नेता बर्मा २०४६ सालको जनआन्दोलनका प्रमुख नेतामध्ये एक हुन् ।





































