काठमाडौं–नेपालमा निडर पत्रकारिताको आवाज दबाउन खोजिएको घटनाले फेरि एकपटक स्वतन्त्र प्रेसमाथिको हमला उजागर गरेको छ। चर्चित निडर पत्रकार दिवाकर शाह पछिल्लो समय HTP खबरमार्फत महोत्तरी जलेश्वरको पूर्वाधार विकास कार्यालयमा भएका अनियमितता र भ्रष्ट्राचार उजागर गर्दै आएका छन्। सत्य बोल्ने शाहमाथि हाल सशक्त दबाब सिर्जना गरिएको भन्दै चौतर्फी विरोध शुरू भएको छ।

यसै सन्दर्भमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले खुला रुपमा शाहको पक्षमा उभिंदै भनेका छन्,

"पत्रकार दिवाकर शाह तराईको आवाज हुन्, उनको आवाज दबाउनु भनेको जनताको आवाज दबाउनु हो। यो पूर्णतया अप्रजातान्त्रिक गतिविधि हो र म यसको घोर भर्त्सना गर्दछु।"

शाहले उजागर गरेका तथ्यहरूलाई लिएर सम्बन्धित पक्षहरू चिढिएका छन् भन्ने आरोप सर्वत्र उठिरहेको छ। उनले उठाएका आवाजहरू तराई-मधेसका जनतालाई न्याय दिलाउने दिशामा महत्वपूर्ण ठहरिएको छ। सामाजिक सञ्जालदेखि आम जनसमुदायसम्म उनलाई निडर, निष्पक्ष र निर्भीक पत्रकारको रूपमा सम्मान दिइरहेका छन्।

तर, जुन प्रकारको मानसिक र सामाजिक दबाब हाल उनीमाथि सिर्जना गरिएको छ, त्यो एक अधर्मपूर्ण कार्य हो। स्वतन्त्र प्रेस र अभिव्यक्तिको स्वतन्त्रतामाथि प्रहार गर्ने यस्ता गतिविधिले लोकतन्त्रकै जग हल्लाउने खतरा रहेको विज्ञहरू बताउँछन्।