काठमाडौ / वाणिज्य बैंकमा एक सातामा १ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन भएको भने ३ अर्ब रुपैयाँको कर्जा प्रवाह भएको छ ।

 एक साताको अवधिमा बैंकिङ प्रणालीमा जम्मा १ अर्ब रुपैयाँ निक्षेप संकलन भएको बैंकर्स संघले जनाएको हो ।

संकका अनुसार बैशाख ९ गतेसम्म ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । त्यसतै , एक साताको अवधिमा १ अर्ब रुपैयाँ थपिएर १६ गतेसम्म आइपुग्दा निक्षेप भने ४३ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।

कर्जा प्रवाह ३ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ भने वैशाख ९ गतेसम्म बैंकबाट ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

संघका अुनसार वैशाख १६ गतेसम्म बैंकको कर्जा-निक्षेप अनुपात (सीडी) रेसियो ९० दशमलब ९९ प्रतिशत रहेको छ ।