काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपाल कोशी प्रदेशअन्तर्गतका चार जिल्ला समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन्। प्रदेशअन्तर्गतका धनकुटा, संखुवासभा, मोरङ र सुनसरी जिल्ला समितिको अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको पार्टी स्रोतले जानकारी दिएको छ।
जसअनुसार धनकुटा जिल्ला समितिको अधिवेशन शुक्रबार (भोलि) हुने भएको छ । धनकुटा बसपार्कस्थित भूपू सैनिक भवनमा जिल्ला अधिवेशनको उद्घाटन हुने पार्टीले जनाएको छ। शनिबार खाँदबारीस्थित होराइजन होटलको सभाहलमा संखुवासभा जिल्ला समितिको अधिवेशन हुने भएको छ।
विराटनगरस्थित मारवाडी सेवा सदनको सभा हलमा वैशाख २९ र ३० गते जसपा नेपालको मोरङ जिल्ला अधिवेशन हुने कार्यतालिका छ।
इनरुवास्थित सत्यनारायण मन्दिरमा वैशाख ३० र ३१ गते सुनसरी जिल्ला अधिवेशनको आयोजना गरिएको छ।