काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीले २ जना नेताको जिम्मेवारी हेरफेर गरेको छ ।  बुधबार एक सूचना जारी गर्दै जिम्मेवारीमा हेरफेर गरेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार वरिष्ठ उपाध्यक्ष समेत रहेकी रोशन कार्कीलाई केन्द्रीय अनुशासनको अध्यक्ष पदमा मनोनितत गरेका छन् । त्यस्तै सगुनसुन्दर लावतीलाई प्रवक्ता पदबाट पदमुक्त गरिएको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । 

517501315_1226875235801873_9044551336528067953_n_DgzyXyXPan