काठमाडौं / साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट भएको छ ।
गएको साताको पहिलो कारोबार दिन १०० अङ्कले वृद्धि भएको नेप्से त्यसपछि बुधबार सामान्य बढे पनि त्यसयता लगातार घटिरहेको छ । बुधबार पछिल्लो एक वर्षयताकै न्यून विन्दुमा झरेर बन्द भएको नेप्से आज पनि गिरावट भएको छ ।
बिहीबार बजार परिसूचक नेप्से ३७.०६ अङ्कले गिरावट भएर २२३८.६२ अङ्कमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । यो साता तीन दिन कारोबार भएको नेप्से तीन दिन नै गिरावट भएर बन्द भएको छ ।
आज कारोबार भएका मध्ये जल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा आरएमडीसी लघुवित्तको १.२७ प्रतिशत, कालिका पावरको .९८ प्रतिशत, ङ्यादी ग्रुप पावरको ०.७१ प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य ०.२ प्रतिशतले बढेको छ ।
घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.८६ प्रतिशतले गिरावट हुँदा मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ६.८१ प्रतिशत र शिवश्री हाइड्रोपावरको सेयर मूल्य ६.६३ प्रतिशतले गिरावट भएको छ ।






































