झापा  / प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अर्थ मन्त्रलायले निर्वाचन आयोगलाई १० अर्बभित्र रहेर खर्च गर्न स्वीकृति दिएको छ ।

आयोगले १० अर्ब ९८ करोड रुपैयाँ मागे पनि अर्थबाट १० अर्बभित्र रहेर खर्च गर्न स्वीकृति दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार हाल समानुपातिकतर्फको मतपत्र छपाइ भइरहेको छ । प्रत्यक्ष र समानुपातिक गरी कूल ८ अर्ब मतपत्र छापिने उनले बताए ।