काठमाडौं / नेपालबाट दैनिक ५ करोड ससम्मको बिजुली भारतमा निर्यात हुन थालेको छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको पनि विद्युत निर्यात सुरु भएपछि प्राधिकरणले दैनिक ठूलो परिमाणमा बिजुली निर्यात गर्न थालेको हो ।
सोमबार नेपालले भारतमा १७६ मेगावाटसम्म बिजुली निर्यात गर्ने प्राधिकरणले जनाएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाबाट दिनमा १३८.८३ मेगावाट, देवीघाट जलविद्युत केन्द्रबाट १४.३१ मेगावाट, त्रिशूली जलविद्युत आयोजनाबाट २३.४ मेगावाट बिजुली निर्यात हुनेछ ।
सोमबारका लागि भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा नेपालको बिजुलीले प्रतियुनिट अधिकतम १२ भारु अर्थात् १९.२ रुपैयाँसम्म मूल्य पाएको प्राधिकरणले जनाएको छ । न्यूनतम् ४.७८ पैसामा पनि बिजुली निर्यात हुनेछ ।
औसतमा प्रतियुनिट १२.८४ नेपाली रुपैयाँमा निर्यात भइरहेको प्राधिकरणले जनाएको छ ।




































