काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले शुक्रवारको वैठक वहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुरा नसुनेको तथा आफूलाई बोल्न पनि नदिएको जनाउँदै उनीहरुले बैठक नै वहिष्कार गरेका हुन् ।
‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौँ, तर उहाँले त्यो कुरा सुन्न चाहनु भएन। बैठकमा हाम्रो कुरा नसुनेर निस्किनु भयो, रास्वापले भनेको छ– ‘ तसर्थ हामीले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं ।’
रास्वपाले जनाए अनुसार शुक्रवार संघीय सदनको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले विरोधस्वरूप कालोवस्त्र लगाएर प्रस्तुत भएका थिए भने नीलो रिबन लगाएर विश्वव्यापी रुपमा मानव तस्करीको विरोध स्वरूप रहेको नीलो रिबन लगाएर गएका हुन् ।