काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्र हुनुपर्ने बताएका छन् ।


चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले महाधिवेशन समयमा नै गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको बताए । जसले गर्दा महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छाएको उनको भनाइ छ ।


अहिले महामन्त्री गगनकुमार थापा र आफू एकै ठाउँमा रहेको बताउँदै उनले महाधिवेशनमा पार्टी सभापतिसहित सबैलाई एकताबद्ध गराएर अघि बढ्न आफू सक्षम रहेको गरे ।


फरक प्रसङ्गमा कोइरालाले संसद्को गतिरोध अन्त्यका लागि सरकार र विपक्षी दलहरू छलफलमा बस्न जरुरी रहेको बताए । उनले भने, ‘विपक्षीलाई पनि साथ लिएर समझदारीमा अगाडि बढ्नुपर्छ । माओवादीलाई साथ लिन सक्नुभयो भने रास्वपा र राप्रपालाई पनि साथ लिनुपर्छ ।’


रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामाभन्दा पनि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा कमिटी बनोस् भन्ने चाहेको आफ्नो बुझाइ रहेको कोइरालाको भनाइ छ ।