काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २९ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा मृत्यु शून्य रहेको छ भने देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८४२ पुगेको छ । २४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाएका छन् ।

 मन्त्रालयका अनुसार २१ जना १७ जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ८९ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् ।