काठमाडौँ / पूर्ण रुपमा कोभिड-१९ विरुद्धको खोप लगाएका मानिसले अब तिन महिनामै बुस्टर डोज लगाउन  पाउने भएको छन् ।

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्ण खोप लगाएका मानिसलाई तीन महीनामै  बुस्टर डोज दिने निर्णय गरेको हो । 

नेपालमा  अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा २२ लाख १४ हजार १४० जनाले बुस्टर डोज लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयले पूर्ण खोप लगाएका व्यक्तिलाई नजिकको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन  अनुरोध गरेको छ ।