विराटनगर / विराटनगर –१७ स्थित नेपाल–भारत सीमा क्षेत्र दसगजा क्षेत्रमा पर्ने होटलहरु बन्द गर्न वडा कार्यालयले निर्देशन दिएको छ । 

दसगजा क्षेत्रमा रहेका होटलहरुमा मदिरा बिक्री गर्ने गरेका कारण अपराधका घटनाहरू बढेको भन्दै स्थानीयको गुनासो बढेपछि वडा समितिको मङ्सिर २० गते बसेको बैठकले दसगजा क्षेत्रका रहेका चार वटा होटल बन्दा गर्न निर्देशन दिएको हो । 

वडा समितिको बैठकले पुस ५ गतेदेखि बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ । यसबारे सम्बन्धित होटल सञ्चालकलाई जानकारी गराइएको छ । 

त्यस क्षेत्रको राइस मिल टोल, मर्टेवा टोलको पश्चिम नेपाल–भारत दसगजा क्षेत्र तथा प्रहरी पोस्टपूर्व दुई सय मिटर दूरीमा पर्ने मदिरा पसल  र होटल बन्द गर्ने निर्णय गरिएको वडा कार्यलयले जनाएको छ ।