मोरङ प्रहरिले रंगेलीबाट करिब तीनसय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो साढे ४ बजे रंगेली नगरपालिका–१ बबियाका मनोज राजवंशीको घरबाट प्रहरीले तीन सय किलो गाँजा बरामद गरेको हो ।
गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा ३ सय किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा दिउँसो साढे ४ बजेतिर गाँजा फेला परेको हो ।
प्रहरीले गाँजासहित ४२ वर्षीय राजवंशी र धनकुटाको शहीदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई पक्राउ गरेको छ । प्रदेस १-०२-०५०प२७९२नम्बरको मोटरसाइकल पनि बरामत गरेको छ।






































