झापा / साताको दोस्रो दिन आज (सोमबार) सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी भएको छ। 

आइतबार भएको कारोबार मूल्यभन्दा आज २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

साताको पहिलो दिन तोलामा ६ सय घटेर सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ भएको थियो । 

चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ। सोमबारका लागि प्रतितोला १२ सय ९० रुपैयाँ भएको छ। आइतबार तोलामा २० रुपैयाँ घटेको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ। सोमबार सुन प्रतिऔंस १८५४.६७ डलर र चाँदी २२.२४ डलरमा कारोबार भइरहेको छ ।