काठमाडौं— नेपाली काङ्ग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरिरहेको भन्दै एमालेले संसदमा विरोध जनाएको छ ।एमालेका सांसद सुर्य थापाले गठबन्धन सरकारको मर्म र मान्यतालाई विर्सिएर काङ्ग्रेसका नेताहरूले एमाले नेतृत्वको गठबन्धन सरकारमाथि प्रहार गरिरहेको भन्दै विरोध जनाएका हुन् ।
काङ्ग्रेसका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सरकारको कार्यशैली सच्याउनुपर्ने भन्दै सरकारको प्रखर आलोचना गरिरहेका छन् । उनीहरूले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई राष्ट्रिय राजनीति र सरकारतर्फ सोझाएको भन्दै उनले आपत्ति जनाएका हुन् ।






































