पर्सा— लुम्बिनी प्रदेशकी समानुपातिक सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । रायमाझी जनमत पार्टीकी प्रदेशसभा सदस्य हुन् ।

पर्सा जिल्ला अदालतले जेठ १६ गते रायमाझीलाई फरार प्रतिवादीका रूपमा देखाउँदै पक्राउ पुर्जी जारी गरेको हो । अदालतको आदेशका आधारमा असार ३ गते पर्सा प्रहरीले बर्दिया प्रहरीलाई रायमाझीको घरठेगाना खानतलासी गरी पक्राउ गर्न पत्राचार गरेको छ ।

पर्साको पोखरियाकी आशा कुमारी चौहानले सांसद रायमाझीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गराएकी थिइन् । रायमाझीले चौहानसँग साढे पाँच लाख रुपैयाँ सापटी लिएर चेक दिएकी थिइन् । तर, ती चेक बैंकमा साट्न जाँदा रकम नभएकाले बाउन्स भएको जनाइएको छ ।

अदालतको आदेशमा रायमाझीलाई पक्राउ गरी अदालतमा बुझाउन भनिएको भए पनि बर्दिया प्रहरीले अहिलेसम्म पत्र प्राप्त नभएको जनाएको छ ।

lumbini-samsad-suman-pakrau-purji-mk